आजको पाठकको पुर्पुरो : वि.सं. २०८० ज्येष्ठ १२ गते (तद्अनुसार सन् २०२३ मे २६ तारिख) शुक्रबार ज्येष्ठ शुक्ल पक्षको सप्तमी तिथि

खगेन्द्र कार्की

मेष – आजको दिन त्यति शुभदायी देखिँदैन । कुनै नयाँ काम शुरु गर्दैहुनुहुन्छ भने तत्कालका लागि स्थगन गर्नु हितकर होला । कामकाजमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा हुने योग छ । सामाजिक काममा भने नाम रहनेछ । स्वास्थ्य सवल रहला । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

वृष – प्रेम र मित्रताको बन्धन कसिने दिन छ । वैवाहिक जीवन सुखी होला । विभिन्न सहयोग र उपहार पाइनेछ भने सुखद यात्राको योग रहेको छ । आँटेको काम बन्नाले मन रमाउने छ । बुद्धि–विवेकको सही उपयोग हुने देखिन्छ । साथीभाइको साथ प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – परोपकारकारका क्षेत्रमा मन आकर्षित हुने समय छ । मित्रजनसँग भेटघाट होला, मिष्ठान्न भोजनको अवसर मिल्ला । नसोचेको काम बन्ने योग छ । व्यापार व्यवसायबाट राम्रै आम्दानी हुन सक्छ । धनबल वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आजको दिन खर्चका साथै विवाद बढ्ने तथा शत्रुले सताउने योग रहेकोले सतर्कता अपनाएर व्यवहार गर्नु हितकर हुनेछ । अनावश्यक धन नाश हुनसक्छ । अनावश्यक झमेलाबाट बच्ने प्रयास गर्नुहोला । स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुहोला । खेलकुद, भ्रमण जस्ता कार्यमा मन लगाउनु कल्याणकारी हुनेछ ।

सिंह – दिन शुभदायी छ । तपाईंको प्रतिभाको कदर होला । प्रयत्न गरेका काममा सफलता मिल्नेछ भने मित्रजनको साथ प्राप्त होला । ठुला ब्यक्तिसँग पनि भेटघाटको योग छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । सुख आनन्द बढ्ला । मित्रजनको साथ मिल्नेछ ।

कन्या – धनलाभ हुने, रमाइलो यात्रा गरिने र नयाँ मित्र फेलापर्ने योग रहेको दिन छ । पुराना कामहरु बन्ने तथा चाहेअनुसार काममा सफलता मिल्नाले थप काम गर्ने हौसला बढ्ला । आयआर्जन बढ्ला । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता र आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – धन कमाउने अवसर प्राप्त हुने योग छ । कृषिको कामबाट विशेष लाभ होला । तर नयाँ काम शुरु गर्दै हुनुहुन्छ भने आज थाती राख्नु उचित हुनेछ । लेनदेको काम पनि नगरेकै बेश होला । पाहुना आगमनको सम्भावना छ । रमाइलो यात्रा हुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला ।

वृश्चिक – स्वास्थ्यमा गडबडी र व्यर्थको खर्च हुने योग रहेकोले आवश्यक सावधानी अपनाउनुहोला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा गर्न कठिन पर्ला । मित्रता तथा प्रेममा पनि धोका हुने योग छ, धैर्यतापूर्ण व्यवहारले समस्या समाधानको बाटो खुल्नेछ । योजना र बजेट बनाइ कार्य गर्नुहोला ।

धनु – सहयोगको आशा देखाउनेहरूले आज धोका दिन सक्छन्, सचेत रहनुहोस् । स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु उचित हुनेछ । सोचेको काम समयमै सम्पन्न नहोला । उन्नति गर्ने अवसर प्राप्त हुने योग पनि छ । रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – धन आर्जनका नयाँ बाटा खुल्ने समय छ । खर्च भन्दा कमाई नै बढी हुनेछ । आज परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । प्रियजनसँगको भेटघाटले मनमा उल्लास छाउनेछ । परिवारिक सुख बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । कामहरु सजिलै बन्नेछन् । रसरागमा मन जाला । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा जांगर थपिने देखिन्छ । नयाँ आयस्रोत बर्द्धक काममा सफलता पाउनुसंगै सन्तानको सुख मिल्नेछ । रोकिएको काम बन्नेछ ।

मीन – आजको दिन शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता प्राप्त गर्न बहुत मिहेनत पर्ला । वादविवादको सामना गर्नुपर्ने योग छ, सावधान रहनुहोला । घरपरिवारमा केही मनमुटाव हुन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन्, धैर्य राख्नु हितकर हुनेछ । वार्ताबाट गरिने काममा सफलता मिल्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया