आजको पाठकको पुर्पुरो : वि.सं. २०८० ज्येष्ठ २७ गते (तद्अनुसार सन् २०२३ जुन १० तारिख) शनिबार आषाढ कृष्ण पक्षको सप्तमी तिथि

खगेन्द्र कार्की

मेष – शुभता बढ्नेछ । सोचेका काममा सफलता पनि मिल्ने समय छ । धनलाभ होला । दिन खुशीसाथ बित्नुका साथै परिवारमा पनि सुखको माहोल बन्नेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । कामको चाप घटी विश्राम पाइने छ । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आजको दिन रमाइलो रहला । परिवारमा खुशिको माहोल छाउनेछ भने नयाँ ठाउँको यात्राको योग छ । पुराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्राबाट केही धन पनि आर्जन हुन सक्छ । कर्मबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – स्वास्थ्यसम्बन्धी समस्या निम्तन सक्ने समय हुनाले खानपान तथा आचरणमा विशेष सावधानी अपनाउनुहोला । दैनिक प्रयोगको सामानले पनि धोका दिन सक्छ । खिन्नत बढाउने समााचार प्राप्त हुन सक्छ । तथापि, समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफल रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – अर्काको काममा खट्नुपर्ने तर जश भने कमै मिल्ने खालको समय छ । सामाजिक मर्यादा भने अभिवृद्धि हुनेछ । छर–छिमेकमा केही असमझदारी बढ्ने योग छ, तर खास हानी नपुग्ला । जोखिमका साथै दौडधुप वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने दिन छ । नयाँ काममा हात हाल्दा दीर्घकालिन लाभ मिल्नेछ । आरोग्यता र प्रेमभाव बढ्ला । यात्राको योग पनि छ । मित्रजनबाट सुख मिल्ने तथा रचनात्मक र कलात्मक काममा सफलता प्राप्त हुने देखिन्छ ।

कन्या – आरोग्य बढ्नेछ । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुने समय छ । आजको दिन काममा जाँगर लाग्ला । मनमा खुशी मिल्नेछ भने आफन्तजनले साथ दिने छन् । तथापि, व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । सन्तानको सुख प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त होला ।

तुला – आजको दिन ठूला व्यक्ति एवम् मित्रजनबाटै आलोचना हुने सम्भावना छ । बादविवाद हुने योग भएकोले सन्तुलित बोली र व्यवहारमा जोड दिनुहोला । चोटपटक लाग्े सम्भावनालाई टार्न आज हातहतियारबाट जोगिने विशेष प्रयत्न गर्नु हितकर हुनेछ । प्रेमभाव वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – व्यस्तता वृद्धि हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिने छ । तर काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा पनि केही अल्छीपन छाउनेछ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन नदेलान् । यसका बाबजुद धन आर्जन होला । योजना र बजेट बनाइ कार्य गरे बेस होला ।

धनु – आजको दिन तपाईले सोचेको काम पूरा हुन सक्छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । सामाजिक उत्तरदायित्व हासिल होला । पराक्रम बढ्नेछ । धन बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आर्थिक लाभ हुने दिन छ । आम्दानिको नयाँ श्रोत फेला पर्ला । ठूला व्यक्तिको विश्वास लिन सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ ।

कुम्भ – आजको दिन भाग्यले त्यत्ति साथ दिने छैन । विवाद बढ्ने, सामाजिक मर्यादामा बादल लाग्ने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । धनको नाश पनि होला । घरायसी चिन्ताले सताउन सक्छ । बौद्धिक र रचनात्मक कार्य भने बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रा कठिन भए पनि सफलता प्राप्त होला ।

मीन – महत्वपूर्ण कार्यमा नजिकको नातेदारको समर्थन पाउने दिन छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी होला । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलास पनि बढ्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया