मतदाताको घेराबन्दीमा उम्मेदवार : जवाफ र भिजन खोज्दै मतदाता

खगेन्द्र कार्की

काठमाडौं । फागुन २१ नजिकिँदै जाँदा देशभरि चुनावी माहोल तात्दै छ । सडक, चोक, बजार, चिया पसल, सामाजिक सञ्जाल—सबैतिर चुनावकै कुरा छ । उम्मेदवारहरू भाषण गरिरहेका छन्, पोस्टर टाँसिएका छन्, जुलुस निस्किरहेका छन् र मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

आफ्नो आँगनमा आउने उम्मेदवारहरूलाई मतदाताहरू प्रश्न गरिरहेका छन्, ‘तपाईँलाई किन मत दिने रु’

झापा– ५ का उम्मेदवार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई मतदाताले प्रश्न गरे, ‘३–३ पटक प्रधानमन्त्री हुनुभयो । केही गर्न सक्नु भएन, अब गर्न सक्नुहुन्छ रु’ सुकुम्बासी वस्तीका एक जनाले उनीसँग लालपुर्जा र नक्साबारे प्रश्न गरेका थिए ।

ओलीसँग स्पष्ट जवाफ थिएन ।

ओलीले भने, ‘आउँदै छ, आउँदै ।’आफूले ३ पटक प्रधानमन्त्री हुँदा के गरे भन्नै सकेनन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडिओमा बरू उनका समर्थकले हकार्दै प्रश्नकर्ता मतदातलाई ‘तेरो नक्सा म दिन्छु, वडामा आइजा’ भनेको सुनिन्छ । ओलीका समर्थकले प्रश्न गर्नेलाई भनेका छन्, ‘कसलाई नक्सा चाहियो रु’

जनताले सोधेका प्रश्नहरूको स्पष्ट, जिम्मेवार र तथ्यमा आधारित जवाफ दिने ठाउँमा उम्मेदवारहरू भए पनि उनीहरूले स्पष्ट जवाफ दिन सकिरहेका छैनन् । उनीहरू यो गर्ने, त्यो गर्ने भन्ने कुरामै मतदाताका गम्भीर प्रश्नहरूलाई पन्छ्याइरहेका छन् ।

यो चुनाव केवल जित–हारको लागि मात्र होइन । यो चुनाव जनताको धैर्य, निराशा, अपेक्षा र आक्रोशको परीक्षण पनि हो । भदौ २३ र २४ गतेको जेन जी आन्दोलनलाई सम्बोधन गर्नका लागि निर्धारित समयभन्दा अगाडि हुन लागेको हो ।

यो निर्वाचन आन्दोलनले ल्याएको हो । मतदाताहरूले प्रश्न गरिरहेका छन्, ‘हामीले यसअघि के पायौँ रु’ उत्तर दिनसक्ने गरी उम्मेदवारहरूले जवाफ फर्काएको कतै देखिँदैन ।

जेन जी आन्दोलनमा जेन जीलाई निर्देश गरेका तत्कालीन काठमाडौंका मेयर बालेन्द्र शाह ९बालेन० पनि झापा ५ मा उम्मेदवार छन् । घरदैलो गरिरहेका बालेनलाई त्यहाँका मतदाताले प्रश्न गरिरहेका छन् — तपाईंले यो क्षेत्रका लागि र हाम्रा लागि के गर्ने योजना बनाउनुभएको छ रु

जवाफमा बालेन भनिरहेका छन् — यहाँको आवश्यक्ता के भनेर बुझिरहेका छौँ । तपाईंहरूका आवश्यक्तालाई सुनेर(बुझेर हामी घोषणापत्र तयार पार्छौँ । पार्टीको घोषणापत्र हुन्छ, उम्मेदवारको घोषणापत्र हुन्छ, प्रधानमन्त्रीको घोषणापत्र हुन्छ ।

मतदाताहरू थप प्रश्न गर्छन् — कहिले ल्याउनुहुन्छ रु

बालेन जवाफ दिन्छन् — फागुन पहिलो हप्ताभित्र ल्याउँछौँ । त्यसका लागि अहिले तपाईंहरूसँग छलफल गर्न आएको ।

जनता भनिरहेका छन्, देशमा महँगी बढ्यो, रोजगारी घट्यो, युवाहरू विदेशिए, किसानले मूल्य पाएनन्, स्वास्थ्य सेवा अझै महँगो छ, शिक्षा अझै असमान छ । गाउँदेखि शहरसम्म एउटै प्रश्न सुनिन्छ– ‘हामीले के पायौँ रु’ 

अहिलेका उम्मेदवार मतदातामाझ विगतको समीक्षा गर्नुभन्दा विपक्षीको आलोचना गर्न व्यस्त छन् । जनताले विगतको हिसाब मागिरहेका छन्, उम्मेदवारहरू भविष्यको सपना बेचिरहेका छन् । कोही नयाँ भनेर भाषण हान्दै छन् कोही स्टन्टमै रमाइरहेका छन् । कोही आफ्नो दलले यति सिट ल्याउँछ भन्दै सपना देखिरहेका भेटिन्छन् ।

अझ कतिपयले त ‘चुपचाप।।।चिन्हमा छाप’ भनिरहेका छन् । यसमा जनताले प्रश्न गरिरहेका छन्, ‘लोकतन्त्रमा चुपचाप किन रु के हामीले प्रश्न सोध्न नपाउने रु’

जुम्लामा ज्ञानेन्द्र शाहीलाई पनि मतदाताले यस्तै प्रश्न गरेका थिए । चुनावी प्रचारका क्रममा मतदाताले कुनै पनि विकास नगरेको भन्दै उनीसँग चर्काचर्की नै गरे । उनका अनुसार आक्रमणको प्रयास पनि भएको थियो । त्यसपछि बिच्किएका शाहीले ‘भोट दिने भए दिनुस्, नदिने भए नदिनुस्’ भनेका थिए । 

गोरखामा नेकपाका उम्मेदवार लेखनालथ न्यौपानेलाई पनि मत माग्ने क्रममा मतदाताले प्रश्न गरेपछि बचाउमा उनले ‘म धेरै सपना बाँड्न चाहन्न’ भनेर स्पष्टीकरण दिए ।

अछाममा मतदाताले प्रश्न गरेपछि भीम रावलले विद्यार्थीले छात्रवृत्तिसमेत आफूले गर्दा नै पाइरहेको जवाफ दिए ।

जसपाबाट एमाले प्रवेश गरेका प्रदीप यादवलाई त्यस्तै र्‍याखर्‍याख्ती पारे । यसअघि उनले एमालेका उम्मेदवार आएर लखेट्नुपर्छ भनेर भाषण गर्ने गर्थे । यसपटक आफैँ एमाले प्रवेश गरेपछि त्यहाँका स्थानीयले ‘अरू एमाले आउँदा लखेट्नुपर्ने, तपाईं एमाले भएर आउँदा किन भोट दिने रु’ भने ।

पुराना उम्मेदवारलाई मात्रै होइन, मतदाताले नयाँ भनिएका पार्टी र उम्मेदवारलाई पनि प्रश्न गरिरहेका छन् ।

रास्वपाबाट ललितपुर(३ मा उम्मेदवार रहेकी तोसिमा कार्कीलाई पनि मतदाताले प्रश्न सोधेर र्‍याखर्‍याख्ती पारेको भिडिओहरू सामाजिक सञ्जालमा भाइरल नै बनेका छन् ।

जेन जी आन्दोलनकी अगुवामध्येकी एक रक्षा बमले सामाजिक सञ्जालमार्फत चुपचाप होइन, प्रश्न सोधेर र योजना बुझेर मात्रै छाप लगाउन अनुरोध गर्दै सामाजिक सञ्जालमा आफ्नो सुझाव राखेकी छिन् । ुचुपचाप यो छाप, त्यो छाप होइन है जनताजन, प्रश्न सोधेर र योजना बुझेर मात्रै छाप लगाउनुस्,ु अभियन्ता बमले आग्रह गरेकी छन् ।

उनले ुचुपचाप छापु लगाऊ भन्नु लोकतान्त्रिक चेतनाविपरीतको कार्य भन्दै अगाडि लेखेकी छन्, ुचुपचाप छाप लगाएर आफूलाई समर्थन देऊ भन्नु लोकतन्त्र बुझेकाले भन्ने कुरा होइन, चेतनाका साथ र प्रश्न बोकेर मात्रै मतदान गरौँ ।ु

धेरै यसलाई अभियानकै रूपमा अगाडि बढाएका छन् । सामाजिक सञ्जालमा ३भभिअतष्यलद्दण्द्दट र ३बकपत्रगभकतष्यलक ह्यासट्गाय राखेर शेयर भइरहेको एउटा पोस्टरमा लेखिएको छ, ुअबकी बार नो चुपचाप १ एजेन्डा पुछ, नीति बुझ, अनि छाप १ु

चलचित्रकर्मी रविन्द्र सिंह बानियाँले सामाजिक सञ्जालमा यही पोस्टर शेयर गर्दै लेखेका छन् — नो चुपचाप छाप ।

त्यस्तै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिएका डा। रामजी रामले पनि सोही पोस्टर आफ्नो सामाजिक सञ्जालमा राखेका छन् । उनले लेखेका छन्, ुअबकी बार नो चुपचाप १ एजेन्डा पुछके नीति बुझके छाप १ यो दिन्छु र त्यो गर्छु भन्नेलाई सोधौँ है १ कसरी दिने, कसरी गर्ने रु आखिर भुत्ल्याउने त हामीलाई नै त होला १ु

जनताले प्रश्न गरिरहेका छन्, ‘अब पाँच वर्षमा के गर्ने योजना छरु’ जवाफ स्पष्ट छैन्, तर भने उहि पुरानै रटान उम्मेदवार छाटिँरहेका छन् । 

नागरिक हरेक ठाउँबाट सोधिरहेका छन, कति रोजगारी सिर्जना गर्ने रु, कृषि सुधार कसरी गर्ने रु, स्वास्थ्य र शिक्षा कसरी सुलभ बनाउने रु तर अधिकांश उम्मेदवारसँग यस्ता प्रश्नको स्पष्ट रोडम्याप छैन । ‘विकास गर्छौँ’, ‘परिवर्तन ल्याउँछौँ’ जस्ता शब्दहरू धेरै सुनिन्छन्, तर कसरी भन्ने कुरामा मौनता छ ।

मतदाताको अर्को प्रश्न सुनिन्छ, ‘युवा किन विदेशिन बाध्य छन् रु’ देशको धेरै जसो युवा शक्ती विदेश छ । गाउँमा खेत बाँझो छ, सहरमा बेरोजगारीको भीड छ । युवा किन यहाँ अवसर नपाएर विदेशिन बाध्य छन् रु यो प्रश्न युवाले मात्र होइन, अभिभावकले पनि सोधिरहेका छन् । ‘देश बनाऔँ’ भन्ने नारा भन्दा ‘तिमीलाई यति अवसर दिन्छु’ भन्ने स्पष्ट योजना युवाले खोजिरहेका छन् । 

सबैभन्दा गम्भीर प्रश्न त ‘भ्रष्टाचार रोक्ने उपाय के हो रु’ आम नागरिकले सोधिरहेका छन् । यसको पनि जवाफ टालटुले नै छ ।

‘भ्रष्टाचार गर्दिनँ’ भन्नु पर्याप्त छैन । ‘भ्रष्टाचार हुन नदिने प्रणाली बनाउँछु’ भन्न सक्ने उम्मेदवार खोजिरहेका छन् मतदाता । र मतदाता यो पनि सोधिरहेका छन्, ‘चुनावपछि पनि भेटिन्छ कि हराउछौँ रु’ चुनावअघि घरदैलो, हात मिलाउने, नमस्कार गर्न । चुनावपछि पाँच वर्ष हराउने । यो पुरानो अनुभव हो जनताको । 

चुनावकै बेला होला महिला प्रतिनिधित्वको कुरा धेरै हुने । तर महिला सुरक्षादेखि रोजगारीसम्मका मुद्दा चुनावी एजेन्डामा कम देखिन्छन् । महिलाहरू सोधिरहेका छन्—‘हाम्रो लागि ठोस योजना के छ रु’ दलहरूले महिलालाई उम्मेदवार बनाउन कन्झुस्याँइ गरेपछि प्रश्न यो पनि धेरै उठेको छ । जवाफ आएको छैन् ।

उम्मेदवारहरूका चुनाव सजिलो त कहिल्यै हुन्दैन, तर यो चुनाव झनै छैन । अब नारा र भावनाले मात्र पुग्दैन । उम्मेदवारले अब जनतासँग बहस गर्न सक्नुपर्छ । प्रश्नको जवाफ दिन सक्नुपर्छ । स्पष्ट योजना देखाउन सक्नुपर्छ, नागरिकले भनिरहेका छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया