दमक क्याम्पसको साइन्स संकायलाई प्रदेशकै हव बनाउन सरकारसँग माग

खगेन्द्र कार्की

दमक । दमक बहुमुखी क्याम्पसलाई कोशी प्रदेशको विज्ञानको अनुसन्धानको थलो बनाउने सहितका योजनाहरु प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग गरिएको छ ।

क्याम्पस संचालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले क्याम्पसमा विद्यार्थी आवत्जावत्का लागि १० थान इलेक्ट्रिक बस, विज्ञानको अनुसन्धानका लागि कोशी प्रदेशकै हव बनाउनका लागि पाँच करोड रुपैयाँका अनुसन्धान सामग्री र निर्माणाधिन भवनमा टस लगाई कक्षा कोठा निर्माणका लागि पाँच करोड अनुदान उपलव्ध गराईदिन प्रस्तावना पेश गरेको छ ।

सो क्रममा प्रधानमन्त्री ओलीले क्याम्पसले माग गरेको अनुदान रकम  उपलव्ध गराउने वचन दिदएको टोली प्रमुख भण्डारीले जानकारी दिए । सो भेटमा झापा ५ का सांसद समेत रहेका प्रधानमन्त्री ओलीका साथमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र क्याम्पसका पूर्व प्राध्यापक तथा हाल राष्ट्रिय योजना आयोग सदस्य गीता अधिकारीको समेत उपस्थिति रहेको थियो । क्याम्पसकातर्फबाट संचालक समिति सदस्य अम्बिकाप्रसाद खनाल, वोधप्रसाद घिमिरे, क्याम्पस प्रमुख यज्ञराज गिरी, निर्वतमान क्याम्पस प्रमुख डा.नेत्रबहादुर वुढाथोकी, प्राध्यापक प्रतिनिधि सुमनकुमार नेपाल, उपप्राध्यापक विष्णुप्रसाद न्यौपाने लगायतको टोलीले माग राखेका थिए ।

खगेन्द्र कार्की
प्रतिक्रिया