इटहरी । माघ १ गते हुन गइरहेकाे दशाै राष्ट्रिय याेग दिवसको अवसरमा इटहरीमा सप्ताहब्यापी कार्यक्रमहरु भइरहेको छ ।
पयाेस इटहरी उपमहानगर समीतीकाे आयाेजनामा भएको सप्ताहब्यापी कार्यक्रम अन्तरगत पहिलो दिन सशस्त्र प्रहरी वल नेपाल १ नम्बर बराह बाहिनी मुख्यलय सुनसरीमा याेग बिज्ञान १ दिने शिबिर सञ्चालन गरि याेग ध्यान गरीएकाे छ । शिबिरमा प्रमुख प्रशिक्षक मिस्टर प्रसाद चाैधरी द्वारा याेग ध्यान गराइएकाे हाे ।
एसपी हरिनारायण श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे १ दिने शिबिरमा,प्रहरी बलका उच्च कर्मचारीहरु लगायत याेग प्रेमी याेग गुरुहरुकाे सहभागीता रहेकाे थियाे ।
त्यसै गरि सप्ताहब्यापी कार्यक्रम अन्तरगत दाेस्राे दिन इटहरीमा रहेकाे निसाहाय बालबालिका केन्द्रमा फलफूल,बिस्कुट,चालम बितरण गरिएको छ ,पतञ्जली याेग इटहरी उपमहानगर समीतीकाे अध्यक्ष उर्मिला कटुवालको सभापतित्वमा भएकाे कार्यक्रममा सारदा लम्साल,यादब प्रसाद सिक्देल,बल बहादुर कटुवाल,लक्ष्मी सुतिहार,बिमला पाेखरेल,बिमला कार्की,बिमला थापा,चन्दा गुरुङ ,मनिका तिम्सिना,गिता सुवेदी,दुर्गा पाैडेलकाे सहभागीता रहेकाे थियाे ।
सुप्रिया राई
२८ पुस २०८१, अाईतबार ०१:०१ मा प्रकाशित