इटहरी । संघीय संसदको नियमित बैठकमा विपक्षीका सांसद्हरुले भ्रष्टाचारको कुरा उठाउने बित्तिकै सभामुखबाट माइकको लाइन काटियो । सार्वजनिक महत्वका भ्रष्टाचारका विषय सांसद्हरुले उठाउन थालेपछि सभामुखले माइक काटेपछि संघीय संसदको मंगलबारको बैठक नै अवरुद्ध मात्र मात्र बनेन सभामुखको भूमिका आशंका उब्जिएको छ।
बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् हरि ढकालले सडक दुर्घटनाको कारण भ्रष्टाचार भएको र विद्यूत महसुलको सन्दर्भ उठाएर प्रसंग कोट्याउने वित्तिकै सभामुख देवराज घिमिरेले उनको माइकको लाइन काटिदिए। त्यसपछि प्रतिपक्षी दल र सभामुखबीचको विवाद निकैबेर लम्बियो । रास्वपाका सांसद हरि ढकाल पछि रवि लामिछानेको पालो रहेको तर लामिछानेले हरि ढकाललाई बोल्न दिनुपर्ने माग राखे । रास्वपा सांसद्ले उठेर विरोध गरेपछि समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद लिङ्देलन पनि उभिए । त्यसबेला सांसद लिङ्देनले ‘सांसदहरुलाई बोल्न दिनु पर्छ, कुनै प्रतिबन्ध लगाउन पाईंदैन भन्ने जवाफ फर्काएका थिए ।
सांसदले विशेष समयमा बोल्दाबोल्दै माइक काटिएपछि प्रतिनिधि सभामा सभामुख र विपक्षी सांसदहरुबीच झण्डै आधा घण्टा वादविवाद भएको थियो । मंगलबारको बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना लामा, रास्वपाकी सांसद सोबिता गौतम र जनता समाजवादी पार्टीका वीरेन्द्र महतोले बोलेपछि रास्वपाकै सांसद ढकालले बोल्ने समय पाएका थिए ।
उनले सडकको अवस्था हेर्दा प्राकृतिक प्रकोपका कारणले मात्रै नभई भ्रष्टाचारको प्रकोपले भत्किएको बताए । त्यसपछि उनले भ्रष्टाचारको विषय सधैं आकस्मिक हुने भन्दै यो विषय उठाउन आफूलाई नरोक्न सभामुखलाई आग्रह गरे । ‘भ्रष्टाचारसँग सम्बन्धित मुद्दा आधा रातमा पनि आकस्मिक हुन्छ’ सांसद ढकालले भने । यसबीचमा सभामुख घिमिरेले सांसद ढकाललाई आकस्मिक समयमा सार्वजनिक यातायातको विषय उठाउन समय मागेको भन्दै विषयमा केन्द्रित हुन सुझाव दिए । सांसद ढकालले भने– विद्युत महशुलको बक्यौताको विषय उठाउन खोजे । ‘नेपाल विद्युत प्राधिकरणमा म जान चाहेँ । मिटर जडान गरेर महशुल असुल गर्ने ठाउँमा ‘’ढकालले वाक्य नटुंग्याउन नपाउँदै सभामुख घिमिरेले रोके पछि सभामुख र प्रतिपक्षी सांसदबीच जुहारी चलेको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो