दाँत तथा मुख स्वास्थ्यको महत्व तथा आवश्यकतालाई जोड दिँदै हरेक वर्ष मार्च २० तारिखका दिन विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिन्छ ।
तथ्याङ्क अनुसार ९० प्रतिशत बढी मानिस जीवनकालमा दाँत सड्ने, दाँतबाट रगत आउनेदेखि क्यान्सरसम्मका मुखका रोगबाट पीडित हुने गरेको पाइन्छ ।
दिवसका अवसरमा नेपाल डेन्टल एसोसिएसन लगायतका संस्थाहरूले काठमाडौँमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा दाँत तथा मुख रोग विशेषज्ञ एवं स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले दाँतमा समस्या आउँदा वा गिजा तथा मुखमा सङ्क्रमण हुँदा त्यसले अन्य असर समेत गर्ने भएकाले वर्षको ६–६ महिनामा मुख र दाँत परीक्षणको परीक्षण गराउनुपर्ने बताए ।
उनले अहिले मुख्य स्वास्थ्यका विषयमा मन्त्रालयले आवश्यक रणनीति बनाइएको जानकारी दिए । बुढाथोकीले स्वस्थ मुखका लागि आवश्यक जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मँदै तालु तथा ओठ चिरेको, गिजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगबाट मुक्त हुने अवस्थाको रूपमा व्याख्या गरेको छ । नेपालमा दाँत किराले खाने, गिजाबाट रगत आउने, गिजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या अधिकांशमा देखिन्छ ।
दाँतसम्बन्धी जानी राखौं
दमक । आज मार्च २० अर्थात चैत ६ गते अन्तर्राष्ट्रिय मुख स्वास्थ्य दिवस । दिवसको अवसरमा मुख स्वास्थ्यको सवालमा काम गरिँदै आएको विभिन्न सङ्घ संस्थाहरूले कार्यक्रम जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
यता मुख स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका डाक्टर बुद्धिमान श्रेष्ठले पनि मुख स्वास्थ्यलाई नागरिक मात्रै होइन सरकारले पनि मुख स्वास्थ्यलाई बेवास्ता गरेको बताए ।
मुख स्वास्थ्य भन्नाले दाँत, गिजा, जिब्रो, चिउँडो, तालु, गालालगायत मुख वरिपरिका अङ्गलाई बुझिन्छ ।
सरकारले अन्य रोगको उपचारमा निःशुल्क, सहुलियत अनि मासिक भत्ताको पनि व्यवस्था गरेको छ तर मुख स्वास्थ्यको बारेमा भने जनचेतना जगाउने काम पनि नभएको डाक्टर श्रेष्ठले बताए ।
मुख स्वास्थ्यअन्तर्गत नै पर्ने महत्वपूर्ण अङ्ग दाँतको पछिल्लो समयको हकमा धेरै डेन्टल र अस्पताहरू पनि सञ्चालनमा आइरहेका छन् ।
कान्तिपुर डेन्टल अस्पताल तथा कान्तिपुर डेन्टल कलेजका सञ्चालक डाक्टर श्रेष्ठ भन्छन्, पछिल्लो समयमा दाँत परीक्षण गराउनुपर्छ भन्ने कुराको ज्ञान हुने नागरिकको सङ्ख्या केही मात्रमा बढी रहेको छ ।
लामो समयदेखि डेन्टल सेवा सञ्चालन गरिँदै आएको यस अस्पतालमा सेवा लिनेको तथ्याङ्क हेर्ने हो भने पनि १० हजार नयाँ बिरामी बढिरहेका छन् । वि.सं. २०५४ सालदेखि सेवा दिएको यस अस्पतालमा दाँत परीक्षण गराउनुपर्छ भन्ने बारे ज्ञान नेपालमा भन्दा विदेश जानेहरूलाई बढिरहेका छ । डा. श्रेष्ठ भन्छन्, अन्य देशमा दाँतको उपचार धेरै महँगो भएका कारण नेपाल आएको समयमा एक पटक दाँत परीक्षण गराउने उनीहरूको उद्देश्य नै रहेको हुन्छ ।’ नेपालको हकमा भन्ने हो भने निकै कमले मात्रै नियमित दाँत परीक्षण गराउने गरेका छन् ।
