इटहरी । साउन २५ र २६ गते इटहरीको सोल्टी होटलमा किवानीस नेपालको छैठौ राष्ट्रिय सम्मेलन हुने भएको छ ।
छैठौ राष्ट्रिय सम्मेलन वाट आगामी ३ वर्षका लागी नेतृत्वका लागी भाइस गर्भनर चयन गर्ने पुरा तयारी भएको इटहरीको सोल्टी होटलमा आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
सम्मेलनमा ताइवान,फिलीपीन,भारत लगायत नेपालका ५ सय भन्दा वढिको सहभागीता रहने र सहभागीहरुका लागी राम्रो व्यवस्थापनको तयारी भएको साथै पर्यटन प्रर्वद्धनका लागी स्टलहरु राखीने किवानिस क्लव अफ इटहरीका अध्यक्ष मनिता तामाङले जानकारी गराइन । नेपालमा १ सय ३८ क्लवहरु रहेको र २३ सय भन्दा वढि सदस्य रहेको क्लवले इटहरीमा पनि वालवालीकाको भविष्यलाई मध्यनजर गर्दै काम गरीरहेको समेत अध्यक्ष तामाङले जानकारी गराईन ।
वालवालीकाको स्वास्थ्य शिक्षा,पोषण,साक्षरता,खेलकुद सगै नेतृत्व विकास जस्ता ५ वटा विषयवस्तुमा काम गर्र्दै आएको किवानीस क्लव नेपालले अन्तराष्ट्रिय क्षेत्रमा ३ वटा अन्तराष्ट्रिय पदकहरु पाएको साथै २५ गते हुने सम्मेलनको उत्घाटन कोशी प्रदेसका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले गरीने किवानीस नेपालका डिष्ट्रिक गर्भनर तिर्थ कुमार सिंहले जानकारी गराए ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो