पाठकको पुर्पुरो : वि.सं. २०८१ श्रवण २८ (तद्अनुसार सन् २०२४ अगष्ट १२ तारिख) सोमबार– ॐ नमः शिवाय

फामिने ज्योतिष

आजको दिन होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । पहिलेका समस्या दोहोरिन सक्ने योग छ । स्वास्थ्यमा केही कमजोरी र उपचारमा खर्च हुनसक्छ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ने देखिन्छ । प्रतिकुलताका बाबजुद रसरागको भाव जागृत होला ।

वृष – दिन खासै उत्साहजनक नरहने देखिन्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने समय छ । प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोऱ्याउनुपर्ने हुन सक्छ । आलोचकहरूले पनि सताउन सक्छन् । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । जिम्मेवारी बढ्नेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । परिवारिक सुख रहनेछ ।

मिथुन – प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । साझेदारी काममा राम्रो फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् भने गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्ने देखिन्छ । पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – विशेष अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । कीर्तिमानी काम सम्पादन होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कर्मबल वृद्धिका साथै साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह – आलोचकहरू सक्रिय हुने समय छ । समयको पावन्दीलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ । व्यवसायमा पनि सोचेको फाइदा नहुने योग छ । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्ने सम्भावना छ, ख्याल राख्नुहोला । रचनात्मक कार्यमा भने आंशिक सफलता मिल्ने देखिन्छ ।

कन्या – पराक्रमले प्रतिस्पर्धीलाई हराउन सकिने समय छ । व्यापारमा फाइदा होल, तर साँझदेखि परिस्थिति अलिक प्रतिकूल बन्ने देखिन्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । प्रतिस्पर्धीहरूलाई किनारा लगाउन सकिनेछ । फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ, सचेत रहनुहोला । खर्च केही वृद्धि हुने देखिन्छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । मेहनतले आम्दानी बढाउन सकिएला । श्रमको उचित मूल्यांकन हुनेछ । आजको कामबाट राम्रै धनलाभ हुन सक्छ । साँझदेखि सहयोगीहरूले उत्साह जगाउनेछन् । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आरोग्यबल रहनेछ । मिठो भोजन प्राप्त होला ।

वृश्चिक – आजको दिन साहस वृद्धि र तार्किक क्षमता बढ्नेछ भने अध्ययन-अध्यापन कार्यमा प्रगति हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउने योग छ । आरोग्यता रहनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – मेहनतीजनका लागि दिन फलदायी रहनेछ । काममा केही चुनौती देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । खर्च बढ्नुका साथै अर्थ अभाव महसूस होला । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ । प्रेमभाव बढ्नेछ । रचनात्मक कार्य बन्नेछ ।

मकर – सामाजिक दायित्व बढ्ने समय छ । बेसुरमा वचन दिने बानीले दुःख पाइएला । काम बिग्रने डरले पनि सताउन सक्छ । व्यवसायमा समस्या देखापर्न सक्छ । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुऱ्याउने देखिन्छ, सजग रहनुहोला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट भने लाभ मिल्ने योग छ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन छ । पढाइमा प्रगति र व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । शुभचिन्तकहरूको सहयोग जुट्ला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । चिताएको कामले राम्रै लाभ दिलाउनेछ भने व्यापारमा पनि फाइदा हुने योग छ । पराक्रम वृद्धि भइ आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने देखिन्छ ।

मीन – सानातिना घरेलु काममै अल्झनुपरे पनि अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइने योग छ । नयाँ कामको प्रस्ताव आउन सक्छ । मान महत्व वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।

फामिने ज्योतिष
प्रतिक्रिया