दमकमा नयाँ होटल उद्घाटन : व्यवसाय निरन्तरता नै मुख्य चुनौती रहेको व्यवसायीको भनाई

खगेन्द्र कार्की

दमक/ब्यवसायमा निरञ्तरता मुख्य चुनौति रहेको दमकका उद्योगी ब्यवसायीहरुले बताएका छन् ।

दमक ५ स्थित मामाचोक दक्षिणमा नयाँ होटलको उद्घाटनका क्रममा व्यवसायीले सो कुरा बताएका हुन । युवा व्यवसायी विन्दु सिटौला (लक्की)ले करिब ५५ लाखको लगानीमा स्थापित ‘खाजा एक्सप्रेस’ नामक होटलको उद्घाटनपछि सम्बोधन गर्दै ब्यवसायी नेताहरुले प्रतिष्पर्धाको जमानामा ब्यवसायीक निरन्तरताले मात्रै सफल हुन सकिने विचार ब्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकूल श्रेष्ठ, संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल), होटल ब्यावसायी संघ कोशी प्रदेश अध्यक्ष राजन दंगाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र ढकाल लगायतले ब्यवसाय सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेल, होटल ब्यवसायी काजी राउत, राजनीतिक तथा सामाजिक ब्याक्तित्व रोसन विष्ट लगायतको उपश्थिति रहेको थियो । 

दमक क्षेत्रमा भइरहने विशेष समारोह तथा कार्यक्रमहरु लाई लक्षित गरेर खोलिएको यो ‘खाजा एक्सप्रेस’ले ब्यवसायीहरुका पसल पसलमा समेत होम सर्भिस दिने योजना रहेको सञ्चालक सिटौलाले जानकारी दिइन् ।

डेढलाख बढी होटलको तथ्याङ्क सार्वजनिक

नेपालमा करिब डेढ लाख होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०२०’ का अनुसार नेपालमा १ लाख ४२ हजार २ सय २३ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । यसअघि तारे होटलमात्र समेटेर २०६० सालमा सर्वेक्षण तयार पारिए पनि यसपालि सबै होटल, रिसोर्ट, होमस्टे र रेस्टुरेन्ट समेटेर बृहत सर्वेक्षण गरिएको कार्यालयले जनाएको छ । मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा होटल तथा रेस्टुरेन्ट उद्योगको योगदान १.९६ प्रतिशत पुगेको छ । हाल सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्ट 

देशभर....मध्ये कोसी प्रदेशमा २५ हजार ८ सय ८७, मधेस ११ हजार ७ सय ४०, बागमती ५२ हजार १ सय २३, गण्डकी १६ हजार ९ सय ७६, लुम्बिनी २० हजार १ सय ५६, कर्णाली ७ हजार १ सय १० र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय २८ छन् । पछिल्लो समय दमकमा अग्र्यानिक तथा फ्रेस खाजा घर बढ्दै गएका छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया