धनकुटा । धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा धनकुटा वितरक संघ र धनकुटा होटल एशोसिएसनले पहिलो चरणमा संकलन गरेको जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरुलाई राहत रकम पठाउने आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा भएको पत्रकार सम्मेलनमा धनकुटा बजार र हिले बजारमा पहिलो चरणमा अहिले सम्म १ लाख ४२ हजार १ सय ४० रुपमा राहत संकलन भएको र थप केही संकलन गरेर कात्तिक २४ गते भूकम्प पीडित राहत कोषमा पठाउने वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गले पत्रकार सम्मेलनमा बताइन् ।
पत्रकार सम्मेलनमा राहत संकलनको वारेमा वरिष्ठ उपाध्यक्ष तितुङ्गले बालेकी थिइन भने कार्यक्रममा स्वागत मन्तव्य धनकुटा होटल एशोसिएनका उपाध्यक्ष डम्वर काफ्लेले गरेका थिए । यस्तै धन्यावाद ज्ञापन धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष लालचन्द्र गोङ्गवा र नेपाल पत्रकार महासंघ धनकुटा अध्यक्ष नगेन्द्र राईले गरेका थिए । कार्यक्रम संचालन कार्यवहाक महासचिव राम वहादुर रायमाझीले गरेका थिए ।
सो पत्रकार सम्मेलनमा धनकुटा उद्योग बाणिज्य संघका महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ, कार्यकारी सदस्य सुनिता थापा, धनकुटा होटल एशोसिएसनका वरिष्ठ उपाध्यक्ष भूषण श्रेष्ठ, धनकुटा नगर अध्यक्ष ज्ञानेन्द्र वस्नेत, व्यावसायी तथा समाज सेवी सरस्वती लिम्बु लगायतले धनकुटाबाट संकलन भएको रकम भूकम्प पीडितको हातमा पुग्ने गरी पठाउने बताएका छन् ।
धनकुटामा पहिलो चरणमा संकलन भएको रकम छिटो छरितो ढंगले भूकम्प पीडितहरुको हातमा पुग्नका लागि धनकुटाका प्रमुख जिल्ला अधिकारी मार्फत केन्द्रिय भूकम्प पीडित राहत कोषमा पठाउने र अत्य क्षेत्रहरुका पनि दोस्रो चरणमा राहत संकलन गर्ने कार्य अगाडी बढाउने धनकुटा उवा संघका अध्यक्ष राईले बताए ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो