धनकुटा । नेपाली कांग्रेस धनकुटाले नेपाली कांग्रेस धनकुटाका अभिभावक समाजसेवी स्वर्गीय चिरन्जीवी घिमिरेको सातौ पुण्य दिनको अवसरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी समवेदना पत्र परिवारजनमा प्रदान गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका प्रवक्ता तथा नेपाल पत्रकार महासंघ धनकुटा र नेपाल प्रेस युनिन धनकुटा जिल्लाका पूर्व अध्यक्ष खगेन्द्र प्रसाद घिमिरेका बुबा धनकुटा कांग्रेसका अभिभावक स्वर्गीय चिरन्जीवी प्रसाद घिमिरेको सम्मानमा उहाको निवासमा ईटहरीमा धनकुटा कांग्रेसले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।
लामो समयदेखी श्वास प्रश्वास रोगबाट ग्रसित भई निधन भएका स्वर्गीय घिमिरको श्रीमती राधादेवी घिमिरे, छोरा तथा बुहारीहरु तिर्थ प्रसासद÷ गायत्रा घिमिरे, खगेन्द्र प्रसाद÷ प्रमिला घिमिरे र नगेन्द्र प्रसाद÷रिना घिमिरे र छोरी ज्वाई गिता ÷ उपेन्द्र अर्याल तथा नाती नातीनीहरु छन् ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला कार्य समितिका तर्फबाट सभापती दिनेश राई,पूर्व सभापतिहरु संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, अग्नी प्रसाद पौडेल, संविधान सभा सदस्य लिला सुब्बा, उपसभापति निर्मल प्रसाद ओझा, सचिवहरु विजय सन्तोषी राई, जयन्द्र घिसिङ्ग, सहसचिव गिरिजा प्रसाद दाहाल, राम वहादुर रायमाझी, जिल्ला सदस्यहरु तिर्थ राई,अम्विका धमला, रविन्द्र नेपाली ,क्षेत्रिय सभापती राजन पौडेल, सदस्यहरु महोन वान्तवा, गोविन्द्र श्रेष्ठ लगायतले स्वर्गीय घिमिरे प्रती श्रद्धाञ्जली अर्पण गरी समवेदना व्यक्त गरेका थिए ।
यसैगरी छथरजोरपाटी गाउपालिकाको तर्फबाट अध्यक्ष तथा कांग्रेस सभापति छत्र सुब्बा, प्रदेश कार्य समिति सदस्य गोविन्द्र लिम्बु, सचिव पदम भट्टराई, वडा सभापति ढकल सिह लिम्बु, नेपाल विद्यार्थी संघ धनकुटका सचिव युवराज घिमिरेले श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरे ।
यस्तैगरी धनकुटा जिल्ला सहिदभूमी गाउपालिका नेपाली कांग्रेसको तर्फबाट सभापति टंक राई, उपसभापति भुषण राई, सचिव दिपेन राई, वडा सभापतिहरु कनक राई, सन्तोष राईले श्रद्धाञ्जली अर्पण गर्दै समवेदना व्यक्त गरेका थिए ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो