अरुण नदीमा ६८ जना भक्तसहित जलसमाधि गर्ने योगमायाको योगदान अब बृत्तचित्रमा

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

काठमाडौं । महिला साधकका रूपमा परिचित योगमायाको जीवनमा केही पुस्तक तथा उपन्याससमेत प्रकाशित भइसकेका छन् । अब योगमायाको जीवनी वृत्त चलचित्रमा समेटिने भएको छ । हाल निर्माण भइरहेको योगमाया वृत्त चलचित्रको काठमाडौंमा शनिबार एक समारोहबीच घोषणा गरिएको छ ।

योगमाया वृत्तचित्र फिल्मका लागि कलाकार सन्देश बसौला, नुभिषा उप्रेती, राजकुमार, वासुदेब खनाल, रुद्र गुर्माछान मगर, सरिता राजोपाध्याय, मिश्री थापालगायतका कलाकार छन् । कार्यक्रममा यो वृत्तचित्रको केही मिनटको दृश्यसमेत प्रदर्शन गरियो ।

यस वृत्तचित्रलाई भीमादेवी मल्टी क्रियसन प्रालि र आरम्भ नेपालले संयुक्त रूपमा निर्माण गर्ने भएको छ । योगमायाको जीवनी अनुसन्धान गरिरहेकी निर्देशक भीमा मैनालीले वृत्त चलचित्र निर्माण निर्देशन गरिरहेकी छन् ।

सोही नुभिव फाउन्डेसनको पनि घोषणा गरियो । निर्देशक भीमा मैनालीको दिवंगत छोरा कलाकार नुभिव उप्रेतीको जन्म जयन्तीको अवसर पारेर सो फाउन्डेसनको घोषणा गरिएको हो ।

आफ्नो किशोरावस्थाको छोरा कलाकार नुभिव उप्रेतीको कलेजबाट अपहरणपश्चात् हत्या भएकाले यस्तो हत्या अरूको नहोस् भनेर अभियानका लागि नुभिव फाउन्डेसनको स्थापना गरिएको पनि भिमाले बताइन् । बालकलाकारको रूपमा चर्चा कमाएका नुभिवको काठमाडौंको एक कलेजबाट अपहरणपश्चात् पोखरामा हत्या भएको अवस्थामा शव भेटिएको उनले जनाइन् । कार्यक्रममा बोल्दै निर्देशन भिमाले मानव शास्त्रीय अनुसन्धानमा आधारित योगमायालाई सुरुमा वृत्त चिलचित्र र त्यसपछि चलचित्रका रूपमा निर्माण गर्ने पनि बताइन् ।

सो कार्यक्रममा बोल्दै अग्रज निर्देशक यादव खरेलले नेपाली तात्कालीन नेपाली समाज परिवर्तनमा योगमाया अगुवा भएको बताए । अभिनयमा अब्बल भिमाले आफ्नो निर्देशनमा वृत्त चलचित्र योगमाया पनि सार्थक बनाउने विश्वास उनले व्यक्त गरे ।

निर्देशक तथा लय संग्रौलाले पनि भिमाले योगमाया राम्रो वृत्त चलचित्र बनाउने बताए, ‘मैले धेरैवटा टेली फिल्ममा बालकलाकारका रूपमा अभिनय गराएका नुभिवको एक वर्षअघि अपहरण गरी हत्या भएको खबरले अहिलेसम्म पनि म दुःखी छु । यो प्रकरणका अपराधीलाई चाँडोभन्दा चाँडो कारबाही होस् भन्ने म माग गर्दछु ।’ आफ्नो कलाकारलाई गुमाउँदाको पीडा सम्झेर उनी कार्यक्रममा भावुक भए ।

यस्तै, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक सुरेश ढकालले कार्यक्रममा भने, ‘योगमायामाथि भिजुअल एन्थ्रोपोलोजीमा एम फिल गर्दै गरेकी भिमाले योगमायामाथि नै अनुसन्धानमूलक चलचित्र बनाउन लागेको कुराले हामी खुसी छौं । यो सार्थ फिल्म बनोस भन्ने कामना गर्दछु ।’

यस्तै, साहित्यकार निनु चापागाईंले योगमायाले त्यतिबेलाको नेपाली समाजमा अग्रणी भूमिका निर्वाह गरेको’दयगत पनि चापागाईंले कार्यक्रममा चर्चा गर्दै भने, ‘योगमाया आयुर्वेदिक विश्व विद्यालयको स्थापनाका लागि आपूmहरूले काम गरिरहेको बेला उनको जीवनीमा आधारित वृत्त चलचित्र निर्माण हुँदै गरेको कुराले म हर्षित भएको छु । फिल्म निर्माणमा हाम्रो पनि साथ रहनेछ ।’

खगेन्द्र कार्की
प्रतिक्रिया