शुक्रबार राति कोशी कटानमा परेका कोशी टप्पु चिलिया टोलका तीन परिवार सुरक्षित स्थानमा स्थानान्तरण, रेडक्रसको सहयोगमा आवश्यक खाद्यान्न तथा लत्ता कपडा वितरण

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाले केही दिन अघिको अविरल वर्षाबाट सप्तकोशी नदीको कटानबाट प्रभावित बनेका परिवारलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्थापन मिलाएको छ । 

शुक्रबार राति सप्तकोशी नदीको कटानमा परेका बराहक्षेत्र ९ श्रीलंका टप्पु क्षेत्रको चिलिया टोलका ३ परिवारलाई आइतबार नगरपालिकालको सुरक्षित बासस्थानको व्यवस्थापन गरेको हो । चिलिया टोलका बिश्बनाथ उराँउ, अजमलाल उराँउ र कलदेबि उराँउलाई नगरप्रमुख रमेश कार्की नेतृत्वमा सुरक्षित बासस्थानसहित आवश्यक खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराएको छ । उनीहरुलाई कटान भएको रातमै सुरक्षित स्थानमा सारिएको नगरप्रमुख कार्की बताउँछन् । 

नेपाल रेडक्रश सोसाईटिको सहयोगको प्राप्त लता कपडाको सेट र अती आबश्यक खाद्यन चामल, दाल, नुन लगाएको सामाग्री नगर प्रमुख कार्की, उप–प्रमुख नन्दकुमारी सुनुवार र नेपाल रेडक्रश सोसाईटिका प्रतिनिधि बेदनाथ घिमिरेले संयुक्त रुपमा हस्तातरण गरेका छन् । 

खगेन्द्र कार्की
प्रतिक्रिया