इटहरी । मुसुक्क हास्दै नजर झुकाई समीप आयाै लुटेर मलाई,बसेर दिलमा बनेर धड्कन हदै सतायाै लुटेर मलाई जस्ता दर्जनाै गजल गाएर लालकाजी श्रेष्ठले दर्सकलाई मनाेरञ्जन गराएका छन् । बिराटचाेककाे उधाेगबाणिज्य संघकाे सभाहलमा रेजा पुस्तककाे विमर्श सगै गजलकार लालकाजी श्रेष्ठले दर्जनाै गजल गाउनका साथै गजलकार युबराज ठकुरी,सिन्धु निराैलाले एक थाेपा जति मात्रै पाएकी छु,गुमाउने डर समुन्द्र जति के गर्नु लगायतका गजलहरु सुनाएर उपस्थित दर्सकहरुलाई भरपुर मनाेरञ्जन गराएका थिए । भानु साझा पुस्तकालय सुन्दरहरैचाकाे अध्यक्ष पुरन याक्खाकाे सभापतित्वमा भएकाे कार्यक्रममा रेजा पुस्तककाे बिषयमा पत्रकार बिबेक बिबस रेग्मीले सहजीकरण गरेका थिए भने डा.अस्मिता बिष्ट र रेजा उपन्यासका लेखक गणेसबाबु अधिकारीले रेजाकाे बिषयमा स्पष्ट पारेका थिए । राइडर्स महफिल बिराटचाेककाे आयाेजनामा भएकाे उक्त कार्यक्रममा कवि,साहित्यकार,कलाकार छवि बैरागी घिमिरे लगायत विभिन्न ठाउबाट आएका कलाकार,साहित्यकारहरुकाे उपस्थिति रहेकाे थियाे ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो