दमक । दमक ९ का ३७ वर्षीय देशु भनिने यामु निरौलाको हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन स्थानीय राजनीतिक दलहरुले प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाई, नेकपा एमाले नगर कमिटी अध्यक्ष राम पौडेल, नेकपा मााओवादी केन्द्र दमक नगर कमिटी इञ्चार्ज बेदु गौेतम र अध्यक्ष कुलबहादुर बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर अध्यक्ष हेम सुवेदी, रास्वपा, एकीकृत सामाजवादी, जसपाका नगर नेतृत्वले हस्ताक्षर गरी छुट्टाछुट्टै विज्ञप्ति मार्फत् दोषीलाई यथाशिघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरिएको छ।
यसैगरी नेपाल मानव अधिकार संगठनको तर्फबाट पनि एक विज्ञप्ती प्रकाशित गरी नागरिकको स्वतन्त्र रुपले बाँच्न पाउने अधिकारको निमित्त एवम् मानव अधिकारको रक्षा गर्न हत्यामा संलग्नहरुलाई अविलम्व पक्राउ गरी कानुनी दायरामा ल्याई पीडित पक्षलाई न्याय दिलाउन सम्बन्धित पक्षसँग जोदडार माग गर्दछौं भनिएको छ । विज्ञप्तीमा संगठनका केन्द्रीय उपाध्यक्ष डा। केपी सुवेदी र झापा सभापति दिनेशकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।
गत मंगलबार दमक ३ स्थित मावा पूल नजिकै दिनदहाडै त्यहाँस्थित जग्गा उपयोगका बिषयलाई लिएर दुई समूहबीच चर्काचर्की हुँदा कुटपिट र ढुंगा प्रहारबाट निरौलाको हत्या भएको थियो । घट्नाको चार दिन बितिसक्दा पनि प्रहरीले कुटपिटमा प्रत्यक्ष संलग्नहरुलाई पक्राउ गरेको छैन ।
निरौला परिवार, आफन्तहरु र शुभचिन्तकहरु हत्यामा संलग्नहरुलाई पक्राउ गर्न तत्परता नदेखाएको भन्दै दुई दिनदेखि निरन्तर प्रहरी कार्यालयमा दबाब र प्रदर्शनमा उत्रिरहेका छन् ।
मंगलबार अपरान्ह हत्या गरिएका निरौलाको हत्या प्रकरणमा नाम जोडिएका मध्ये केही सत्तारुढ नेकपा एमालेका जिम्मेवार कार्यकर्ताहरु र नेताहरुका नातगोता भित्रका परेकाले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीले आनाकानी गरेको हुन सक्ने पीडित परिवारको अनुमान छ ।
इलाका प्रहरी कार्यालय दमकमा मृतक निरौलाकी पत्नी कृष्णमाया निरौलाले हत्या प्रकरणमा जोडिएका ७ जनाको किटानी जाहेरी दिएकी छन् । सो जाहेरी प्रहरी कार्यालयमा दर्ता नम्बर १०९ रहेको छ । उनको जाहेरीमा कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्धामा दमक ३ दुम्से बस्ने राजु भनिने शेरबहादुर नेम्वाङ लिम्बू, संखुवासभा स्थायी ठेगाना भएका दमक ३ दुम्से बस्ने गणेश दर्जी, उर्लाबारी ६ का प्रकाश कार्की, उर्लाबारी ७ का ध्रुब गौतम, दमक ८ का बुद्धिमान थापा, सोहि वडाका नम चेम्जोङ, इटहरी बस्ने भनिएका डेबिट घलेलाई विपक्षी बनाइएको छ । उनीहरु मध्ये दुई जना प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाई छ । अन्य आरोपी फरार छन् ।
यसैसन्दर्भमा दमक नगरपालिकामा पीडित पक्ष, इलाका प्रहरी कार्यालय दमक प्रहरी प्रमुख निशान थापासहितको उपस्थितिमा सर्वदलीय छलफल भएको थियो । छलफलमा कसैको दवावले दोषीलाई जोगाउने प्रयास भयो अर्थात् प्रहरी प्रशासनको निष्कृयता रहेमा त्यसको विरुद्धमा उत्रने सबै दलको तर्फबाट एक मत जाहेर गरिएको थियो ।
अन्त्यमा आज १२ बजेसम्म धैर्यतामा रहने सहमत भएको र प्रहरीको तर्फबाट पनि सो समयसम्म केही परिणाम ल्याउने सक्दो प्रयास रहने आश्वासन दिएको बताइएको छ । नगर प्रमुख राम कुमार थापाले आव्हान गरेको छलफलमा उपप्रमुख रेगिना प्रसाई भट्टराई केही वडाध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो