हराइरहेका भनिएका हायु परिवार रोग, शोक र भोकले थाकथलो छोड्न बाध्य भएको खुलासा, पोखरामा भेटिए

खगेन्द्र कार्की

इटहरी । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको हायू परिवारका १६ जना हराएको खबरले स्तब्ध तुल्यायो । तीन दिनसम्म गोठमा गाईवस्तुलाई घाँस हाल्न नआएपछि स्थानीय थाहा पाएपछि उक्त विषय बाहिरिएको थियो । देश तथा विदेशमा सनसनी फैलिएको उक्त समाचार सबैलाई दुःखित तुल्यायो । खोजी कार्यमा सुरक्षा निकायसहितको तदारुकताले उनीहरु सकुशल फेला त परे परे तर उनीहरुले जुन पीडा, जुन दुःख र वेदनाका साथ घर छोडेका थिए त्यसले झन पीडाबोध गरायो । उनीहरु आफ्नो थाकथलो त्यतिकै छोडेका थिएनन । उनी पहिलो कुरा रोगले, परिवारका बच्चाको उपचार गर्न नसकेर हिंडेका थिए दोस्रो गरिबी चरम थियो । उनीहरुसँग दैनिकी चलाउने आधार थिएन । यो कुरा उनीहरुले खुलाएका छन् । उनीहरु कास्कीको गगनगौंडामा फेला परेका छन् ।सम्पर्कविहीन भएको भनिएका उक्त परिवार स्थानीयको घरमा आश्रय लिएर बसेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार उनीहरूलाई गगनगौंडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा आश्रय लिइरहेको अवस्थामा फेला पारिएको हो ।
ुप्रारम्भिक रुपमा कुराकानी गर्दा २० हजार रुपैयाँमा गाडी भाडामा लिएर सपरिवार उनीहरू पोखरा आएका रहेछन् । शनिबार लेकसाइडमा रहेको होटल जननीमा बसेर आइतबार निस्किएको देखिन्छ,ु उनले भने, ु१६ जना हराइरहेको समाचार सोमबार प्रकाशन र प्रसारण भएपछि होटल सञ्चालक सुनिल भुर्तेलले हामीलाई जानकारी गराए । त्यसपछि सीसीटीभीको आधारमा उनीहरूको लोकेसन पत्ता लाग्यो ।ु
एसपी ओलियाका अनुसार हायू परिवारका सदस्यले सोमनाथ र चन्द्रको घरमा डेरा लिएर बसेका हुन् । उनीहरुले पोखरामा ज्यामी काम गर्नका लागि आएको बताउँदै डेरा लिएका थिए । ुउनीहरू दुई घरको डेरामा बाँडिएर बसेको देखिएको छ,ु एसपी ओलियाले भने, ुथप सोधपुछका लागि डाँडाको नाक प्रहरी चौकीमा ल्याउँदै छन् । त्यसपछि परिवारको सदस्यको जिम्मा लगाउँछौं ।ु
परिवारले एक जना ज्वाईं पोखराकै स्थानीय रहेको उनीहरुले जानकारी दिएका छन् । एक जना छोरी भने काठमाडौंमै रहेको सिन्धुली प्रहरीले जनाएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी दिनेश आचार्यले पनि उनीहरु गगनगौंडामा फेला पारेको र थप अनुसन्धान हुँदै गरेको बताए ।
परिवारकै १६ जना ४ दिनदेखि सम्पर्कविहीन भएको खबर सोमबार दिनभर नै चर्चामा रहेको थियो । एकलासमा रहेको घरमा सोमबार प्रहरीसहितको टोली पुग्दासमेत कोही नभेटिएपछि सम्पर्कविहीन भएको भन्दै उनीहरुको खोजी व्यापक बनाइएको थियो ।

खगेन्द्र कार्की
प्रतिक्रिया