पतञ्जली योग इटहरी उपमहानगरद्वारा फष्टमिडियाकर्मी तथा पत्रकार सुप्रिया सम्मानित

zCqnQYsJJSU

इटहरी । पतञ्जली योग समिति नेपाल, इटहरी उपमहानगर समिति द्वारा आयोजित १६औँ वार्षिकोत्सवका अवसरमा सञ्चारकर्मी सुप्रिया राईलाई सम्मान गरिएको छ।

बिहान इटहरी–४ स्थित शनि मन्दिरमा विधिवत् होमादि सम्पन्न गरिएको र त्यसपछि समिति निर्माणाधीन भवन परिसरमा आयोजित विशेष समारोहमार्फत सम्मान प्रदान गरिएको हो।

समारोहका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सम्मान पत्र प्रदान गर्दै समाज, राष्ट्र र मानवीय सेवामा संलग्न व्यक्तिहरूको योगदान अमूल्य रहेको उल्लेख गरे। साथै उनले जेनजी आन्दोलनका बेला आफ्नो घर जलाइएको पीडादायी स्मृतिको प्रसङ्ग जोड्दै भने —

“मेराे घर मात्रै जलेको होइन, सन्तानका सपना, परिवारका स्मृति र संघर्षका पाना जलेका थिए। यदि फेरि पनि व्यक्तिको घर जलाउने संस्कृति दोहोरिने हो भने, हामीले खोजेको सुशासन, कानुन र शासनको मूल्य के रहनेछ ?”

कार्यक्रम पतञ्जली योग समिति इटहरी उपमहानगर समितिकी अध्यक्ष उर्मिला कटुवालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रशासनिक अधिकृत मीनबहादुर भट्टराई, इटहरी–२ का वडा अध्यक्ष माधब भट्टराईसहित योगप्रेमी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

समितिले सञ्चार क्षेत्रकाे दिगो योगदान र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएका पत्रकार सुप्रिया राई तथा इटहरी लेडी जेसीजकी अध्यक्ष लक्ष्मी बराललाई सम्मान गरेको हो।

zCqnQYsJJSU
प्रतिक्रिया