फुटपाथ खाली गराउँदै सुनसरीको लौकही प्रहरीले चलायो सफाई अभियान

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

लौहकी (सुनसरी) । सुनसरीको लौकहीमा बजार क्षेत्र र आसपासमा दुर्घटना हुने सम्भावना बढेपछि इलाका प्रहरी कार्यालय लौकहीले फुटपाथ हटाउने अभियान चालेको छ । सरसफाई अभियानमा जोडेर इप्रकाले सो अभियान चलाएको हो । सडकलाई सफा र हराभरा बनाउन र सडकमा राखिएका अनाधिकृत सामान हटाउन प्रहरीले उक्त सरसफाई आयोजना गरेको इन्चार्ज राजन कार्कीले बताए । 

सरसफाईका अवसमा  सडक छेउछाउका रुखका हागाबिगा काट्ने र जमिनमा लत्रिएका तारहरु व्यवस्थित बनाउने काम भएको छ । इन्चार्ज कार्कीका अनुसार सडक किनारामा संचालित घुम्ती पसल र फुटपाथ अवरोधले सडक दुर्घटना समेत बढ्ने र फोहोरको कारण विभिन्न रोग समेत लाग्ने भएकोले   सरसफाइ तथा अवरोध हटाउने कार्यक्रम आयोजना गरिएको बताए । कार्कीले नियमितरूपमा सरसफाइ तथा सडक अवरोध हटाउने तथा जनचेतना जगाउने काम भइरहेको र हुँदै जाने समेत जानकारी दिए ।


खगेन्द्र कार्की
प्रतिक्रिया