मोबाइल दर्ता गर्नुभयो ? आजदेखि देशभरका दर्ता नभएका मोबाइल सिष्टमबाटै लक हुने

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । मोबाइलको आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस) आजदेखि लागु हुँदैछ ।

यो सँगै अबदेखि नेपाल भित्रिने मोबाइललाई यो प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्ने छ । प्रणालीमा दर्ता नभएका मोबाइलको ‘नेटवर्क लक’ गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

लक भएका त्यस्ता मोबाइलमा नेपालका दूरसञ्चार कम्पनीको सेवा उपलब्ध नहुने प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणका अनुसार प्रणालीमा मोबाइलको आइएमइआई दर्ता गर्न कुनै शुल्क लाग्दैन ।

त्यस्तै आइतबारसम्म प्रयोगमा रहेका मोबाइल भने प्रणालीमा स्वतः दर्ता हुने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।


खगेन्द्र कार्की
प्रतिक्रिया