हामीलाई अस्पताल प्रशासनले उपलब्ध गराएको तथ्याङ्क हेर्ने हो भने आ.व. २०७२÷७३ मा फ्रिक्याम्पसहित ८६ हजार ४ सय ४८ जनाले दन्त परीक्षण गराएका थिए ।
आ.ब २०७३÷७४ को यो मिति सम्ममा ४७ हजार २ सय १० ले दन्त परीक्षण गरेको अस्पताल प्रशासनले जनाएको छ । जसमध्ये महिलाको सङ्ख्या बढीे छ ।
डाक्टर श्रेष्ठ भन्छन्, मुख स्वास्थ्य नभई मानिस स्वास्थ्य हुन सक्दैन । शरीरको मुख्य पाटो नै मुख भएका कारण मुख स्वस्थ्य राख्नको निकै जरुरी रहेको छ ।’
शिक्षित व्यक्तिले पनि दाँत परीक्षण गराउँदैनन्
नेपालको दाँत स्वास्थ्यको बारेमा कुरा गरिरहँदा डा. श्रेष्ठ भन्छन्, दाँत परीक्षण नगराउनेमा सबै प्रकारका व्यक्तिहरू पर्छन् । नेपालमा शिक्षित व्यक्तिले पनि दाँत परीक्षण नगराउने गरेको उनले बताए । भन्छन्, जब समस्या पर्छ अनि मात्रै अस्पताल आउँछन्, समस्या नआई दाँत परीक्षण गर्न आउनेको सङ्ख्या निकै कम रहेको छ ।’
मुख स्वास्थ्यमा सरकारले बेवास्ता गर्यो
नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा पछिल्लो समय राम्रो काम गर्दै आएको डा. श्रेष्ठ बताउँछन् तर मुख स्वास्थ्यको विषयलाई भने खासै चासो नदिएको प्रति उनको गुनासो रहेको छ ।
श्रेष्ठ भन्छन्, जटिल रोगका बिरामीलाई मासिक भत्ताको व्यवस्थादेखि उपचारमा सहुलियत लगायतका सेवासुविधा सरकारले दिएको छ । तर मुख स्वास्थ्यको सवालमा सामान्य जानकारीसम्म पनि नागरिक समक्ष पुर्याउन सकेको छैन् ।’
नेपाल सरकार स्वास्थ्य मन्त्रालय ओरल हेल्थ फोकल प्वाइन्ट भए पनि काम बाहिर नआएको श्रेष्ठ बताउँछन् । यसै कुराकानीमा उनी थप्छन्, सरकारका तर्फबाट नै सबै काम हुनुपर्छ भन्ने छैन । नेपालभरी १४ वटा मुख स्वास्थ्य तथा डेन्टल कलेजहरू रहेका छन् । कलेका विद्यार्थीलाई प्रयोग गर्ने हो भने पनि डेन्टल र मुख स्वास्थ्यको बारेमा धेरै नागरिकलाई जानकारी गराउन सकिने उनको अनुमान छ ।
अहिले नेपालभरी धरान, वीरगन्ज, पोखरा, भैरहवा, चितवनलगायत १४ वटा कलेजमा पढाइ हुँदै आइरहेको छ । श्रेष्ठ भन्छन्, डेन्टल कलेजहरूसँग सहकार्य गरेर काम गर्न सकेको खण्डमा मुख स्वास्थ्यको क्षेत्रमा पनि सफलता प्राप्त धेरै समय लाग्ने छैन ।’
सरकारको भनाइ
यता नेपाल सरकार स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अन्तर्राष्टिूय समन्वय महाशाखा प्रमुख डाक्टर श्री कृष्ण गिरीलाई मुख स्वास्थ्यको क्षेत्रलाई सरकारले न्याय गर्न नसकेको हो भनेर प्रश्न गरेका थियौँ । डा. गिरीले पनि नेपाल अन्य स्वास्थ्य सेवामा जरी मुख स्वास्थ्य क्षेत्रमा चासो नदेखाएको स्वीकारेका छन् । डा. गिरी पनि अब बन्ने स्थानीय निकायले मुख स्वास्थ्यलाई अन्य स्वास्थ्य जसरीनै प्राथमिकता दिनुपर्ने दिने आशमा रहेका छन् ।
रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘अबको स्थानीय सरकारले अहिले भन्दा धेरै स्वास्थ्य क्षेत्रको विषयलाई समेट्ने छ । स्थानीय निकाय नै सरकार भएका कारण आफ्नो क्षेत्रमा स्वास्थ्यमा कस्तो समस्या रहेको छ भन्नेबारे आफैले अध्ययन गरेर, नीति नियम बनाए काम गर्न सक्नेछ ।’ रातोपाटी
फाष्ट मिडिया नेपाल संवाददाता
६ चैत २०८१, बिहिबार ०९:५३ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो