ट्राफिक प्रहरी कार्यालय दमकले झण्डै साढे ८ लाख राजश्व संकलन

फाष्ट मिडिया नेपाल संवाददाता

दमक । झापास्थित ट्राफिक प्रहरी कार्यालय दमकले आर्थिक वर्ष २०८१–०८२ को फागुन महिनासम्ममा झण्डै साढे ८ लाख राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कारवाहीमा परेका विभिन्न सवारी साधनबाट ८ लाख ४० हजार १ सय राजस्व संकलन गरेको छ । 

प्राप्त विवरण अनुसार ७६ वटा ट्रक र टिफरबाट ५७ हजार ६ सय रुपैयाँको राजस्व संकलन भएको छ भने ५९ वटा बसबाट ४२ हजार ५ सय रुपैयाँको राजस्व संकलन भएको छ । त्यस्तै २ सय ८३ वटा कार र जिपबाट २ लाख २ हजार ५ सय रुपैयाँको राजस्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालय प्रमुख जनक तिम्सिनाले बताए । 

त्यस्तै ट्याक्टरबाट २० वटा सवारी साधनका लागि ३३ हजार ५ सय रुपैयाँ राजस्व उठाइएको छ भने, ७ सय ४१ मटरसाईकलबाट ५ लाख ५४ हजार रुपैयाँको राजस्व संकलन भएको छ । ४ सय ७३ सिटी र ट्याम्पोबाट २ लाख ४८ हजार ५ सय रुपैयाँको राजस्व उठाइएको छ । अन्य सवारी साधनहरु १ गरी ५ सय रुपैयाँको राजस्व संकलन भएको छ ।

१ हजार ६ सय ५५ वटा सवारी साधन कारवाहीमा पर्दा ८ लाख ४० हजार १ सय रुपैयाँको राजस्व संकलन भएको तिम्सिनाले बताए ।

पछिल्लो समयमा दुर्घट्ना न्युनिकरणमा ट्राफिक प्रहरी कार्यालय निकै कडाईका साथ चेकजाँच गर्ने र सकेसम्म दुर्घटना हुन नदिनेतर्फ सचेत र सजग भई सवारी साधन चलाउन अभिमुखीकरणसहित विभिन्न कार्यक्रम गरिरहेको र सोही अनुसार चेकजाँच गर्दै आएको कार्यालय प्रमुख तिम्सिनाले बताए । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया