पढ्न गएकी छोरीले डाक्टर बनेको फोनबाट खबर दिँदाको खुशी –

सुप्रिया राई

इटहरी । आफ्नो छोराछोरीलाई प्रगतिको मार्ग लगाउन गरेको लगानीले सार्थकता पाएपछि बाबुआमाको खुशीको सिमा रहँदैन । आयआर्जन, मानसम्मान र प्रतिष्ठामा बाबुआमाभन्दा धेरै माथि माथि पुगेका छोराछोरीसँग खुशी बाँड्न लालयित तिनै बाबुआमामध्येका एक बाबु हुन निराकर रेग्मी । जसले आफ्नी छोरी नसाको डाक्टर बनेको फोनमा सुन्दै खुशीको सीमा रहेन र उनले सो कुरा सामाजिक सञ्जालमा यसरी खुशी बाँड्न पुगे ।

धेरै धेरै बधाई अनि शुभकामना 

दिन सुरुवाती मै फोनको घन्टीले शुभसमाचार ल्यायो, जसमा मेरी प्यारी छोरीले धेरै प्रगति गरिछिन, यो भन्दा खुशी हाम्रो लागि के होला जसमा उनको बषौको मिहिनेतको रुख मा पूर्ण फल लागे छ।

अब उनलाई हामीले नसा सम्बन्धि डा. साहेब भनी सम्बोधन सजिलै संग गर्न सकिने भयो  ।

हामी बारम्बार उनको परिश्रम र मिहेनतको दौडाई देखेर भगवानसंग सदा सफलताको कामना गर्दै रहौ ।

जसमा आजको पहिलो फोनले भगवानप्रति कृतज्ञता जाहेर गरि रहौ ।

हामीलाई छोरी हँदाको गर्ब थियो , सारै खुशी थियौ, हाल दोब्बर खुशी भएका छौ ।

फेरि पनि उहीँ भगवान प्रति नतमस्तक भै उन को भबिस्य को सफलता को कामना गरिरहने छौ ।


निराकार रेग्मी 

१०/०९/२०८१

सुप्रिया राई
प्रतिक्रिया