इटहरी । दलित महिला केन्द्र नेपालले इटहरीमा निर्वाचन प्रक्रियामा महिलाको सहभागिता प्रवर्द्धन विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ।
कोशी प्रदेशका विभिन्न राजनीतिक दलका करिब ३० जना प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा महिलाको पहुँच, सहभागिता तथा नेतृत्व विकासका विषयमा विस्तृत छलफल गरिएको थियो।
दलित महिला केन्द्र नेपालका कार्यकारी निर्देशक तेजेन्द्र लामाका अनुसार उक्त कार्यक्रम सातवटै प्रदेशमा सञ्चालन गरिने योजना अनुसार कोशी प्रदेशबाट सुरु गरिएको हो। निर्वाचन प्रक्रियामा महिलाको सहभागिता अझै पनि न्यून रहेको भन्दै त्यसलाई बढाउन राजनीतिक दलहरूबीच संवाद र सहकार्य आवश्यक रहेको उनले बताए।
उनले विशेषगरी महिलाको उम्मेदवारी न्यून हुनु, समानुपातिक सूचिमा परेका महिलाहरू निरुत्साहित हुने अवस्था लगायतका चुनौतीहरू औंल्याउँदै महिलालाई आत्मविश्वासी बनाइ नेतृत्वदायी भूमिकामा स्थापित गराउन केन्द्रले सहयोगी भूमिका खेल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी गराए।
महिलाले आफ्ना मुद्दाहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै नेताको रूपमा स्थापित हुन सकून् भन्ने लक्ष्यका साथ यस्ता संवाद कार्यक्रम निरन्तर सञ्चालन गरिने आयोजकले जनाएको छ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो