मंसिरमा विशेष महाधिवेशन गर्न प्रचण्डको प्रस्ताव

दयाराम कटेल

काठमाडौं ।  माओवादी केन्द्रमा विशेष महाधिवेशन गर्नुपर्ने माग उठिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिरसम्ममा गर्ने प्रस्ताव गरेका छन् । 

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको पदाधिकारी बैठकमा प्रचण्डले आगामी मङ्सिरमा पार्टीको विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेको पार्टी सचिव देवेन्द्र पौडेलले बताएका छन् । 

प्रचण्डको प्रस्तावमा केन्द्रदेखि तल्लो स्तरसम्मको सबै समितिहरू भङ्ग गर्ने समेत भनिएको छ ।  प्रचण्डले बैठकमा जेनजी आन्दोलन र यसले उठाएका प्रश्नहरूको विषयमा पनि कुरा गरेका थिए । 

माओवादी केन्द्रमा विशेष महाधिवेशनको माग गर्दै पार्टी उपमहासचिव जनार्दन शर्मा ,सचिव राम कार्की लगायतले चर्को आवाज उठाइरहेका थिए।


दयाराम कटेल
प्रतिक्रिया