इटहरी । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको १२० किलो मिटरको चार लेनको एसियन हाइवेको निर्माण कार्य धमाधम भईरहेको छ । ३४ अर्ब ९१ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुनेगरी चार लेनको काम अघि बढेको एसियन हाइवेको काम अहिलेसम्म ५.५ प्रतिशत सकिएको काँकरभिट्टा–लौकही सडक आयोजनाले जनाएको छ । अहिले ९५.७६ किलोमिटर सडकको स्तरोन्नति हुँदैछ । एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेचीपुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेका छन् ।
पहिलो चरणमा सडक क्षेत्रमा पर्ने सबै रुखहरु कटान यसअघि नै सकिएको छ । योसँगै यतिबेला सडकको नयाँ ट्र्याक बनाउनेदेखि कल्भर्टहरु निर्माण धमाधम भइरहेको छ ।
तीन वर्षमा निर्माण सम्पन्न हुने सडक विस्तारको काम सुरु भइसकेको छ । राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा ‘साइड क्लियरेन्स’ को काम पनि सकिसकेको आयोजनाले जनाएको छ । एसियाली विकास बैंकको ३०० मिलियन अमेरिकी डलर तथा नेपाल सरकारको ६२.४७ मिलियन अमेरिकी डलरको लागतमा सडक बन्ने आयोजनाका इन्जिनियर आश्रय महतले बताए । अन्तर्राष्ट्रिय मापदण्डअनुसार बन्ने सडकमा सातदेखि ११ मिटर चौडाईको बिटुमिन सडकलाई ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाईको बनाइनेछ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो