धरानमा पुर्खा दिवसको अवसरमा गोर्खा सिमेन्ट्रिज ट्रष्टले तेस्रो गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगीता गर्ने

सुप्रिया राई

इटहरी । यही चैत्र २ गते धरानको रत्न चोक देखी गोर्खा स्मृती पार्क सम्म १० कीलोमीटर तेस्रो गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगीता गोर्खा सिमेट्रिज ट्रष्ट नेपालको आयोजनामा हुने भएको छ ।

२०१८ सालमा स्थापना भएको गोर्खा सिमेट्रिज ट्रष्ट नेपालले अप्रिल ५ लाई पुर्खाहरुको  सम्झनामा साहित्यीक गोष्ठी तथा दोस्रो विस्वयुद्धको जिवीत योद्धाहरुलाई सम्मान कार्यक्रम गर्दै आएको धरानमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

गोर्खा सिमेट्रिज ट्रष्ट नेपालले पुर्खा दिवसको अवसरमा आफ्नो कार्यक्रमलाई निरन्तरता दिदै चैत्र २ गते तेस्रो गोर्खा ट्रेल ब्लेजर दौड तथा सम्मान कार्यक्रम गरीने भएको छ,दौड प्रतीयोगीतामा करिव ६ सय जनाले सहभागीता जनाउने छन्,जसका लागी फम शुल्क ३ सय ५० तोकीएको छ प्रतियोगीतामा महिला पुरुष सहभागी हुने छन्,प्रतियोगीतामा विजेताहरुले प्रथम,दोस्रो,तेस्रो क्रमस २० हजार १० हजार,५ हजार मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् ।

 दौडमा सहभागी सम्पुर्णलाई टिसर्ट,मेडल र प्रमाणपत्र प्रदान गरीने छ भने,यस पटक देखी महिला पुरुष  विजेतालाई २०२६ मा हङकङमा सम्पन्न हुने ट्रेल ब्लेजर रनमा सहभागीता जनाउने अवसर प्रदान गरीने छ,सहभागीताका लागी नेपाली नागरीक अनिवार्य हुनु पर्ने गोर्खा सिमेट्रिज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राईले जानकारी गराए ।

विस्व शान्तीको लागी प्रथम,दोस्रो र विभिन्न युद्धहरुमा शहिद भएका विर गोर्खालीहरुको सम्मान र सम्झनामा बिबिध कार्यक्रम गर्नलाई २०१८ मा गोर्खा सिमेट्रीज ट्रष्टको स्थापना भएको हो भने अप्रिल ५ लाई पुर्खा दिवस मान्दै आएको छ । 


सुप्रिया राई
प्रतिक्रिया