उर्लाबारी । मोरङको उर्लाबारी–९ स्थित बलराम तथा लक्ष्मीदेवी गड्तौला प्रतिष्ठानले ७६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । मंगलबार दुर्गाबास टोल, टिमटिमेमा एक कार्यक्रमको आयोजना गरी स्वर्गीय बलराम गड्तौलाका दौतरी तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ज्येष्ठहरुलाई सम्मान गर्नुभयो । स्थानीय सामाजिक व्यक्तित्व स्वर्गीय बलराम गड्तौलाको एक सय औं जन्मजयन्तीको अवसर पारेर ७५ वर्षदेखि १०२ वर्षसम्मका उहाँका दौतरी तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले ज्येष्ठ नागरिकहरूको योगदानलाई उच्च सम्मान गर्दै उहाँहरुको अनुभव र ज्ञानलाई अहिलेका पुस्ताले ग्रहण गर्नुपर्ने बताए । उनले ज्येष्ठ नागरिकहरूले समाजलाई धेरै कुरा सिकाएको बताउँदै उहाँहरूको अनुभव भावी पुस्ताका लागि अनुकरणीय रहेको बताए । हामीले ज्येष्ठहरुको कदर गर्न र उनीहरूको जीवनलाई अझ राम्रो बनाउन प्रयास गर्नु आवश्यक रहेको बताए । प्रदेश सांसद शोभा चेम्जोङ पालुङ्वाले ज्येष्ठ नागरिकहरु अनुभवका खानी रहेको बताए । उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलले हाम्रो समाजका ज्येष्ठ नागरिकहरूले जीवनको हरेक पाटोमा योगदान पु¥याएको बताउँदै उहाँहरूको अनुभव र ज्ञानको मूल्य केवल शब्दमा मात्र व्यक्त गर्न नसकिने धारणा राखिन् । आजको कार्यक्रमले समाजमा ज्येष्ठ नागरिकहरूको महत्वलाई उजागर गर्न ठूलो भूमिका खेल्ने उनको भनाई थियो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गोपालकृष्ण गड्तौलाले प्रतिष्ठानका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो भने समाजसेवी जयधर्म आचार्यले पनि आफ्ना विचारहरु राख्नुभएको थियो । कार्यक्रममा प्रदेश सांसदहरु गणेश उप्रेती, मालती सुब्बा, उमाकान्त गौतम, विद्या चाम्लिङलगायतको आतिथ्यता रहेको थियो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो