घरको ढोका त ढक्ढक्याउँदैन अब ऊ, तर मनको ढोका ढकढकाउँन कहिल्यै छोड्दैन ।
जन्म २०८०।०३।१५
मृत्यु २०८२।०६।१५
आज कुकुर तिहार मेरो मन फेरि तिम्रो सम्झनाले भक्कानिन्छ, लालु।आज १९ दिन भयो तिमीले छोडेर गएको। तिमीलाई गुमाउने डर थियो अब त्यो पनि बाँकी रहेन। बस् तिमी सँग किन भेट भयो भन्ने गुनासो बाँकि रहयो।
तिमी हाम्रो घरको सदस्य मात्रै होइन, हाम्रो जीवनको हरेक खुशीको कारण थियौ।तिमीले हामीलाई सधैं निस्वार्थ माया गर्यौ बाँचुञ्जेल हाम्रो घरको रक्षा गर्यौ।तिमी विना यो तिहार औँसिको रात जस्तै सुनसान र खाली भएको छ।
यसपाली द्वीपको उज्यालोमा तिमीको झल्को छैन लालु...तिमीले खेलेको आँगन, सुतेको कुना, हिँडेको बाटो सबै खाली छन्। स्मृतिको पानाहरूले तिमीलाई सम्झिन्छ, हरेक द्वीपले तिम्रो माया झल्काउँछ । तिमी नभए पनि तिम्रो स्नेह अझै हावामा मिसिएको छ, हामी भित्र अझै तिमीले बाँडेको न्यानोपन बलिरहेको छ। आजको दिन पनि तिम्रै सम्झनामा द्वीप बलीरहेछ — लालु, तिमी तिहारको उज्यालो त्ति थियौं, तर तिहार आउनै नपाई बत्ति निभाएर गयौ ।पहिले तिहारको दिन बिहानै देखि पुच्छर हल्लाउँदै ढोकाबाट चिहाउने तिमी अब सम्झनामा मात्र बाँकी,छौ ।
फूलको माला, टिका, खानेकुरा र दीपको उज्यालो त छ तर त्यो माया त्यो भौतिक शरीर छैन।
कुकुर तिहार उसकै दिन थियो, तर आज त्यो फुलको माला लालुको उपस्थिति विनाको अंध्यारो दिन बनेको छ।फूल चढाउँदा पनि मन भारी हुन्छ, दीप बाल्दा आँसु खस्छ, र सम्झनाको बाढीले मन भिजाउँछ।
लालु, तिमीले सिकायौ — “साँचो साथ भनेको कहिल्यै नछोड्ने माया नै त रहेछ।”
आज तिमी छैनौ, तर तिम्रा सम्झनाहरूले यो मन भरिएको छ। लालु सच्चा साथी थियो — खुसी हुँदा पनि, दुखी हुँदा पनि, उसले केही नबोली सबै कुरा महसुस गथ्र्यो।
तिनै आँखाहरूमा भरोसा र माया झल्किन्थ्यो, जसले सायद भगवानको अस्तित्व भन्दा बढी शान्ति दिन्थ्यो।
अब ती आँखाहरू सम्झिँदा मन भक्कानिन्छ सन्नाटा छाउँछ — बिलकुलै औँसिको रात जस्तै।
लालु तिमी सिर्फ दुई वर्ष डेढ महिना मात्रै हाम्रो साथमा रह्यौ,
तर त्यो छोटो समयमा तिमीले दिएको माया र निष्ठा १५ वर्ष भन्दा बढी बाँच्दा दिएको माया र साथ जस्तो मूल्यवान भयो।
अब त तिहारमा तिम्रा लागि फूल, माला र टीका तयार हुँदैनन् कति खल्लो लाग्छ तिमी विनाको तिम्रो तिहार
म तिमीलाई सम्झन्छु — त्यो चम्किलो अनुहार सुन्दर आँखाको नजर, तिमीले हरपल स्वागत गर्ने पुच्छर, नाच्ने तिम्रो मिठो शैली अनि कतैबाट आउँदा उफ्रिने, खुशि भएर चुँइकिने बानी,
लालु, तिमीले हाम्रो जीवनमा जे छाप छोड्यौ, त्यो कहिल्यै मेटिँदैन।
तिमी हाम्रो घरको आत्मा थियौ, हाम्रो साथी, हाम्रो खुशी थियौ।
आज तिमी जहाँ छौ, त्यहीँबाट पनि हामीलाई हेरिरहन्छौ होला भन्ने विश्वास छ।
तिमी सधैं अब हाम्रो हृदयमा रहिरहनेछौ
अब न त ती चम्किला आँखाहरू छन्, न त त्यो खुसीको पुच्छर हल्लाउने तिम्रो भौतिक शरीर।लालु, तिमी हाम्रो जीवनको त्यो उज्यालो थियौ — जसले प्रत्येक बिहान हाँसो ल्याउँथ्यो प्रत्येक विहान उठाउँथ्यो र प्रत्येक साँझ माया दिएर थकान मेटाउँथ्यो।तिमी केवल दुई वर्ष र डेढ महिना मात्र हाम्रो साथमा रहयौतर त्यो छोटो समयमै तिमीले १५ वर्षको जीवन भन्दा धेरै सुरक्षा, प्रेम र सम्झना हामी माझ बाँड्यौ।तिम्रो प्रत्येक चाल, तिम्रो मिठो नजर, तिम्रो आत्मीय साथ — सबैले अझै पनि मेरो ह्दयलाई घेरेर राखेको छ।अब तिहारमा तिमीलाई फूलका मालाले र टिकाले सजाउन नपाए पनि मन भित्रको आत्मियताले तिमीलाई सजाउने छु लालु।
धूपको गन्धमा तिम्रो उपस्थिती खोज्छु,
दीपको उज्यालोमा तिम्रो उज्यालो अनि सुन्दर अनुहार सम्झिन्छु।
तिमी हाम्रो परिवारको एउटा हिस्सा मात्र हैन,
तिमी हाम्रो शान्ति, हाम्रो खुशी र हाम्रो प्राण थियौ।
आज पनि जहाँ जहाँ तिमी हिँडेको थियौ, ती वाटाहरूले तिम्रो पाइलाको सम्झना बोकेका छन्।
लालु हाम्रो जीवनको अभिन्न अंश थियो। तिमीले सिकाएउ माया निस्वार्थ हुन्छ र वफादारी शब्द भन्दा ठूलो। तिमी गयौ तर तिमा सम्झनमहरू बाँकि छन्। थयग भिात, दगत थयगच mझयचष्भक कतबथभम. मुटुभरीको माया अनि अनगिन्ति सम्झनाहरू तिमीले दिएर गयौ।जसले गर्दा आज म न निदाउन सक्छु न यो मनलाई समाल्न सक्छु।अरूको अगाडि मुस्कुराउनु परेको छ। जब घर आउँछु कोठा शून्य छ घर शून्य छ बाहिरवाट आउँदा तिमी कति खुशि हुन्थ्यौ । तिम्रो खुशी देख्ता म झन धेरै खुशि हुन्थे। अहिले तिमीलाई सम्झेर यो मन छिया छिया हुन्छ।तिमीलाई सम्झिने बित्तिकै आँखा रसाउँछन् अनि यो खाली मन फेरि तिमीलाई नै खोज्छ।कतिपय नबुझ्ने मान्छेका लागि तिमी जावो कुकुर थिएउ तर हाम्रो परिवार अनि हामी बसेको घरका लागि तिमी सर्वश्रेष्ठ सदस्य थिएउ।तिमी सँग विताएका दुइ वर्ष डेढ महिनाको त्यो अमूल्य समय तिमीले विहान गालामा कोट्याएर घुम्न जाउँ भन्ने मौनता भित्रको त्यो साङ्केतिक भाषा कति प्यारो र आनन्द लाग्थ्यो।अब त तिमी विना हामी घुम्न जान पनि सकेका छैनौ। तिमी हुँदा विहान उठे देखि वेलुका नसुतुञ्जेल सम्मको कति राम्रो सेडुल बनेको थियो अब त हाम्रो त्यो सेडुल अनियन्त्रित भएको छ।तिमीलाई लिएर घुम्न जाँदा तिमी जति खुशि हुन्थ्यौ । त्यो भन्दा धेरै म खुशि हुन्थे।एक थप्पड नहानी तिमीलाई हुर्काएँ हामीले बोलेको सबै कुरा बुझ्ने भयौ तिम्रो त्यो हरेक कृयाकलाप भित्र लुकेको भाषा म बुझ्ने भएँ तिमी र हामी वीचको आत्मिएता झन गाढा बन्दै जाँदा पापी दैवले तिमीलाई टपक्क टिपेर लग्यो। तिम्रा साथिहरू अझै त्यहि ठाउँमा विहान विहान घुम्न जान्छन्। उनिहरू वाँचिरहेका छन् लुसि, पिपि,डल्लु,वाटुलिे तिमीलाई खोजिरहेका छन् ।तर तिमी छैनौ लालु।
तिमीलाई गुमाउने डर थियो अब त्यो पनि बाँकी रहेन। बस् तिमी सँग किन भेट भयो भन्ने गुनासो बाँकि छ। तिमीलाई माया गर्ने धेरै मान्छे थिए। अनि काठमाण्डौ आएर राम्रा असल मान्छेहरू सँग परिचय गराई दिएर तिमी गयौ।मायाँ गर्ने धेरै थिए तिमीलाई घृणा गर्ने थोरै, कसैले त्यो कुकुर किन पालेको भन्ने शब्द निकाल्दा पनि भक्कानो छुटेर रून मन लाग्थ्यो।आफ्नो सन्तान जस्तो गरेर कुनै चिजमा कमि नराखी पाल्यौ । मान्छेलाई आफ्ना छोरा छोरी हुर्केर बाहिर नजाउन जेल घर भरी छोरा छोरी हुँदा त्यो घर पुर्ण हुन्छ । रमाईलो गरेर बस्छन् घुम्छन भ्याई नभ्याई हुन्छ घुम्न तर हाम्रा छोरा छोरी हुर्किएर आफ्नो करियर वनाउन बाहिर गए पछि घरमा हामी बुढाबुढी मात्र भयौ । घर शून्य भयो बर्ष दिनको चाडवाडमा मात्र छोरा छोरी आउने अब यो शून्य भएको घरमा कसरी वस्नु भनेर कुकुर पाल्ने रहर जाग्यो न भन्दै धरानवाट कुकुर लगे आफुले लगि सके पछि छुट्टै माया लाग्ने ३५ दिनको थियो।वल्लवल्ल छोरा छोरी जस्तो गरेर हुर्कायौ।उसले पनि हामीलाई त्यतिनै माया र ख्याल गर्न थाल्यो घरको सुरक्षा त्यति नै गथ्र्यो। कतै गएर घरमा आउँदा पनि उसले गर्ने व्यवहार देख्ता आनन्द र खुशि लाग्न थाल्यो। घरै अर्कै उज्यालो स्वर्ग जस्तै लाग्थ्यो। उसको खुशिमा हामी पनि रमाउन थाल्यौ।कतै गएर एक छिन पनि अल्मलिन मन लाग्दैन थियो। रात वस्नु त परैको कुरा थियो, तर आज उसैले हामीलाई छोडेर गयो।बोलि न आए पनि ईशारा काफि थियो। कति पय कुकुर नपालेका मान्छेहरूले पनि मेरो लालुलाई अथाहा माया गर्नु हुन्थ्यो तर कति पय स्वार्थि मान्छेहरू हुन्छन् नि वे मतलवी उनिहरूलाई यी अवोध प्राणी मानिस भन्दा कति बुद्वि जिवी हुन्छन् मान्छेका हरेक पीडा मनोभावना बुझेर दुःख सुखका साथि हुन्छन् भन्ने के थाहा आफ्नै दुनियामा रमाएर विलासि जीवन विताउन भ्याई नभ्याई छ।
लालु तिमी कति सहनशिल, धैर्य कति बफादार अनि कति राम्रो थिएउ। काठमाण्डौ ल्यायौ तिमीलाई यति धेरै मायामा राख्यौ।कस्तो दिनमा पाइला झिकेछौ कान्छो घरबाट यहाँ आएको पाँच महिनामा तिम्रो मृत्यु भयो सम्झिदा पनि कहालि लाग्छ ८२ सालको असोज १५ गते अष्ठमिको रात तिमीलाई कति गाह्रो भयो बमिट र डायरीया भएर रात भरी तिम्रो पिंडामा मलम लगाउन सकिन बरू रातैभरी रूएर वसे विहान अस्पताल लाँदा लाँदै तिमिले बाटैमा प्राण छोड्यौ यति छिटो जान्छ्यौ भन्ने कल्पना पनि गर्न सकेको थिएन अचानक आँधिवेरी आए जस्तो भयो। तिम्रो आयु भरी तिमी हामी सँग रमाएर हामी तिमी सँग रमाएर बस्न रहर हुँदा हुँदै अकस्मात तिम्रो मृत्यु भयो तिमी सँग विताएका दुई बर्ष डेढ महिना यति रमाईलो लाग्थ्यो खै के भनौ दैवले टपक्क टिप्यो। छोटो आयु लिएर आएउ कान्छो कहिल्यै नमेटिने अमुल्य छाप छोडेर गयौ।लालु एउटा संघर्षशिल,सच्चा, ईमान्दार प्राणी थियो । मरे पछि मान्छेको जीवन लिन्छ रे यदि यो सत्य हो भने हाम्रो लालुले पनि मान्छेको जीवन लियोस् र एउटा सच्चा र इमान्दार व्यक्ति भएर देशको रक्षा गरोस्।
मेरो घर, मेरो मन, मेरो दिनचर्या — सबै उसैले त भरिएको थियो। अहिले भने जताततै शून्यता छाएको छ, सुनसानपनले घेरेको छ। मैले लालुलाई ३५ दिनको हुँदा स्यानो उमेरमा घर ल्याएकी थिएँ। त्यति बेला त बाँच्छ कि नबाँच्दैन जस्तो लाग्थ्यो तर माया, स्याहार र प्रेमको शक्तिले उसले आफूलाई बचायो — अनि हाम्रो जीवनमा अनन्त खुशी ल्याई दियो। लालु चलाख अति नै चलाख सुन्दर र ममतामयी थियो र घरको सुरक्षक पनि थियो। हामी सँगै उ रमाउने खेल्ने, हिँड्ने, विहानै उठ्ने, र हरेक दुःखमा सान्त्वना दिने साथी बनेको थियो। विहान ५ः३० बज्दा, उसले गालामा उठ्ने बेला भयो डुल्न जाउँ भनेर कोट्याएर मलाई उठाउँथ्यो। अहिले म ८ बजे उठ्छु — किनकि उठाउने त्यो माया र आवाज अब छैन। लालुले हामीलाई अनुशासनमा राखेको थियो। उसको उपस्थितिले घरमा ऊर्जा, ममता र हाँसो ल्याउँथ्यो। कतै गएर बस्न मन लाग्दैन, थियो किनकि लालुको सम्झना घरमै तान्थ्यो। उको खुशी, उसको दौडधूप, उसको नजर — यी सबै सम्झँदा हृदय भारी हुन्छ। त्यो दिनसँगै मेरो मनको एउटा भाग पनि टुटे जस्तो भयो असैया पिँडा भयो। उसका लागि प्रयोग भएका हरेक सामान — उसको खेलौनाहरू, लुगा, खाना खाने भाँडा, काँइयो, लुगा धुने बाल्टि उसको बिछ्यौना सबै हेर्नै नसकेर मैले फालिदिएँ। तर, फाल्दा पनि उ मबाट टाढा भएन — किनभने मेरो हृदयमा त उसले स्थायी वास पाइसकेको छ।
आज पनि बिहान उठ्दा,लालु लाई लाने समय जव हुन्छ भक्कानो छुटेर आउँछ लालु छैन सुनसान छ कोठा राति कति चोटि विउँझेर हेर्थ लालु कहाँ छ कसरी सुतेको छ गर्मी पो भयो कि भन्दै। लालु, मेरो प्राण, मेरो खुशी, अब मेरो हात समाउने छैन मलाई बोलाउने छैन। ऊ जहाँ हिँड्थ्यो, जहाँ खेल्थ्यो, त्यहाँको दृष्य त्यहाँको ठाउँ म सम्झिन र हेर्न सकि राखेकी छैन। लालुलाई घुमाउँदा उसले जसरी सबैसँग चिनजान गथ्र्यो, साथीहरूसँग खेल्थ्यो, म त झनै सम्झँदा आँसु रोक्न सक्दिन। उसकै साथीहरू अझै त्यही ठाउँमा खेलिरहेका छन्, तर मेरो लालु छैन। मैले उ हिँडेका बाटो, उसले रमाएका ठाउँ हेर्न मन छैन, सम्झिन मन छैन। तर यसै पीडामा पनि म आफ्नो लालुलाई अझ नजिक पाउँछु — उसकै सम्झनामा मेरो हाँसो, मेरो शान्ति, मेरो खुशी हर पल फर्किन्छ। उसले दिएको माया, विश्वास, र साथ केवल यादमा मात्रै बाँकी छ। उसको हरदमको तत्परता, मेरो ख्याल राख्ने बानी, अनि सानो स–साना कुरामा हाँस्नु — यी सबै स्मृतिहरू मेरो जीवनको अमूल्य निधि बनिसकेका छन्। लालु, तिमी अब यहाँ भौतिक रूपमा छैनौ, तर मेरो प्राण, मेरो धड्कन, मेरो हाँसो र मेरो ह्रदयमा तिमी सदैव बस्यौ।
विहान घाम नउदाउँदै लालुलाई घुमाउन लानु पर्ने भन्न याद आउँछ। तर लालु छैन घर खाली छ सुनसान छ, अव उसले मलाई सपनिमा मात्र विउँझाउन आउँछ। जसले सम्झाउँछ, अब त्यो पुच्छर हल्ल्लाएर मलाई स्वागत गर्ने छैन। दिनभर म काममा व्यस्त हुन्छु।तर बेलुका, घर फर्कँदा ढोका ढकढकाउँछु — भित्रबाट आवाज आउँदैन। त्यो मौनता नै मेरो लागि सबैभन्दा ठूलो पीडा हो। लालु मेरो साथी मात्र थिएन, त्यो मेरो मनको एउटा अंश थियो। आज त्यो अंश नभए पनि, उसको माया म भित्र बाँकी छ। ऊ मेरो साथमा नभए पनि, उसको माया मेरो वरिपरि छ — हावामा, सम्झनामा, र आँखामा आँसुमा लालुको यादलाई माया र प्रेरणाको रूपमा लिएर, उसले सिकाएको निष्ठा, ममता र सच्चाइका साथ। लालु गएको होला, तर ऊ हराएको छैन। ऊ त मेरो मनको गहिराइमा बसेको छ — जहाँ समयले कहिल्यै मेट्न सक्दैन। प्रिय लालु, तिमी गयौ आज १९ दिन बितिसके, तर लाग्छ — तिमी यहीं छौ, हरेक साससँगै, हरेक सम्झनासँगै। विहान उठ्दा पनि तिम्रो नाम मनमा आउँछ। घरको ढोका तिर हेर्छु, शायद तिमी आउँछौ कि भनेर। तर ढोका त शान्त हुन्छ, ।र पनि तिमी नै पुच्छर हल्लाउँदै दौडिंदै आयौं कि जस्तो लाग्छ दिनमा म काममा जान्छु, ताकि तिम्रो यादले सताउन नपाओस्। तर साँझ परेपछि, मन फेरि खाली हुन्छ। जसरी तिमी नहुँदा आँगन सुनसान हुन्छ, त्यसरी नै मेरो मन पनि शून्य हुन्छ। लालु, तिमीले मलाई निःस्वार्थ माया सिकायौ। रातमा वफादार डिउटि गथ्र्यौ, कति माया लाग्थ्यो धन्न तिमी आएउ जस्तो लाग्ने अनि खुशि लाग्थ्यो बिहान मेरो नजरले खोज्ने तिम्रो त्यो अनुहार — अझै पनि आँखामा घुम्छ। तिमी बोल्दैनथ्यौ, तर तिम्रो आँखाले धेरै कुरा भन्थ्यो — “म तिमीलाई माया गर्छु, म यहाँ छु।” आज म तिमीलाई सम्झेर रोए पनि, म यो रोदनलाई मायामा बगाउँदै छु। किनकि तिमी मसँगै थियौ, रह्यौ, र सधैं रहिरहने छौ — मेरो हृदयको कुनामा। तिमी मेरो साथी मात्र होइनौ, मेरो आत्माको एक अंश थियौ। शायद स्वर्गमा पनि तिमीले मलाई सम्झेर पुच्छर हल्लाउँदै त्यो सुन्दर मुहार मै तिर हेरीरहेको होलास् नि लालु। यति ममता र प्रेमले तँलाई हामी बुढाबुढीले हुर्कायौ तेरो मालिक कतै जाँदा तँ रून्थिस अहिले तँ जाँदा तेरो मालिक रूनुहुन्छ माया त तँ मा पनि उत्तिकै थियो हामीमा पनि भात आफै खाँदैन थिस् खुवाई दिनु पथ्र्यो।त्यो सम्झिदा म आँसु पुछ्छु र भन्छु — “लालु, तँ अहिले कसरी बाँचेको छस् साह्रै माया र सुख्मा राखेका थियौ। तेरो सम्झनाले भत्त भति पोल्छ बलिन्द्र आँशुका धारा वग्छन्।लालु, जहाँ भए पनि खुशी रहनू। हामी यहाँ तिमीलाई माया गर्दै, सम्झँदै र तिम्रो स्नेहमा आँसु झार्दै बाँचिरहेका हुनेछौ। कुकुर तिहारले झन बढी तिम्रो सम्झना दिलायो। घरको ढोका त ढकढकाउँदैन अब ऊ, तर मनको ढोका ढकढकाउँन कहिल्यै छोड्दैन। हर बिहान, हर साँझ उसको सम्झना, मेरो मुटुमा सधैं गीत बनेर गुञ्जिन्छ। लालु, तिमी तारा भएर आकाशमा चम्किरहनु है, म तिमीलाई आकाश तिर फर्केर हेरिरहन्छु ।लालु म यो लेख तिमीलाई समर्पण गर्दै छु।मैले त्यति धेरै माया गरेर पालेको तिमीलाई मैले अन्तिम समयमा केहि गर्न सकिन यहि एउटा स्मृति ग्रन्थ पनि तिम्रो नाममा लेख्न सकिन भने न मेरो आत्माले शान्ति पाउँछ न तिम्रो आत्माले शान्ति पाउँछ भन्ने मनमा लाग्यो र तिम्रो आत्माको चिर शान्तिको कामना गर्दै तिमी प्रति यो लेख समर्पण गरे तिम्रो उहि माया गर्ने आमा लक्ष्मी घिमिरे
Maeve
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो