आगलागी र डढेलो निभाउने साधनको जोरजाम गर

फाष्ट मिडिया नेपाल संवाददाता

देशभर आगलागी र डढेलोका घटना बढेका छन्रु। सैयौं ठाउँमा डढेलो र दर्जनौं ठाउँमा आगलागीले मानविय तथा भौतिक र जैविक क्षति भईरहेको छ । गतहप्ता काठमाडौंको शानदार मःम पसलमा आगलागी हुँदा दर्जनौं घाइते मात्र भएनन ४ जनाको ज्यान गईसकेको छ । सिंहदरबारभित्रैको खानेपानी मन्त्रालयमा आगलागी भएर मन्त्रीको कार्यकक्ष जले नष्ट भयो । पोखरामा कार्यक्रमस्थलमा सामान्य असावधानीका कारणले देशका उच्च स्तरीय नेतृत्वदायी भूमिका रहेका व्यक्तित्वहरु नै जलनमा परेर उपचारमा रहेका छन् । अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकका नगरप्रमुख धनराज आचार्य उपचारमा रहेका हुन् । यस्तै सोमबार मात्र खोटाङको हलेसीमा आगलागी हुँदा भौतिक ठुलो क्षति भएको छ । यता झापामै पनि धेरै ठाउँमा आगलागीका घटनाहरु भईरहेका छन् । पछिल्लो घटनालाई हेर्ने हो भने झापाको कचनकवल(६ कमल बस्तीमा भएको आगलागीबाट करिब ७० लाख बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ । दियोबाट सो आगो सल्किएको थियो । यी सबै प्रतिनिधिमूलक घटना मात्र हुन् देशैभर आगलागीको चपेटामा नेपाली जनता परेका छन् । 

मंसिर÷पुसको चिसो मौसमभित्रैबाट सुरु भएको आगलागी र डढेलोको प्रकोपमा परेका नेपाली अब यो फागुन÷चैत्रको सुख्खायाममा कसरी जोगिने भन्ने चिन्तामा रहेका छन् । पानी नपरेर सुख्खा भएको छ । त्यसै पनि हावाहुरी चल्ने वैशाख÷जेठमा पनि आगलागी र घर नष्टका घटना धेरै देखिन्छन्रु। आगो मानिसका लागि तापको स्रोत हो र यो अनिवार्य र उपयोगी छ । आगोको प्रयोगमा सावधानी अपनाउन सकिएन र यो नियन्त्रणबाहिर गयो भने त्यो मानिस मात्रै नभएर सम्पूर्ण वातावरणकै लागि अभिशाप बन्छ । भनिन्छ, एउटा रुखबाट लाखौँ सलाईका काँटी बन्छन् तर एउटा सलाईको काँटी लाखौँ रुख जलाउन सक्षम हुन्छ । यसबाट पनि आगोप्रतिको असावधानी कति महँगो साबित हुन्छ भन्ने प्रस्ट हुन्छ ।

आगलागी र डढेलोका घटना चैत÷वैशाखमा अझ बढी हुने अनुमान गरिन्छरु। अहिले चट्याङ त परेको छैन, मान्छेको लापरबाहीले आगलागी र डढेलो बढेका हुन्रु। तर, सुक्खा हुँदा, तापक्रम बढ्दा आगो फैलन मद्दत गर्छरु। अहिले भइरहेको पनि त्यही हो। जंगलको कुनै एक ठाउँमा आगो लागेमा चाँडै धेरैतिर फैलिरहेको छरु। बस्तीमा भइरहेका आगलागीका घटनामा पनि त्यही समस्या छ ।  प्राकृतिक कारण चट्याङ, भुइँचालोमा चट्टानमा घर्षण हुने वा प्रज्वलनशील पदार्थ पोखिने वा मिसिने कारण उत्पन्न हुने, सुकेका रुखका हाँगा एक आपसमा रगडिएर आगो उत्पन्न हुने, जमिनमुनी रहेका हड्डीमा घर्षण हुने आदि धेरै कारणले आगलागी हुनसक्छ । 

प्राकृतिक कारणले हुने आगलागी नियन्त्रण गर्न कठिन हुन्छ तर पनि सचेतना अपनाउने हो भने कृत्रिम तबरले हुने आगलागी र सबै प्रकारका आगलागीको जोखिम घटाउन सकिन्छ । सुक्खा तथा हुरीबतासको समय, खास गरी फागुनदेखि वैशाखसम्मको समय आगलागी हुने मुख्य समय हो । आगो लागेर निभाउनुभन्दा आगो लाग्नै नदिनु उत्तम उपाय हो ।

सतर्कताका साथ आगोको प्रयोग गर्ने र काम सकिएपछि निभाउने, हुरी बतास चलेको बेला आगो नबाल्ने, चुरोट बिँडीका ठुटा जथाभावी नफाल्ने र निभाएर मात्रै फ्याँक्ने, सलाई, लाइटर, मटितेल, पेटूोल, ग्यास जस्ता आगो लगाउने वा प्रज्वलनशील पदार्थलाई केटाकेटीले नभेट्ने गरी सुरक्षित ठाउँमा राख्ने, आगो वा टुकी बाल्दा घरको छानो वा प्रज्वलनशील पदार्थको नजिक नबाल्ने, घरको विद्युत् वायरिङ ठिक छ÷छैन प्राविधिकलाई जचाइरहने, घर वरपरको घु¥यान सफा गर्ने, जंगलमा जथाभावी आगो नलगाउने गर्नाले आगलागीबाट धेरैहदसम्म बच्न सकिन्छ । यसरी जथाभावी आगो लागिरहँदा नियन्त्रणको प्रयास सामान्य तरिकाका हुने गरेका छन् । जंगलमा आगलागी हुँदा माथिबाट आगो नियन्त्रण गर्ने साधनहरुको अभाव देखिन्छ । त्यस्तै कतिपय स्थानमा आगोनियन्त्रण उपकरण वारुणयन्त्र नै नहुने र कतिपय स्थानमा भएका वारुणयन्त्रहरु जान नसक्ने स्थानको कारणले पनि धेरै क्षति हुने गरेको छ । तसर्थ आगलागीबाट सचेत र सावधानीसँगै बस्ति विकासमा पनि सरकारले ध्यान दिन जरुरी देखिन्छ । आगलागी नियन्त्रणका स्थल र हवाई साधनहरुको जोहो गर्न पनि उत्तिकै आवश्यक छ । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया