रु १८ खर्ब ९० अर्बको बजेट आज संसद्मा प्रस्तुत हुँदै, सुशासन र परिणाममुखी योजनामा जोड

खगेन्द्र कार्की

रु १८ खर्ब ९० अर्ब बराबरको बजेट सिलिङसहित आगामी आर्थिक वर्षको बजेट आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

काठमाडौंस्थित सिंहदरबार मा अपराह्न ४ बजे हुने बैठकमा आगामी आवको बजेट सार्वजनिक गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ। यस वर्षको बजेट राष्ट्रिय योजना आयोगले तय गरेको सिलिङअनुसार रु १८ खर्ब ९० अर्बको हुनेछ, जुन चालु आवको रु १९ खर्ब ६४ अर्बभन्दा केही कम हो।

गत भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत चालु बजेटलाई घटाएर रु १६ खर्ब ८८ अर्ब कायम गरेका थिए। सो आधारमा यसपटकको बजेटलाई अझ व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखिएको छ।

सरकारले आगामी बजेटलाई निर्वाचनका क्रममा प्रस्तुत गरिएको वाचापत्र, शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना र संसद्मा उठेका सुझावहरूलाई केन्द्रमा राखेर तयार पारेको बताइएको छ।

निर्वाचनमा झण्डै दुई तिहाइ जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारबाट प्रस्तुत हुने यो पहिलो पूर्ण बजेट हो, जसलाई सुशासन र कार्यान्वयनमुखी नीतिमा केन्द्रित गर्ने संकेत गरिएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया