सुनाैलाे बालकेन्द्रका ३० जना बालबालिकालाई राेटरी क्लब अफ इटहरी युगल द्वारा ट्रयाकसुट बितरण

सुप्रिया राई

इटहरी । सुनाैलाे बालकेन्द्र इटहरीका ३० जना बालबालिकालाई राेटरी क्लब अफ इटहरी युगल द्वारा स्कुल पाेसाक बितरण गरेकाे छ ।

विभिन्न आपत बिपतकाे समयमा हाेस अथबा दुख पिडामा परेका बिपन्न बर्गका समुदायमा आर्थिक भाैतिक सहयोग गर्दै आएकाे राेटरी क्लब अफ इटहरी युगल द्वारा सुनाैलाे बाल केन्द्रमा यश अघि पनि आवश्यकता अनुसार सहयाेग गर्दै आएकाे थियाे ।

बालबालिकाहरुकाे भबिष्य नै देसकाे भबिष्य हाे त्यसैले यी बालबालिकाहरुकाे लागि केही सहयाेग गर्न पाउँदा आनन्द मिलेकाे राेटरी क्लब अफ इटहरी युगलकाे अध्यक्ष श्रद्धा बिष्टले बताइन ।

निस्वार्थ भाबनाले बच्चाहरुकाे आवस्यकतालाई मध्यनजर गरेर राेटरी क्लब अफ इटहरी युगलकाे टिम आएर जाडाेमा लगाउने ट्रयाक सुट,जुत्ता,माेजा,टाेपी बितरण गरेका छाै साथै यश स्कुलमा खेल मैदानकाे आबस्यकता रहेकाेले अब चाडै त्याे पनि पूरा गरिदिने तयारीमा रहेकाे पनि अध्यक्ष बिष्टले बताइन ।


बिपन्न बर्गका बालबालिकाहरु शिक्षा बाट बन्चित नहुन भनेर टाेलका हरेक घर बाट आर्थिक संकलन गरि यश बालकेन्द्रकाे भवनकाे निर्माण गरिएको सुनाेलाे टाेलबिकासका अध्यक्ष तथा बालकेन्द्रका संम्रक्षक सुजन श्रेष्ठले जानकारी गराए ।


सुप्रिया राई
प्रतिक्रिया