इटहरी । विश्व आदिवासी दिवसको अवसरमा यही साउन २४ गते इटहरीमा विभिन्न जातजातिका सांस्कृतिक नृत्य तथा शुभकामना आदान–प्रदान कार्यक्रम हुने भएको छ।
कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी नेपाल आदिवासी जनजाति महासंघ उपमहानगर समन्वय परिषद्, इटहरीका अध्यक्ष चिरहाङ राईले आज आयोजित पत्रकार सम्मेलनमार्फत दिएका हुन्।
उनका अनुसार कार्यक्रममा विविध जातजातिका सांस्कृतिक पहिचान झल्किने भेषभूषा, नृत्य, गीत तथा परम्परागत कला प्रदर्शन गरिनेछ। इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पाैडेलकाे प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा दस हजार जनजातिकाे जातिय भेसभुसामा बाजागाजा सहित सहभागी रहने पनि जानकारी गराईएकाे छ ।
कार्यक्रमलाई भव्य बनाउने उद्देश्यले सुरक्षाकर्मी, एम्बुलेन्स र वाटरप्रुफ टेण्ड लगायतको सुरक्षा व्यवस्था गरिएको आयोजक समितिले जानकारी दिएको छ। कार्यक्रम इटहरी पस्चिमलाइन टेम्पु स्टेण्डमा आयोजना हुनेछ।
विश्व आदिवासी दिवसको सन्देश आम नागरिकसम्म पुर्याउने उद्देश्यले सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिने समेत महासंघले जनाएको छ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो