फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । पाँचथरमा आगलागीमा परेर आमा छोराको निधन भईसकेको छ भने देशभरका विभिन्न स्थानमा लागेको डढेलोले धेरै भौतिक क्षति भईसकेको छ । तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ३ पंचकन्यामा आगलागीमा परेर आमा दिलकुमारी र छोरा कुमार भुजेलको निधन भईसकेको छ भने देशका १५० ठाउँमा डढेलो लागिरहेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ ।
सबैभन्दा धेरै बाँके र सुर्खेतमा डढेलो लागेको छ । बाँकेका ३३ र सुर्खेतका २५ ठाउँमा डढेलो लागिरहेको छ ।
यस्तै, कैलालीका ९, सिन्धुली र बर्दियाका ८, कञ्चनपुर र सल्यानका ६, खोटाङ, दाङ र अर्घाखाँचीका ५ ठाउँ, दोलखाका ४, धनकुटा, अछाम, नुवाकोट, कपिलवस्तु, ओखलढुंगा, रामेछाप र स्याङ्जाका ३र३ ठाउँमा डढेलो लागेको छ ।
यसैगरी, मकवानपुर, पर्सा, प्युठान र तेह्रथुमका २र२ ठाउँ तथा तनहुँ, सुनसरी, पाँचथर, काठमाण्डौ, काभ्रे, गुल्मी र भोजपुरका एकरएक ठाउँमा डढेलो लागिरहेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ ।
सुक्खापन बढेकाले आगलागी र डढेलो अझै फैलिने सम्भावना छ । आगलागी र डढेलाका कारण मानवीय क्षतिसमेत हुन थालेको छ । अर्घाखाँचीमा गएको मङ्गलवार आगलागी हुँदा एकै गाउँका चार जना र दैलेखमा अस्ति वनमा लागेको डढेलोमा परेर एक जनाको ज्यान गएको छ भने घाइते सात जनाको उपचार भइरहेको छ ।
केही दिन अघिसम्म तराई र मध्यपहाडी क्षेत्रमा रहेको डढेलो अहिले उच्च पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । गएको १६ गतेदेखि झण्डै एक हप्ता पानी पर्दा डढेलोका घटना कम भएको थियो । तर त्यसपछि भने घाम चर्किन थालेको छ । गर्मी बढेको छ ।
यसले आगलागी र डढेलोका घटना बढेका छन् । धेरैजसो आगलागी र डढेलो मानवीय लापरबाहीकै कारण लाग्ने भएकाले सचेत हुन र सावधानी अपनाउन विज्ञले आग्रह गर्दै आएका छन् ।
यस्तै, सुरक्षाको उपायविना डढेलो लागेको ठाउँमा नजान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माको सुझाव छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो