प्रेम कथामा आधारित नेपाली चलचित्र मोदीबेनी साउन १८ देखि दर्शकमाझ आउने

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । शंकर कोइराला निर्देशित तथा नायिका वर्षा सिवाकोटी, सरोज खनालसहित चर्चित कलाकार अभिनित नेपाली चलचित्र मोदीवेनी यहि साउन १८ देखि दर्शकले हेर्न पाउने भएका छन् । 

अरूण गाउॅपालिका वडा नं १ याङपाङ भोजपुरका कलाकार अमरप्रताप श्रेष्ठ अभिनेता र हरी श्रेष्ठ  सहनिर्माता रहेको कालीगण्डकी नदीको तीरमा स्थित नृसिंहको मन्दिर रहेको प्रसिद्द तीर्थस्थलको कथामा आधारित रहेको छ । 

एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा समेटिएको उक्त चलचित्रमा नायिका सिवाकोटी र नव–नायक अमर प्रताप श्रेष्ठको प्रेमलाई सुन्दर ढङ्गले बुनिएको छ ।

वर्षाको प्रेम सँगसँगै रौद्र रूप पनि देखाइएको छ । ट्रेलरमा नायिका रेजिना उप्रेती वर्षाको आमाको भूमिकामा देखिएकी छिन भने अभिनेता सरोज खनाल सेतै फुलेको लामो दाह्री र जुँगामा देखिएका छन्। ट्रेलरमा डेब्यु नायक अमर प्रताप श्रेष्ठको एक्सन पनि छ ।

यस चलचित्रमा वर्षा सिवाकोटी, अपर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउँवाला गौतम लगायतको अभिनय रहेको छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन् । चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रमा उत्सव दाहालको छायाङ्कन र भरत रेग्मीको सम्पादन छ ।

चलचित्रका गीतमा राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर रहेको छ ।

चलचित्रमा दीपेन्द्र गौतम (माइकल) को प्रोडक्शन डिजाइन, किरण थापाको कोरियोग्राफी, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ।

ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया