फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । इटहरीको अब्बल शैक्षिक संस्था सुष्मा गोदावरी क्याम्पसले कक्षा १२ को पठनपाठन सकिएका विद्यार्थीहरु एक भव्य कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । कक्षा १२ को पढाइ सकिएर विद्यार्थी परिक्षाको तयारीमा रहेकाले आफनो कलेजमा अध्ययन गरेका विद्यार्थीलाई मायाको चिनो सहित कलेजले विदाई कार्यक्रम गरेको हो ।
कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई साथै उच्च शिक्षा अध्ययनका लागि त्रिभुवन युनिभर्सिटी अन्तर्गत (बिई) मा पुर्ण छात्रावृत्तिमा नाम निकाल्न सफल १४ जना इन्जिनियरिगंका विद्यार्थी र (एमविविएस)मा नाम निकाल्न सफल तीन जना विद्यार्थीलाई सम्मान गरियो । त्यसै गरी कलेजका अध्यक्ष राजेश श्रेष्ठले स्थापना गरेको रुपेन्द्र श्रेष्ठ स्मृति पुरस्कारबाट साइन्समा तर्फ अध्ययनरत १० जना विद्यार्थीलाई नगद सहित पुरस्कार वितरण गरियो ।
कलेजका निर्देशक बलराम पन्तले स्थापना गरेको डलक वहादुर पन्त स्मृति पुरस्कारबाट कक्षा ११ का साइन्स तर्फका १० जना र कलेजका निर्देशक सुकदेव घिमीरेले स्थापना गरेको विष्णुप्रसाद घिमीरे स्मृति पुरस्कारबाट कक्षा १२ का मेनेजमेन्ट तर्फका १० जना विद्यार्थीलाई पुरस्कृत गरिएको कलेजका निर्देशक पेशल पोखरेलले जानकारी दिए । सो क्याम्पसले विदाई कार्यक्रममा मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम समेत गरेर विद्यार्थीलाई नचाएको थियो । कलेजले विभिन्न समयमा शैक्षिक साथै सामाजिक विकासमा योगदान पुग्ने विविध कार्यक्रमहरु गर्दै आएको क्याम्पस प्रमुख बोधराज नेपालले बताए ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो