केन्द्रीय सरकारसँग योजना माग्दै बराहक्षेत्र नगरपालिका नगरप्रमुख रमेश कार्की

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख बराहक्षेत्रको बृहत्तर विकासका लागि विभिन्न योजनामा माग गर्न केन्द्रीय सरकारको ध्यानाकर्षणमा व्यस्त छन् । निर्माणाधिन योजनालाई पूर्णता दिन र थप नयाँ योजनालगायत अव्यवस्थित बसोबास, भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने प्रकृयालाई अगाडि बढाउने योजनासहित उनी सुनसरी क्षेत्र नम्बर ४ का सांसद पूर्व मन्त्री माननीय ज्ञानेन्द्र्र बहादुर कार्कीको ध्यानाकर्षण गराउन गएका हुन् ।

यसैगरी नगरप्रमुख कार्कीले कोशी पुलमा झोलुङ्गे पुलसहित नगरपालिकालागि स्माट सिटिको रुपमा बिकाश र जंगली जनावारबाट भौग्दै आएका समस्याको समधानकालागि पुर्व मन्त्री  कार्कीको ध्यानाकर्षण गराएका छन् ।  

नगरप्रमुख कार्कीले निर्माणाधिन वाङ्गे–नडाहा हुँदै धरान जोड्ने सडकको कामलाई तिब्रता, कोशी पुलदेखि वराहक्षेत्र पुग्ने सडकको स्तरउन्नती, चतरादेखि सुर्यकुण्ड पुग्ने सडकको स्तरोन्नतिका लागि संघिय सरकारको ध्यानाआक्रषणका माननीय पूर्व मन्त्री कार्कीलाई आग्रह गरेका छन् । 

त्यस्तै नगरप्रमुख कार्कीले वराहक्षेत्र –८ सैनिक धनकुटे लाईन हुँदै शुक्रबारेसम्मको १५ सय मिटर सडक कालोपत्रे, वडा नं ८ र ९ को सिमानामा रहेको राजाबासदेखि शिकारिथानसम्मको १७ सय मिटर सडक कापोपत्रे , वडा नं ६ र ७ को सिमाना शिबलय चौकदेखि सेरेचौक सम्मको १२ सय मिटर बाटो कालोपत्रे योजनामा बजेट व्यवस्थापनका लागि पहलका संघीय सरकारको ध्यानाकर्षणसहित आग्रह गरेका छन् । 


खगेन्द्र कार्की
प्रतिक्रिया