विराटनगर । विभिन्न विवाद र काण्डको
छायामा रहेको
नेपाली कांग्रेसमा
पुरानो नेतृत्व
एक ठाउँमा
उभिएर पार्टीको
वर्तमान संरचना
र विशेष
महाधिवेशनबाट भएको नेतृत्व परिवर्तनलाई चुनौती
दिन थालेको
छ ।
संस्थापन इतर
समूहले विशेष
महाधिवेशनमार्फत नयाँ नेतृत्व अघि सारेपछि
त्यसलाई अस्वीकार
गर्ने र
पुरानो नेतृत्व
जोगाउने पक्ष
सक्रिय बनेको
हो ।
उनीहरूले विशेष
महाधिवेशन, निर्वाचन २०८२ र पछिल्लो
राजनीतिक परिवर्तनप्रति
असहमति जनाउँदै
शक्ति प्रदर्शन
गरिरहेका छन्
। यही
क्रममा सभापति
शेरबहादुर देउवाको स्वागतदेखि काठमाडौंमा आयोजित
राष्ट्रिय भेलासम्म कांग्रेसभित्रको
विवाद सडक
र सार्वजनिक
मञ्चमा पुगेको
छ ।
पार्टीभित्रको यो संघर्ष वैचारिक असहमतिभन्दा
नेतृत्व, वैधानिकता
र विगतका
विवादसँग जोडिएको
आरोपसमेत लाग्न
थालेको छ
।
तथापि जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा भएको आगजनी र त्यसक्रममा नगद तथा अन्य सामग्री जलेको घटनाले पनि राजनीतिक विवाद थप चर्काएको छ । उक्त घटनासँग जोडिएका अनुसन्धान र कानुनी प्रक्रियाबारे विभिन्न दाबी सार्वजनिक भइरहेका छन् । देउवा विदेशबाट नेपाल फर्किएपछि विमानस्थलमा भएको भव्य स्वागतले भने उनीमाथि उठिरहेका प्रश्न र राजनीतिक विवादलाई थप चर्चामा ल्याएको छ । अनुसन्धानका विषयमा भइरहेका दाबी, पक्राउसम्बन्धी प्रक्रिया र देउवालाई दिइएको राजनीतिक संरक्षणबारे वास्तविकता के हो भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।शेरबहादुर देउवा : कांग्रेस पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको नामामा पार्टीलाई कमजोर बनाइएको आरोप लगाएका छन्।उनले आज उनीपक्षीय कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। नेपालको राजनीति अवस्था संवेदनशील रहेकाले सबै सजक भएर भूमिका खेल्नुपर्ने उनले बताएका छन्।पार्टीले संयम भएर गन्तव्य पहिल्याउन सके मात्रै सही बाटो हिँड्न सकिने पनि उनले बताए।उनले विगतमा केही भएको छैन भन्ने भाष्य खडा गरिएकोमा आपत्ति जनाए। अहिले उनले भेलालाई सम्बोधन गरिरहेका छन्।
शेरबहादुर देउवा : कांग्रेस पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको नामामा पार्टीलाई कमजोर बनाइएको आरोप लगाएका छन्।
उनले आज उनीपक्षीय कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
नेपालको राजनीति अवस्था संवेदनशील रहेकाले सबै सजक भएर भूमिका खेल्नुपर्ने उनले बताएका छन्।
पार्टीले संयम भएर गन्तव्य पहिल्याउन सके मात्रै सही बाटो हिँड्न सकिने पनि उनले बताए।
उनले विगतमा केही भएको छैन भन्ने भाष्य खडा गरिएकोमा आपत्ति जनाए। अहिले उनले भेलालाई सम्बोधन गरिरहेका छन्।
शेखर कोइराला : कांग्रेस
एकढिक्का भएर
अघि बढ्नुपर्छनेपाली कांग्रेसका नेता
डा. शेखर
कोइरालाले पार्टीभित्रको वर्तमान विवाद अन्त्य
गर्दै कांग्रेसलाई
एकढिक्का बनाउनुपर्ने
बताएका छन्
। उनले
लोकतान्त्रिक विधि, न्याय र संस्थागत
प्रक्रियाबाट पार्टीका समस्या समाधान गर्नुपर्नेमा
जोड दिँदै
निरंकुशता कुनै पनि हालतमा स्वीकार्य
नहुने स्पष्ट
पारे ।कोइरालाका अनुसार पार्टीसम्बन्धी
विवादमा सर्वोच्च
अदालतको निर्णयलाई
आफूहरूले स्वीकार
गर्दै पुनरावलोकनको
बाटोसमेत रोजेका
छन् ।
अहिले सर्वोच्चबाट
निस्सा प्राप्त
भएकाले न्याय
पाउने विश्वास
बढेको उनको
भनाइ छ
। अदालतको
अन्तिम निर्णयपछि
कांग्रेसलाई पुनः एकताबद्ध गर्ने आधार
तयार हुने
उनले बताए
।उनले विगतमा पार्टी
एकताका लागि
गरिएका प्रयास
सफल हुन
नसकेको स्मरण
गर्दै अब
सबै पक्ष
जिम्मेवार बन्नुपर्ने बताए । पार्टीभित्रको
मतभेद स्थायी
विभाजनमा परिणत
हुन नदिन
संवाद र
लोकतान्त्रिक प्रक्रियालाई प्राथमिकता दिनुपर्ने उनको
धारणा छ
।कोइरालाले कांग्रेस एकढिक्का
भएपछि अन्य
दलसँग सहकार्य
गर्दै राष्ट्रियताको
पक्षमा दृढतापूर्वक
उभिनुपर्ने बताए । उनका अनुसार
कांग्रेसको आन्तरिक एकता केवल पार्टीको
संगठन जोगाउने
विषय नभई
लोकतन्त्र र राष्ट्रिय हितमा प्रभावकारी
भूमिका निर्वाह
गर्ने आधारसमेत
हो ।प्रकाशशरण महत : कांग्रेसको
आत्मा जोगाउनुपर्छनेपाली कांग्रेसका नेता
प्रकाशशरण महतले पार्टीभित्रको विवादलाई विभाजनको
दिशामा लैजान
नहुने बताएका
छन् ।
उनले कांग्रेसको
मूल मर्म,
विचार र
देशभरका नेता–कार्यकर्ताको भावनालाई
समेटेर पार्टीलाई
एकताबद्ध बनाउनुपर्ने
बताए ।महतका अनुसार कांग्रेसको
पहिचान पार्टीको
झण्डा र
चुनाव चिह्नमा
मात्र सीमित
छैन ।
कांग्रेस राष्ट्रवादी,
लोकतान्त्रिक तथा प्रजातान्त्रिक समाजवादी शक्ति
भएकाले यसको
विचार र
राजनीतिक आत्मालाई
जोगाउनु आवश्यक
रहेको उनको
भनाइ छ
।उनले १४औँ महाधिवेशनबाट
निर्वाचित सभापति शेरबहादुर देउवा वैधानिक
रूपमा पार्टी
नेतृत्वमा रहेको दाबी गर्दै उनलाई
विस्थापित गर्ने प्रयासले कांग्रेसलाई थप
कमजोर बनाउने
बताए ।
सर्वोच्च अदालतको
निर्णय पुनरावलोकनका
लागि देउवाले
दिएको निवेदनलाई
पनि गम्भीरतापूर्वक
हेर्नुपर्ने उनको भनाइ छ ।महतले नेतृत्वले पार्टीका
सबै नेता
तथा कार्यकर्ताको
कुरा सुन्नुपर्ने
बताए ।
संवाद, सहमति
र सबै
पक्षलाई समेटेर
अघि बढ्ने
वातावरण निर्माण
गर्नुपर्ने उनको जोड छ । मुलुक राष्ट्रिय
संकटको अवस्थामा
रहेकाले अहिले
राजनीतिक शक्तिहरूबीच
राष्ट्रिय एकता र सहकार्य आवश्यक
रहेको भन्दै
उनले बीपी
कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको
भावनाअनुसार कांग्रेस अघि बढ्नुपर्ने बताए
।पूर्णबहादुर खड्का : राष्ट्रियता
र संविधान
संकटमा छन्नेपाली कांग्रेसका पूर्वउपसभापति
पूर्णबहादुर खड्काले मुलुकको राष्ट्रियता र
संविधान गम्भीर
संकटमा रहेको
बताएका छन्
। यस्तो
अवस्थामा लोकतान्त्रिक
व्यवस्था र
राष्ट्रियताको रक्षा गर्न कांग्रेसभित्र पूर्ण
एकता आवश्यक
रहेको उनको
भनाइ छ
।खड्काले वर्तमान राजनीतिक
परिस्थिति अत्यन्त संवेदनशील बनेको दाबी
गर्दै लोकतन्त्रवादी
शक्तिहरूबीच ध्रुवीकरण आवश्यक रहेको बताए
। २०३३
सालमा बीपी
कोइराला राष्ट्रियतामाथि
खतरा देखेर
मेलमिलापको नीति लिएर स्वदेश फर्किएको
समयभन्दा अहिलेको
अवस्था सयौँ
गुणा चुनौतीपूर्ण
रहेको उनको
दाबी छ
।उनले पछिल्लो समय
देखिएका जातीय
तथा धार्मिक
तनाव र
विभिन्न क्षेत्रमा
उत्पन्न अस्थिरतालाई
भविष्यमा आउन
सक्ने गम्भीर
संकटको संकेतका
रूपमा लिनुपर्ने
बताए ।
अहिले देखिएका
घटना अझ
डरलाग्दो अवस्थाको
सुरुवाती संकेत
हुन सक्ने
भन्दै बेलैमा
सचेत हुन
उनले आग्रह
गरे ।खड्काले छिमेकी तथा
मित्रराष्ट्रसँगको सम्बन्धलाई राष्ट्रिय
हित केन्द्रित
र सन्तुलित
रूपमा अघि
बढाउनुपर्ने बताए । राष्ट्रियता र
संविधानको संरक्षणका लागि राजनीतिक दलबीच
सहकार्य अपरिहार्य
रहेको उनको
भनाइ छ
। उनका
अनुसार कांग्रेसभित्रको
एकता कमजोर
भए लोकतान्त्रिक
शक्तिको प्रभाव
पनि कमजोर
हुने भएकाले
अहिले पार्टी
एकताबद्ध हुनु
पहिलो आवश्यकता
हो ।प्रकाशमान सिंह : विशेष
महाधिवेशन विधिसम्मत छैननेपाली कांग्रेसका नेता
प्रकाशमान सिंहले विशेष महाधिवेशन पार्टीको
विधान र
नियमावलीअनुसार नभएको दाबी गरेका छन्
। उनले
विधान मिचेर
विशेष महाधिवेशन
गरिएको भन्दै
त्यस प्रक्रियामाथि
प्रश्न उठाउँदा
आफूहरूलाई पार्टी फुटाउन खोजेको आरोप
लगाइएकोमा असन्तुष्टि जनाए ।सिंहका अनुसार पार्टीभित्रको
विवाद समाधानको
आधार व्यक्तिगत
आग्रह वा
पूर्वाग्रह नभई विधि, विधान र
संस्थागत प्रक्रिया
हुनुपर्छ ।
कांग्रेसलाई संस्थागत रूपमा बलियो बनाउन
पार्टीका निर्णयहरू
विधानसम्मत हुनुपर्ने उनको जोड छ
।उनले आफूहरूले विशेष
महाधिवेशनको प्रक्रियामाथि प्रश्न उठाउनु पार्टी
विभाजनको प्रयास
नभएको स्पष्ट
पारे ।
बरु पार्टीको
विधान र
नियमावलीअनुसार प्रक्रिया अघि बढाउन आग्रह
गर्दा आफूहरूमाथि
नै आरोप
लगाइएको उनको
भनाइ छ
।सिंहले व्यक्तिगत स्वार्थभन्दा
माथि उठेर
पार्टीको संस्थागत
हितलाई प्राथमिकता
दिनुपर्ने बताए । विवादलाई संवाद
र विधिको
माध्यमबाट समाधान गर्दै कांग्रेसलाई एकताबद्ध
बनाउनुपर्ने उनको धारणा छ ।उनले शुक्रबारको भेलाले
कांग्रेसलाई आगामी १५औँ महाधिवेशनतर्फ अघि
बढ्ने बाटो
खोल्ने विश्वास
व्यक्त गरे
। पार्टीभित्रको
विवादलाई थप
गहिरो बनाउनेभन्दा
संस्थागत प्रक्रियाबाट
नेतृत्व चयन
र महाधिवेशन
सम्पन्न गर्नुपर्ने
उनको जोड
थियो ।कृष्णप्रसाद सिटौला : निर्वाचन
आयोगको निर्णयमै
प्रश्ननेपाली कांग्रेसका नेता
कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनबाट गगन
थापा नेतृत्वमा
बनेको कार्यसमितिलाई
आफूहरूले आधिकारिक
मान्न नसक्ने
बताएका छन्
। उनले
निर्वाचन आयोगले
उक्त कार्यसमितिलाई
आधिकारिकता दिएको निर्णयप्रति समेत गम्भीर
प्रश्न उठाए
।सिटौलाका अनुसार विशेष
महाधिवेशन नै पार्टी विधान र
प्रक्रियाविपरीत भएकाले त्यसबाट बनेको नेतृत्वलाई
स्वीकार गर्ने
अवस्था छैन
। उनले
व्यक्तिगत पूर्वाग्रहका कारण नभई विधानविपरीतको
प्रक्रियाका कारण गगन थापालाई सभापति
भन्न आफूहरू
तयार नभएको
बताए ।उनले निर्वाचन आयोगले
आधिकारिकता प्रदान गर्दा पार्टी विधान,
प्रक्रियागत अवस्था र सम्बन्धित पक्षको
दाबीबारे पर्याप्त
अध्ययन गर्नुपर्नेमा
जोड दिए
। आयोगले
हतारमा निर्णय
गरेको आरोप
लगाउँदै उनले
त्यसमा संलग्न
पदाधिकारीको भूमिकामाथिसमेत प्रश्न उठाए ।सिटौलाले सर्वोच्च अदालतबाट
निस्सा प्राप्त
भइसकेकाले विवाद अब कानुनी प्रक्रियाबाट
समाधान हुने
विश्वास व्यक्त
गरे ।
पार्टीभित्रको समस्या थप जटिल बनाउनेभन्दा
भएका गल्ती
सच्याएर कांग्रेसलाई
विधि र
विधानअनुसार अघि बढाउनुपर्ने उनको धारणा
छ ।उनका अनुसार नेतृत्व
र कार्यकर्ताले
आत्मसमीक्षा गर्दै पार्टीको संस्थागत संरचना
र लोकतान्त्रिक
प्रक्रियालाई बलियो बनाउने बाटो रोज्नुपर्छ
।विमलेन्द्र निधि : सभापति
देउवा नै
हुन्नेपाली कांग्रेसका नेता
विमलेन्द्र निधिले शेरबहादुर देउवा नै
पार्टीका वर्तमान
सभापति रहेको
दाबी गरेका
छन् ।
उनले देउवालाई
‘निवर्तमान सभापति’ नभन्न आग्रह गर्दै
उनकै अध्यक्षतामा
कांग्रेसको १५औँ महाधिवेशन हुने दाबी
गरे ।निधिले पार्टीभित्र देखिएको
विभाजन र
विवादका कारण
मूलधारबाट बाहिरिएका नेता तथा कार्यकर्तालाई
पुनः पार्टीको
आधिकारिक संरचनामा
फर्किन आह्वान
गरे ।
कांग्रेसको विधानले पार्टीबाट छुट्टिएर बनेको
कुनै समूहलाई
छुट्टै महाधिवेशन
गर्ने अधिकार
नदिएको उनको
जिकिर छ
।उनका अनुसार पार्टीको
आधिकारिक संरचनाभन्दा
बाहिर गएर
गरिएको राजनीतिक
अभ्यासलाई कांग्रेसको संस्थागत निर्णयका रूपमा
स्वीकार गर्न
सकिँदैन ।
त्यसैले असन्तुष्ट
नेता तथा
कार्यकर्ताले अलग बाटो रोज्नुभन्दा पार्टीभित्रै
फर्किएर समस्या
समाधानमा भूमिका
खेल्नुपर्ने उनको आग्रह छ ।निधिले आगामी महाधिवेशन
पनि पार्टीको
विद्यमान संरचना
र नेतृत्वको
प्रक्रियाबाटै हुनुपर्ने बताए । देउवाको
नेतृत्वलाई वैधानिक र निरन्तर नेतृत्वका
रूपमा प्रस्तुत
गर्दै उनले
पार्टीलाई थप विभाजनतर्फ लैजानुभन्दा एउटै
संरचनाभित्र समेटेर अघि बढ्नुपर्ने धारणा
राखे ।विजयकुमार गच्छादार : अहिले
देशले देउवालाई
खोजेको छनेपाली कांग्रेसका नेता
विजयकुमार गच्छादारले राष्ट्रिय भेलामा आफू
भावुक बनेर
प्रस्तुत भएको
बताएका छन्
। सधैँ
आफ्ना कुरा
स्वतःस्फूर्त रूपमा राख्ने गरे पनि
यसपटक पार्टीको
सांस्कृतिक टोलीको प्रस्तुती र वर्तमान
राजनीतिक अवस्थाले
आफूलाई भावुक
बनाएको उनको
भनाइ छ
।गच्छादारले सांस्कृतिक टोलीले
प्रस्तुत गरेको
जागरणमूलक कार्यक्रमलाई देशभर पुर्याउनुपर्ने बताए । त्यसले कांग्रेसका
नेता–कार्यकर्तामा
नयाँ ऊर्जा
र राजनीतिक
जागरण पैदा
गर्न सक्ने
उनको धारणा
छ ।उनले पार्टीभित्रको वर्तमान
विवाद र
राष्ट्रिय परिस्थितिलाई जोड्दै अहिले देशले
शेरबहादुर देउवाको नेतृत्व खोजिरहेको दाबी
गरे ।
आफ्नै भूमिकालाई
समेत गौण
बनाउँदै उनले
देशलाई अहिले
‘विजयकुमार गच्छादार होइन, शेरबहादुर देउवा’
आवश्यक रहेको
बताए ।गच्छादारको अभिव्यक्तिले कांग्रेसभित्र
देउवाको नेतृत्व
जोगाउने पक्षले
वर्तमान राजनीतिक
संकटको समाधानका
रूपमा पुरानै
नेतृत्वलाई प्रस्तुत गरिरहेको संकेत गर्छ
। उनका
अनुसार पार्टीको
संगठन र
राष्ट्रिय राजनीतिमा स्थायित्व ल्याउन देउवाको
नेतृत्व आवश्यक
छ ।रमेश लेखक : विशेष
महाधिवेशनले विवादको बीउ रोप्योनेपाली कांग्रेसका नेता
रमेश लेखकले
पार्टीभित्रको वैचारिक तथा संगठनात्मक मतभेद
अन्त्य गर्दै
कांग्रेसलाई एकताबद्ध बनाउन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका निर्णायक
हुने बताएका
छन् ।लेखकका अनुसार मुलुकको
वर्तमान राजनीतिक
परिस्थिति जटिल रहेकाले यस्तो अवस्थामा
कांग्रेस अनुशासित,
सुसंगठित र
एकताबद्ध हुन
आवश्यक छ
। लोकतन्त्र
तथा राष्ट्रिय
मुद्दामा प्रभावकारी
भूमिका निर्वाह
गर्न पार्टीभित्रको
विवाद लामो
समय कायम
राख्न नहुने
उनको धारणा
छ ।उनले वर्तमान विवादको
मुख्य कारण
विशेष महाधिवेशनको
माग र
त्यसबाट उत्पन्न
प्रक्रियालाई मानेका छन् । नियमित
महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण गर्ने स्वाभाविक
बाटो हुँदाहुँदै
बीचमै विशेष
महाधिवेशनको बाटो रोज्दा पार्टीभित्र द्वन्द्वको
बीजारोपण भएको
उनको दाबी
छ ।लेखकले पार्टीभित्रको असहमति
र नेतृत्वसम्बन्धी
विवादलाई संवाद
तथा संस्थागत
प्रक्रियाबाट समाधान गर्नुपर्ने बताए ।
कांग्रेसको आन्तरिक विवादले पार्टीको राजनीतिक
प्रभाव कमजोर
पार्न नहुने
उनको जोड
छ ।उनका अनुसार अहिलेको
चुनौती पार्टीभित्र
कसले जित्ने
भन्नेभन्दा पनि कांग्रेसलाई कसरी एकताबद्ध
र प्रभावकारी
बनाउने भन्ने
हो ।
त्यसका लागि
नेतृत्वले संवाद र सहमतिको बाटो
खोल्नुपर्ने उनको धारणा छ ।
२९ साउन २०८३, शुक्रबार ०८:०८ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो