प्राज्ञिक विद्यार्थीको समन्वयमा विद्यार्थीलाई छात्रवृत्ति

खगेन्द्र कार्की

कमल÷ सेवा र विकासका लागि युवा तथा ओरेगन नेपाली समाज अमेरिकाले प्राज्ञिक विद्यार्थी परिषद्को समन्वयमा झापाको कमल गाउँपालिकाका  माध्यमिक विद्यालयका दुई जना विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । समाजले कमलको वडा नं. ५ मा रहेको मंगलमय मा.वि. र वडा नं.६ मा रहेको वाणी मा.वि. गोहाबारीको एक÷एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो 

यस्तो छात्रवृत्ति आइतबार प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्टिूय सह(संगठन सचिव छितराज न्यौपानेले मंगलमय मा.वि.मा पुगेर सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराज सापकोटा र प्रधानाध्यापक मोहन कुमार बगाले साथै शिक्षक, विद्यालय कर्मचारी अनि सम्बन्धित अभिभावकको विशेष उपस्थितिमा प्रदान गरेका हुन् । छात्रवृत्तिको राशी प्रति विद्यार्थी १४ हजार नगद रहेको छ । छात्रवृत्ति वितरण कार्यमा प्राज्ञिक विद्यार्थी परिषद्को कोशी प्रदेश सचिव नगेश राईको पनि सक्रियता र विशेष सहभागिता रहेको थियो ।  

छात्रवृत्ति प्राप्त गर्नेहरुमा मंगलमय मा.वि.मा कक्षा १०  मा अध्ययनरत अक्लेसा कुमारी पण्डित र वाणी मा.वि.मा कक्षा १० मा नै अध्ययनरत दमिना पाण्डे रहेको जानकारी गराइएको छ । सो संस्थाले ओरेगन नेपाली समाज अमेरिकाको  आर्थिक सहयोगमा देशभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई यसरी छात्रवृत्ति प्रदान गर्दै आएको छ । सोही क्रममा उल्लिखित दुई विद्यालयका छात्राहरुलाई पनि अध्ययनका लागि सहयोग पुगोस् भनेर छात्रवृत्ति दिएको हो ।  छात्रवृत्ति प्रदान गरेकोमा सम्बन्धित विद्यालयका वि.व्य.स अध्यक्ष र प्रधानाध्यापकहरुले विशेष धन्यवाद दिएका छन् भने परिषद्का सह(संगठन सचिव न्यौपानेले आगामी दिनहरुमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने बताए ।   


खगेन्द्र कार्की
प्रतिक्रिया