इटहरीमा ‘एथर रिज्टा एस’ विद्युतीय स्कुटर सार्वजनिक, एक वर्ष निःशुल्क चार्जिङ र विशेष छुटको व्यवस्था

सुप्रिया राई

इटहरी। इटहरीमा ‘एथर रिज्टा एस’ नामक नयाँ विद्युतीय स्कुटर औपचारिक रूपमा सार्वजनिक गरिएको छ। इटहरीको पश्चिम लाइनस्थित सोरुममा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त स्कुटरबारे जानकारी गराइएको हो।

उक्त स्कुटरमा २.७ किलोवाट-घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एक पटकको चार्जमा १२३ किलोमिटर दूरी तय गर्न सक्ने क्षमता राख्छ। स्कुटरले ४.३ किलोवाट अधिकतम शक्ति उत्पादन गर्ने र अधिकतम गति प्रतिघण्टा ८० किलोमिटरसम्म पुग्ने जनाइएको छ। साथै, ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति ४.७ सेकेन्डमै हासिल गर्न सक्ने र २२ न्युटन मिटर टर्क प्रदान गर्ने जानकारी इन्चार्ज निश्चल खड्काले दिएका हुन।

खड्काका अनुसार एथरका आफ्नै डिजाइनमा तयार गरिएका ब्याट्री प्याकहरू विभिन्न सवारी अवस्थाहरूमा एक दशकभन्दा बढी समयसम्म परीक्षण गरिएको छ। स्कुटरमा ३ वर्ष वा ३०,००० किलोमिटरसम्मको वारेन्टी उपलब्ध रहेको र आवश्यकता अनुसार ५ वर्ष वा ६०,००० किलोमिटरसम्म विस्तार गर्न सकिने व्यवस्था समेत रहेको छ।

स्कुटरको मूल्य २ लाख ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ। साथै, एक वर्षसम्म निःशुल्क चार्जिङ सुविधा प्रदान गरिने र सीमित समयका लागि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

सुप्रिया राई
प्रतिक्रिया