काठमाडौं । आज यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भएपनि कुकुर पुजा र लक्ष्मी पुजा बिहीबारै गरिएको र आज शुक्रबार कुनै तिहारको पर्व परेको थिएन । घरघरमा मानिसहरु आज दिनभर खानपिन र दैसीभैलो खेलेरै बिताए । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि आज कुनै पुजाआजाको दिन नपरेको बताएको थियो ।
बिहीबार बेलुकीबाट औँसी लागेका कारण औंसीका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । यस्तै कात्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले जनाएको छ ।
समितिले जनाए अनुसार आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ ।
तिथिको घटबढका कारण यो वर्ष औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । उहाँले तिथिका आधारमा यस्तो संरचना केही वर्षका अन्तरालमा हुने गरेको बताउनुभयो । यस्तो संरचना परेकाले नै पाँच दिनमा सकिने तिहार यस वर्ष छ दिनसम्म लामिएको छ ।
विशेषगरि कार्तिक कृष्ण त्रयोदशीका दिन शुुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मङ्गलबार शुरु भएको थियो भने कात्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइले विधिपूर्वक टीका लगाएपछि सकिन्छ ।
कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलिपूजा, हलीतिहार, म्ह ९आत्म० पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरेर छवटा पर्व एकै दिन परेको समितिले स्वीकृति दिएको र पात्रो (पञ्चाङ्ग) तथा भित्तेपात्रोमा पनि उल्लेख गरिनुका साथै समितिले तिहारको अवसरमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो