फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । कोरोनासङ्क्रमित एक जनाको बिहीबार मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिर अधिकारीका अनुसार आज एक सङ्क्रमितको मृत्यु भएको हो ।
आजमात्रै कोरोनाबाट एक सय ११ नयाँ सङ्क्रमित थपिएका छन् । जम्मा दुई हजार पाँच सय १७ नमूना परीक्षणबाट एक सय ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ७८, संस्थागत आइसोलेसनमा १८ र सघन उपचार कक्षमा छ बिरामी रहेका छन् । यस्तै भेन्टिलेटरमा एक बिरामी छन् ।
परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोपसेवा शाखाका प्रमुख डा। अभियान गौतमका अनुसार देशभर कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्यासमेत बढ्न थालेको छ ।
खोप लगाउन छुटेका व्यक्तिलाई केन्द्रमा राखेर खोप अभियान सञ्चालन भइरहेको जनाउँदै नजिकैको स्वास्थ्य केन्द्रबाट छुटेका सबैलाई पहिलो, दोस्रो र बुस्टर खोप लगाउन उनले आग्रहसमेत गरेका छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो