बेलबारीका ३६ वटा संस्थागत बिद्यालय मध्ये २ वटा मात्रै (क) श्रेणीमा

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

बेलबारी । मोरङको बेलबारी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले बेलबारीमा सञ्चालित संस्थागत बिद्यालयहरुको बर्गीकरण गरेको छ ।

 शाखाले  संस्थागत बिद्यालयहरुमा गरेको मुल्यांकन अनुसार ८९.७६  प्रतिशत अंक प्राप्त गर्दै बेलबारी ११ लक्ष्मीमार्गको माउण्ट एभरेष्ट ई.स्कुल  र ८४ अंक प्राप्त गर्दै बेलबारी ३ को गुरुकुल पाठशाला (क)  श्रेणीमा सुचिकृत भएका हुन । 

बेलबारी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुपेन्द्र कोईरालाका अनुसार बेलबारीमा रहेका ३६ वटा बिद्यालयहरु मध्ये २ वटा (क) मा ५ वटा (ख) मा १५ वटा   (ग) मा  र १४ वटा (घ)  श्रेणीमा परेका छन । कुल २१० पुर्णाङकमा ८० प्रतिशत बढी अंक प्राप्त गर्नेलाई (क) ६० प्रतिशत भन्दा बढी ल्याउनेलाई (ख) ४० प्रतिशत भन्दा बढी ल्याउनलेलाई (ग) र ४० भन्दा कम अंक प्राप्त गर्नेलाई (घ) श्रेणीमा राखिएको कोईरालाले बताए । 

वर्गीकरणका लागि शाखाले हरेक बिद्यालयलाई स्वमुल्यांकन फारम भराएको थियो । त्यसपछि प्रमाणका आधारमा शिक्षा शाखा,प्यावसन र एनप्याबसवनका प्रतिनिधि सहितको टोलीले मुल्यांकन गरेको थियो । मुल्यांकनका लागि ५६ वटा मुल सूचक र ३ वटा श्रेणी तय गरि बर्गीकरण गरिएको कोईरालाले बताए । 

के आधारमा गरियो मुल्यांकन ?

संस्थागत बिद्यालयहरुले ग्रेडिङ नभई शुल्क प्रस्ताव गर्न नपाउने नियमका कारण संस्थागत बिद्यालयहरुको मापदण्ड निर्माण गरी गे्रडिङ गरिएको हो । जसमा बिद्यालयको भौतिक तथा शैक्षिक सुबिधा,फर्निचरको ब्यबस्था, शौचालयको उपलब्धता, पुस्तकालय, शुद्ध पिउनेपानीको ब्यबस्था, कक्षाकोठाको सजावट, खेलमैदानको अबस्था, शिक्षक र कक्षाको अनुपात, प्राथमिक उपचार, छात्रबृति, बिज्ञान प्रयोगशाला, कम्प्युटर शिक्षा, सभाकक्षको प्रयोग र ब्यबस्थापन, सेवा कक्षको ब्यबस्था, अतिरिक्त क्रियाकलाप कक्ष, बिद्यालय ब्यबस्थापन  समिति, शिक्षक अभिभावक संघ गठन, बैठक, पारदर्शिता र उत्तरदायित्व, बिद्यालय हाताभित्र घेराबारा, सवारी साधनको ब्यबस्था, अध्ययायन, भ्रमण, लैगिक बिभेद तथा सामयिक शिक्षा,बालमैत्री बाताबरण,द्धन्दरहित शिक्षाको ब्यबस्था,अभिभावकहरुको संलग्नता, बिद्यालयका प्रकाशन, शैक्षिक उपलब्धिको स्तर लगायतको मुल्यांकन गरिएको थियो ।

यसैगरी महिला शिक्षकको अनुपात,परिक्षा प्रणाली, शिक्षण सिकाई पद्धति, बिद्यालयको नाममा जग्गा, उर्तिण प्रतिशत, शैक्षिक उपलब्धि, छात्राबास तथा चमेनागृहको ब्यबस्था, बिद्यालय शिक्षक नियुक्तिमा समावेशिता, शिक्षक तालिम, समय परिपालन, कक्षागत रुपमा सेतो पाटीको ब्यबस्थापन, बालमैत्री कक्षा, अभिभावकहरुको परामर्श अभिमुखीकरण, शैक्षिक सामाग्रीको ब्यबस्था लगायत बिभिन्न सुचकहरुको आधारमा बिद्यालयको श्रेणी छुटयाईएको कोईरालाले बताए ।


खगेन्द्र कार्की
प्रतिक्रिया