मेष – विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुने दिन छ । तर आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ । पराक्रम बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
वृष – आजको दिन स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउन सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । नचिताएको ठाउँमा धननाश हु सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने भए पनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । तथापि, पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागको भाव वृद्धि होला ।
मिथुन – नयाँ काममा हात हाल्ने समय आएको छ । तर, काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । कुनै पनि समस्याको समाधान प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैको मन जित्न सकिएला । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । लगानीका साथै दायित्व वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्ने, खेलकुद एवम् भ्रमणकार्यमा मन जानेछ । मिठो भोजन प्राप्त होला । पारिवारिक सुख मिल्ने दिन छ ।
सिंह – सेवामूलक कामबाट धनलाभ हुने दिन छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्ने भएकोले विशेष सचेतनाको दरकार पर्ला । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । व्यापारमा फाइदा हुनेछ । पारिवारिक सुख बढ्नेछ ।
कन्या – कर्मबल बढ्नेछ । लाभको काम प्रारम्भ हुने समय छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । पारिवारिक सुख शान्ति र पराक्रम बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । यसका बाबजुद आयआर्जन राम्रै हुनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । तथापि आज अप्रिय समाचारले निराश तुल्याउन सक्ने योग पनि छ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – दिगो आम्दानी हुने काम सुरु गर्ने समय छ । बौद्धिक प्रतिस्पर्धामा प्रतिष्पर्धीलाई उछिन्न सकिनेछ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिएला । धेरैलाई लाभ हुने कार्य गर्नेमौका मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । आरोग्यता वृद्धि हुनेछ । दाम्पत्यसुख बढ्नेछ । योजना र बजेट बनाइ कार्य बेस होला । शत्रुपक्ष परास्त हुनेछन् ।
धनु – मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नु हितकर हुनेछ । अरूको भर पर्दा धोका हुन सक्छ । मान्यजनसँग असमझदारी बढ्नसक्ने योग छ । आरोग्यताका साथै गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – हठ गर्ने बानीले समस्या निम्त्याउन सक्ने भएकोले आजको दिन बोली र व्यवहारमा लचकता अपनाउनु हितकर होला । अरूको सुझावमा धेरै भर नपर्नुहोला । कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । आयआर्जन भने बढ्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । दायित्व पूरा गर्नु हुनेछ ।
कुम्भ – सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । यात्रामा सफलता प्राप्त होला ।
मीन – कामबाट फुर्सदिलो भइनेछ भने कतै अतिथिका रूपमा सत्कार मिल्ने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ला । कुनै काम रोकिएको छ भने आज गरिएको प्रयत्न सार्थक हुन सक्छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । सामर्थ्य र साहस बढ्नेछ । आफन्तको साथ कमै मिल्ला । सुख आनन्द बढ्ने र मिठो भोजन प्राप्त हुने समय छ । साझेदारीको काम बन्नेछ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो