सुनसरी ।। माइती नेपाल परामर्स तथा पुर्रस्थापना गृह इटहरीले एक कार्यक्रममको आयोजना गरी सीलाई कटाई तालीम प्राप्त पाँच जना महिलाहरुलाई सिलाई मेसीन प्रदान गरेको छ ।
घरेलु हिंसा, महिला हिंसा, वोर्डरमा रोकिएका, जवरजस्ती करणी लगायत हिंसामा परेका झापा, सुनसरी, इलाम, ताप्लेजुङ, शंखुवासभा, डोटी, रुकुमका सोर्ह जना महिलाहरुलाई व्युटिपार्लर र सिलाई कटाई तालिम प्रदानगरी पाँच जनालाई सिलाई मेसीन र अन्यलाई प्रमाणपत्र प्रदान गरीएको हो ।
माइती नेपालले मानव वेचविखनमा परेका र जोखीम अवस्थाको महिलाहरुलाई स्थापना कालदेखी नै छोटो अवधीको लागी संरक्षण साथै विभिन्न आयआर्जनका लागी शिप मुलक तालिमहरु, मानव वेचविखन विरुद्ध सचेतना मुलक कार्यक्रहरु, कानुनी सहयोग गर्दै आएको माइती नेपाल सुनसरीको कार्यक्रम संयोजक सुनीता कार्कीले जानकारी गराईन ।
इटहरी उपमहानगरपालीको मेयर हेमकर्ण पौडेलको प्रमुख आतित्थ्यतामा भएको उक्त कार्यक्रममा माइती नेपाल कोशी प्रदेशका कार्यक्रम अधिकृत गोवीन्द घिमीरे, नागरीक समाज इटहरीको अध्यक्ष वालीका खड्का, आमा वचत तरहराको अध्यक्ष कमला खड्का, आम्दा नेपाल इटहरीको प्रमुख रोहीत उराउ लगायतको उपस्थीती रहेको थियो ।
दयाराम कटेल
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो