लुटतन्त्र जिन्दावाद !

Jakob

देवी घिमिरे

तन्त्र, मन्त्र र यन्त्रले विश्वलाई परम्परा देखिनै आफ्नो नियन्त्रणमा राख्न हरसम्भव प्रयास नगरेको होइन । समयको गतिसँगै विकसित भएको मन्त्रयुग तन्त्रयुग भन्दा आजको यान्त्र युगले, मानिसलाई दास बनाउन थालेको छ । यन्त्र युगले आज विज्ञान र प्रविधिको क्षेत्रमा प्राप्त गरेको, अपार सफलतासँगै मानिस आफैसँग हार्न थालेको छ। आजको डिजिटल युगले मानिसलाई क्षणभरमै नाता जोड्ने र क्ष्यणभरमै नाता तोड्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यसै युगमा फस्टाएका प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसँग.......... को मुलाझै हलक्कै बढेको तन्त्र हो लुटतन्त्र आजको मानिसले आफूभन्दा कमजोर आफूभन्दा लुते पिलन्धरे भेट्नासाथ उसलाई, विभिन्न वाहनामा लुट्न थाल्दछ ।आज जतातले झाँगिएर लुटतन्त्र ग्लोवल भिलेजको धर्म संस्कृति र संस्कार, जस्तो भएको छ। झुट नबोल्ने लुटको खेती नगर्ने मानिसलाई सच्चा मानिसको दर्जामा राख्न पनि निक्कै गाह्रो  पर्नथालेको छ ।

आजका माननीय सभ्य लुटेराहरूले सोझा नागरिकलाई ललिपप देखाएर दिन दाहाडै लुटेर घर न घाटको बनाईदिदै छन् ।

 के हो त लुटतन्त्र ? आफ्नो परिश्राम र पसिना, विनानै अरुको सम्पत्ति हडप्ने प्रपञ्चरच्नु, अरुलाई धम्क्याएर हप्काएर तर्साएर, डराएर विखल वन्दमा पारेर, बहादुरीको हण्डा, वर्षाएर दोवाटोमा तर्साएर पीडा र धम्कीका कोर्रा  बर्साएर अरूको सम्पत्ति लुट्न घरजग्गा, पशुधन माथि गिद्देआँखा गाड्ने झुटो मायाजालमा फसाएर इज्जत लुट्नु अस्मिता लुट्नु, अस्तित्व गुमाउनु लुट्नु लुटिनु हो। जालझेल चुक्ली चाप्लुसी गरेर मनिसलाई दुःख दिएर उसको निरिहता र सोझो पनको  फाइदा उठाउँदै अरुलाई दुःख दिने लुटेराहरूले आज समाजलाई क्ष्यत विक्ष्यत परिरहेका छन्। तीनै लुटेराहरूको लुट माहत्म्य आज तपाईहरु सामु पस्कने प्रयत्न गर्दैछ।“ लुट्न सके लुट् कान्छा लुट्न सके लुट अरूदेशमा पाँइदैन नेपालमै हो छुट नामको गीत अहिले दिन प्रति दिन लोक प्रिय बन्दैछ ।

आजको दुनियाँमा पाखुरी चलाएर श्रम गरेर खानु भन्दा भ्रमछरेर वसीवसी हसुर्नुलाई मानिसले आफ्नो बहादुरी ठानेको छ। एन केन प्रकारेण आफ्नो स्वार्थ पुर्ति गर्न पाए मानिस आफुलाई सर्वज्ञ ठान्छ।मानौ उसले भन्दा अरूले यस धर्तिमा जानेकै छैन्न बुझेकै छैनन् ।

उहि अल्छिको वल्छि पाखुरीको जाल मर्दको दुवाली माछाको काल भनिन्थ्यो । आज भोलि त सोझाको श्रम ठगको जाल लुटेराको लुटपाट नागरिकको काल भएको छ। 

त्यसैले गाउँघर देखि सहरसम्म सडकदेखि सदनसम्म फुटपाथ मिनिस्टर देखि प्राइमनिस्टर सम्म, खरदार देखि सरदारसम्म पियन देखि हाकिम सम्म सबै सबैले यासो व्यवस्था मिलाउनुन । फाइल मिलेपछि तपाईको काम तुरुन्त भहाल्छ नि! यसो समय विचार गर्नु मौकामा चौका नहाने, भान्छामा लौका चड्दैन हजुर भन्दै ङिच्च हाँसेर आजको काम भोलि र भोलिको काम अर्को भोले भन्दै टारेर फाइल नमिलाएसम्म सेवाग्राहीलाई हायल–कायल बनाएर नगद नारायणन नचप्काएसम्म तपाईको काम नौ सय नमस्तेले मात्र कदापी काम लाग्दैन।  त्यसैले तपाईको काम फत्ते गर्नुछ भने तपाई दिनदहाडै–लुटिनु पर्छ, धुतिनु पर्छ जसरी पनि तपाईको इमान्दारीपूर्ण पसीनाको कमाई लुटिनु पर्छ अनि मात्र तपाईको काम पूर्ण हुन्छ ।

आज हाम्रो समाजमा, मिलाएर लुट्ने, पिलाएर लुट्ने फकाएर लुट्ने, फसाएर लुट्ने, रिसाएर लुट्ने, हँसाएर लुट्ने, उचालेर लुट्ने पछारेर लुट्ने, घिसारेर लुट्ने लछारेर लुट्ने पसारेर लुट्ने, काटेर लुट्ने, कुटेर लुट्ने, धम्क्याएर लुटने, छक्याएर लुट्ने अभर पारेर लुट्ने, गति छाडेर लुट्ने, मति बिगारेर लुट्ने, सतिसावित्री बनेर लुट्ने, ब्रहम्ज्ञानी भएर लुट्ने, इज्जत बेचेर लुट्ने, दुनियाँलाई हेपेर लुट्ने, पारिवन्धको पेरुङ्गोमा चेपेर लुट्ने बाध्यतामा सेकेर लुट्ने, विवशताले रेटेर लुट्ने हे लुट माहाराजहरू ! कहिलेसम्म चल्छ यो लुटतन्त्र ? 

गरीव जनताका रगत र पसीनामा होली खेल्दै स्वदेशी श्रम र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने माहामहिमहरू आज सुनदेखि नुनसम्म, जनाईदेखि गुन्द्रुकसम्म विदेशबाट मगाएर मस्ताराम निदाएका हे माहामानवहरू । सुन फल्ने बारी, टारीमा बाँदर नचाएर युवाका पाखुरी विदेशमा  बेचिरहेका छौ ।

दोस्रो विश्वयुद्धको समयमा बेलायतलाई आर्थिक सहयोग गर्ने हैसियत राख्ने, भारतमा भोकमारी लाग्दा एकलाख ३३ हजार मेट्रिकटन चामल सहयोग गर्ने हिजोको नेपालमा आज, लसुन, प्याज, गुन्दुक, सिन्की समेत विदेशबाट मगाउनु पर्दछ । हाम्रा उद्योग धन्दा सबै सबै बन्द भए । जनता बेरोजगार भए । बन, जङ्गल अरूकै लागि फाँडिएर । 

 बाटोघाटो यातायात भित्र चढ्नुहोस्, भूसतिघ्रे पकेटमारहरुले तपाईलाई लुट्छन् । खानेपानीको विल, विजुलीको विल तिर्न जानुहोस्–  त्यही विल मिलाएर लुट्छन् । सागदेखि फलफूलसम्म नुनभुटुनदेखि माछामासुसम्म बोइलरदेखि कोइलरसम्म जताततै जेसुकै किन्नुहोस, तपाई पाइलै पिच्छे लुटिनु हुन्छ । आज मान्छेको शत्रु स्वयं मान्छे नै बनीरहेको छ । हरेकले हरेकलाई पाईलै पिच्छे लुट्नु हो भने । उसको मानव हुनुको अस्तित्व नै नामेट होला झै गरेर मानिस आफ्नो पुरूषार्थ प्रस्तुत गरिरहेको छ ।

लुटको धन र झुटको खेती आजको मुल मन्त्र हो। पत्रकारले रातारात एआईसँग साइनो जोडेर व्यक्तिको चरित्र हत्या गरिदिन्छ । आजको मिडिया तथ्याङक् भन्दा मिथ्यांकको पछि दगुरेर भ्रम सिर्जना गर्न व्यस्त देखिन्छ। शिक्षक प्राध्यापकहरु पढाउन भन्दा अरुको बैचारिक झोला बोक्न व्यस्त छन् । विद्यार्थीहरु ज्ञानमा पढाइमा सिर्जनामा भन्दा  झण्डामा र डण्डामा व्यस्त हुन्छन । परीक्षामा सेन्टर मिलायो, सेटिङमा चिटिङ्ग गर्न नपाए सेन्टर जलाएर आफूलाई अञ्चल सावित गर्दछन । गुरुहरु आ–आफ्ना भातृ सङ्गठनलाई चिट चोराउन, कपी साट्न व्यस्त देखिन्छन् । क्यापसमा  पाइलै नटेकी सेटिङ्गकै भरमा डिग्री, लिएर उच्च पद पड्काउँछन। कक्षामा नियमित पढ्ने इमान्दारहरु झोलामा प्रमाण पत्र बोकेर बेरोजगारका लाइनमा लामवद्व देखिन्छन् । जस्को लुट उसैको छुट जस्को डण्डा झैं भएको बेथितिलाई  निरिह जनताले टुलुटुलु हेरिमात्र रहन्छन । भित्रभित्रै विद्रोहको ज्वाला सल्काएर मुठी कसी रहन्छन् । पहुँचवाला मस्ति मार्दै कुर्सीमा बसिरहन्छन् । चिठ चोरेर खाने, घर फोरेर खाने साइनो जोडेर खाने, हात जोडेर खाने, बाटो मोडेर खाने, उल्फाको धन फुपूको श्राद्ध ठानेर भेटे स्वदेशमै खाने नभेटे विदेशी अनुदान खाने दिल खोलेर खाने खाईरामहरु हराम नभए को, होला त? 

कुटेर खाने भुटेर खाने तारेर खाने, मारेर खाने, लुटेर खोसेर, छक्याएर झुक्याएर खाने घक्र्याएर सक्र्याएर थर्काएर भड्काएर झुक्याएर खाने, घिसारेर खाने व्वाँसोले झै मुसारेर खाने तानेर खाने तड्पाएर खाने हप्काएर खाने, छक्याएर खाने, चाटेर खाने, चिमोटेर खाने, निचोरेर खाने चुसेर खाने जसरी भएपनि खान जन्मिएकाहरूले खाने नै त हो। पढेर खाने, पढाएर खाने धोकेर खाने धोकाएर, खाने, सुतेर खाने उठेर खाने कुदेर खाने जुधेर खाने मागेर खाने, चोरेर खाने, ठगेर खाने, धुतेर खाने खुट्टा तानेर खाने, मुक्का हानेर खाने, खुट्टा घुमाएर खाने, धाक जमाएर खाने,। ¥याल चुहाएर खाने, शिर निहुराएर खाने, गफलडाएर खाने, औलो ठड्याए खाने, लम्पसार भएर खाने, आए गफ छाँटेर खाने, कुरा काटेर खाने, मान्छे ढाँटेर खाने, विचार साटेर खाने अब सबैले भेटेजती भेटेसम्म खाने, भेटे भुक्क्याएर निमुखालाई मुक्क्याएर निर्दोषलाई भुक्क्याएर खानेहरु हो। अव त खाँदा खाँदै त्यो लाद्रो फुट्नै लागेनर ? विदेशी अक्कलको नक्कल गरेर खाने ।   झोलामा खोला बोकेर खाने, मुसा बनेर विजुली काटेर खाने, नेताका तलुवा चाटेर खाने ए खाईमाराहरू । ए भाइमाराहरू । अव त आत्माको आँशु सुक्न लाग्यो कति लुट्छौ, देशको अस्मिता ? कति देखाउँछौ देशमा रमिता । भो अब त अति भयो । अव छोडि देउ लुटतन्त्र जिन्दावादको नारा ।  

यदी सच्चा सफलता चाहन्छौ भने परीश्रम गर पसीनामा नुहाउन सिक पसीनामा नुहाउन सक्यौ भने जीन्दगी आँफै वदलिन्छ पसीनाको मूल्य चिन । धन्यवाद!

झापा, हाल काठमाडौ ।

Jakob
प्रतिक्रिया