उपभोक्ताको रोजाईमा पर्दै बराह एग्रोभेटको सस्तो कालो सुँगुरको मासु

सुप्रिया राई

इटहरी । सुनसरीको इटहरी–२०, तरहरास्थित बराह एग्रो फ्रेस हाउसले शुद्ध, ताजा तथा स्वादिष्ट कालो सुँगुरको मासु प्रतिकेजी रु ४८० मा बिक्री गरिरहेको छ। आफ्नै कृषि फर्ममा उत्पादन गरिएको सुँगुरलाई गुणस्तरीय र स्वच्छ चाराे खुवाएर सरसफाइका साथ हुर्काइएकाले यहाँको मासु उपभोक्ताको रोजाइमा पर्दै गएको सञ्चालकले बताएका छन्।

तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङद्वारा सञ्चालित इटहरी–१९, अमाहास्थित बराह एग्रो कृषि फर्ममा उत्पादन गरिएको कालो सुँगुरको ताजा मासु प्रत्यक्ष रूपमा उपभोक्तासम्म पुर्‍याइँदै आएको छ। फर्ममा आफ्नै तयारीको गुणस्तरीय चाराे प्रयोग गरी स्वास्थ्य मापदण्डअनुसार सुँगुर पालन गरिएकाले मासुको गुणस्तरमा विशेष ध्यान दिइएको जनाइएको छ।

अन्य बजारको तुलनामा कम मूल्यमा मासु बिक्री गर्न सकिएको विषयमा सञ्चालक गुरुङले बिचौलियाको भूमिका पूर्ण रूपमा हटाई उत्पादकबाट सिधै उपभोक्तासम्म मासु पुर्‍याइएकाले मूल्य नियन्त्रण गर्न सम्भव भएको बताए। साथै उत्पादन प्रक्रिया आफ्नै नियन्त्रणमा रहेकाले लागत घटाउन सफल भएको उनको भनाइ छ।

उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सफा, ताजा र स्वादिष्ट मासु उपलब्ध गराउँदै आएको बराह एग्रो फ्रेस हाउसले गुणस्तरीय सेवामार्फत उपभोक्ताको विश्वाससमेत जित्दै गएको सञ्चालक गुरुङले जानकारी दिए।

बराह एग्रो फ्रेस हाउसले गुणस्तरीय उत्पादन, उचित मूल्य र स्वच्छतामा विशेष ध्यान दिँदै स्थानीय उपभोक्तालाई स्वस्थ तथा भरपर्दो मासु उपलब्ध गराउने लक्ष्यका साथ सेवा सञ्चालन गरिरहेको जनाएको छ।

सुप्रिया राई
प्रतिक्रिया