दमक नगरपालिका क्षेत्रभित्रको एउटा शिवालय हो पशुपति मन्दिर । सो मन्दिरमा पुराणा लगाइयो । सो पुराणबाट नयाँ र उद्देश्यमूलक संस्कृतिको विजारोपण भएको छ । ध्वनी प्रदुषणमुक्त श्रीमद् विष्णु महापुराण तथा ज्ञान महायज्ञ २०८१ को समापन गरिएको छ । फागुन ६ गतेदेखि सुरु भएको सो ज्ञान महायज्ञ १०८ कलश तथा कन्यासहित बरुणशोभा यात्रा, पुराण तथा शिवलोकको समुद्घाटन समेत गरिएको थियो । बुधबार महाशिवरात्रीका विशेष पुजासहित शिवरात्री महोत्सव कार्यक्रम आयोजना गरियो । सो महायज्ञले गरेको यो कार्य अनुकरणीय र अनुशरणीय रहेको छ । महायज्ञदेखि शिवरात्रीसम्मै विभिन्न टोल तथा वडाबाट सहभागी भजन कीर्तन मण्डलीहरुबीच प्रतियोगितात्मक भजनकीर्तन आयोजना गरिएको थियो त्यसबाट विजयी हुनेलाई समेत बुधबार बेलुकी सम्मान तथा पुरस्कार वितरण गरियो । सोही स्थानबाट ८० वर्ष कटेका ज्येष्ठ नागरिक ५ जनाको सम्मान त छँदैथियो, ध्वनी प्रदु्षण रोकेर महापुराण समापन गरेर अर्को महत्वपूर्ण काम त्यहाँबाट भएको छ । खास गरेर यो कार्यक्रममा बाहिर ठूला माइक र साउण्ड सिष्टम राखेर ध्वनी प्रदुषण नगरी कार्यक्रम सफल हुँदैन भन्ने भाष्यलाई चिर्दै ध्वनी प्रदुषण विनै ठूला यज्ञ, महायज्ञसहित धार्मिक कार्यक्रम गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । हुन त दमकमा ध्वनी प्रदुषण रोक्ने र नगरभित्रै ध्वनी नियन्त्रण गर्ने दमक नगरपालिकाको योजना नै रहेको भए पनि त्यसलाई कार्यान्वयनमा ल्याउन सकेको थिएन । अहिले नगरप्रमुख राम कुमार थापा आफै अध्यक्ष रहेको उक्त धार्मिक स्थलबाट उक्त विषयको सुरुआत गरिएको र अब बिस्तारै सबैतिर यसलाई अनुशरण गर्दै लग्नुपर्ने आवश्यक पनि देखिएको छ ।
धार्मिक, सांस्कृतिकलगायतका कार्यक्रममा कार्यक्रमस्थल बाहिर पनि टाढा–टाढासम्म आवज पु¥याउँदा ध्वनी प्रदुषण अत्याधिक रुपमा हुँदै आएको छ । आजभोलि यो ध्वनी प्रदुषण विरुद्ध समाज उकुसमुकुस छ । भनिहाल्न पनि नसक्ने र मन पनि नपराउने अवस्थाको यो विषयलाई अब नगरपालिकाले कडाईका रुपमा अगाडि लैजानु पर्ने देखिएको छ । फेरी धार्मिक कार्यक्रमको मात्रै ध्वान प्रदु्षण होइन । जुनसुकै स्रोतबाट आएको आवाज वा ध्वनि जुन मानिस जंगली जीवजन्तु वा वातावरणलाई असजिलो बनाउँछ र स्वास्थ्यमा नकारात्मक असर पु¥याउँछ त्यसलाई ध्वनी प्रदूषण मान्ने हो । यो जोसुकैको घर छिमेकमा, काम गर्ने स्थानमा, बाटो सडकमा, रेलवेमा, ट्राफिक जाममा वा ठूला फ्याक्ट्री, उद्योग, मेसिनहरु चल्ने स्थानमा हुन सक्दछ । आजभोलि धेरै मानिस जम्मा भएर नियमित जस्तो गर्ने विभिन्न कार्यक्रमहरु जस्तै कन्सर्ट, खेलकुद, आमभेला, जुलुस, कोलाहल बनाएर माइक राखेर गरिने व्यापारिक गतिविधि आदिबाट पनि कतिपय समुदाय आवाज पीडित हुने अवस्था छ ।
यो समस्या दमकको मात्र होइन समस्या देशैभरिको हो तर पनि एक ठाउँमा सुरु गरिएको म्यासेजले अर्को ठाउँलाई नियन्त्रण गर्न सहज बनाउँछ । यस्ता ध्वानीले छिमेकी रुष्ट भए पनि उसले छिमेकीको नाताले भन्न सक्ने अवस्था रहँदैन । छिमेकीमा बिरामी हुनसक्छन, कामको बोझले थकानले चाँडै सुत्नुपर्ने र छिटै उठ्नुपर्ने बाध्यता हुनसक्छ । विद्यार्थीहरु हुनसक्छन, उनीहरुको परीक्षा भईरहेको हुनसक्ला । आवाजमै झर्को मान्ने बृद्धबृद्धाहरु हुनसक्छन् । विभिन्न घरायसी व्यवहारका सरसल्लाहका कुरा हुनसक्छन, नजिकै अन्य कसैको बैठक, सेमिनार वा छलफल पनि हुनसक्छ । यी तमाम कुरालाई ख्याल गरेर कार्यक्रम सफल हुने भनेको ध्वानी ले मात्र होइन । ध्वानी कार्यक्रम स्थलभित्रै सीमित गर्न सकियो र बाहिर जानबाट रोकियो भने समाज हर्षित र उत्साहित बन्छ र स्याबासी पनि दिन्छ । यस कारणले पनि धार्मिक, सांस्कृतिक सम्बर्धन र संरक्षण गर्दै गर्दा आउने ध्वानीलाई विशेष चासो र महत्वका साथ नियन्त्रण गर्न आवश्यक देखिन्छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो