पाँच लाख स्वास्थ्यबीमा कार्यान्वयनको चरणमा, सर्वसुलभ सेवाका लागि डाक्टरको संख्या थपिने

खगेन्द्र कार्की
तनहुँका प्रदीप पौडेल नेपाली कांग्रेसको भातृ संगठन नेवि संघ हुँदै विद्यार्थीकालदेखि नेपाली कांग्रेसको झण्डामुनी बसेर राजनीति गर्दै आएका  व्यक्ति हुन । उनले काठमाडौं क्षेत्र ५ बाट जितेर सांसद् बनेका हुन । नेपाली कांग्रेसको युवापंक्ति रहेका आम नेपालीको रोजाई र छनौटका आधामा आशा, भरोसा र विश्वास गरेका नेतामध्येमा उनी पर्दछन् । उनले पहिलो पटक मन्त्री बन्दा जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय जनसंख्या मन्त्रालय पाएका छन् । त्यो मन्त्रालयमा पुगेर के कस्ता योजना बनाउँदैछन । सामान्य जनताले रोगले म मर्दिन भन्ने भन्ने ग्यारेन्टी सरकारले गर्न सक्छ कि सक्दैन ? बीमा बढाइएको छ त्यसको कार्यान्वयन चरण के कस्ता छन जस्ता कुराहरुमा केन्द्रीत रहेर गरिएको कुराकानीको सार ।

हिजो विद्यार्थीकालदेखि नै जनताका लागि, विद्यार्थीका लागि यस्तो चाहियो, उस्तो चाहियो भनेर माग गरिरहने व्यक्ति अहिले दिने ठाउँमा स्वास्थ्य मन्त्री बन्नु भएको छ कस्तो अनुभूति गर्दै हुनुहुन्छ ? 

म पहिलो पटक मन्त्री भएको हुँ । यस अघि पनि धेरै मन्त्रालय गएर मन्त्री भेटेको हो । मन्त्रीले चाह्यो भने जे पनि दिन सक्छ भन्ने अनुभूति त्यसबेला हुन्थ्यो, थियो । कतिपयले तोक लगाईदिएर पनि कामहरु भईरहेको हुन्थ्यो । तर अहिले पहिला भन्दा अलिअलि फेरिएको, पद्दति बसेको जस्तो देखिन्छ पहिलो कुरा । दोस्रो कुरा बाहिर हामीले जे जे भनिन्छ । विधि व्यवस्था, कानुन, नियमहरुसँग जोडेर भन्ने जस्तो कुराहरु नहुने रहेछ भन्ने पनि एउटा अनुभूति भएको छ । खासगरी धेरै कुरा स्रोतसँग जोडिँदो रहेछ । स्रोत नै पहिलो आधार हो । हामीले बाहिर बस्दा चाहि स्रोतसँग आधार नजोडिकन कुरा गरेका हुँदा रहेछौं । यहाँ आएपछि स्रोत सीमित हुँदो रहेछ । अनि गर्न खोजेको, गर्न चाहेको कुराहरु चाहि स्रोतका कारणले गर्न नसकिने हुँदो रहेछ एउटा विषय । दोस्रो विषय चाहि सिष्टम बसेको जस्तो देखिँदैन । अहिलेदेखि दीर्घकालिन योजनाहरु बगेको जस्तो देखिँदैन ।  खास त लिगेसी टूान्सफर हुने हुने अघिल्लो सरकार र यो सरकार, त्यो भन्दा पहिलेका सरकारहरु आजभन्दा ५ वर्ष अगाडि के सुरु भएको थियो त्यो पुरा गर्न कति बाँकी छ भन्ने ढंगबाट योजनाहरु बनेको देखिएन । सिलसिलाहरु कायम रहेको देखिएन । अब सुरु गर्नेपर्ने विषयहरु जस्तो देखियो । हामीले खास गरी संविधान जारी गर्‍र्यो, त्यसपछि स्वास्थ्यमा योजना के बनायौं । त्यसको सिलसिलाहरु कसरी अगाडि बढ्यो । स्वास्थ्य मन्त्रालयमा गगन थापा स्वास्थ्य मन्त्री हुँदा केही कुराहरु भएको जस्तो देखिन्छ । तर त्यसको सिलसिला त्यही ढंगबाट अगाडि बढेको देखिँदैन । हामीले संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्नाका निम्ति स्वास्थ्य क्षेत्रमा स्वास्थ्य नीतिहरु बनाउन सक्यौ कि सकेनौं, 

मन्त्री हुनु अगाडि सरकारले यो दिनुपर्छ भन्ने आवाज उठाइ्रन्थ्यो तर मन्त्री भएर आउँदा केही फरक अनुभूति चाहि गर्नुभो । 

त्यो चाहि धेरै दायाबाया नसोचिकन जे संवैधानिक व्यवस्था हो । जे नारा लगाएको हो, जे भनेर भाषण गरेको हो । त्यही कुरा चाहि गर्न सकिन्छ होला भन्ने लाग्थ्यो । तर हामीले नारा लगायौं, भाषण गर्‍र्यौ, संविधान लेख्यौ । ति कुराहरु हाम्रो स्रोतसँग जोडिएर भनिएका होइनन कि जस्तो मलाई लाग्यो । चुनावको प्रसारप्रसारमा हिंड्दा विजय भएपछि मलाई बधाई दिने त्यो जनताको अनुहारमा शुभेच्छुकहरुको अनुहारमा हेर्दा अर्कै विश्वास, आशा र भरोसा ममाथि रहेको जस्तो देखिन्थ्यो । मन्त्री त भईन्छ होला भन्ने थियो तर मन्त्री भएर गर्न सकिन्छ कि सकिन्न भन्ने द्वविधा छँदै थियो । अघिल्लो पटक नै कांग्रेसको सरकार हुँदा मन्त्री हुन्छु भन्ने लागेको थियो त्यसबेला भईन, यस पटक हुन्न भन्ने लागेको थियो मन्त्री भएँ तर म मन्त्री भएपछि आम जनताले गरेको विश्वास, भरोसा पुरा हुन सक्छ कि सक्दैन, अहिले पनि मेरो दिमागमा मैले अपेक्षा गरे अनुसारका काम गर्न सकिरहेको छु त ? 

सिधा भन्दा भारी अनुभूति भो कि रोमाञ्चक अनुभूति भो ?

सेना हुन्छ, झण्डा हुन्छ, सुरक्षाकर्मी हुन्छ त्यो पार्टबाट मैले कुनै ख्याल गरेको छैन । खाली सामान्य ढंगले जीवन चलाउने मान्छे हो । तर एउटा कुरा कस्तो छ भने रोमाञ्चकता कहाँ छ भने मन्त्री भईयो, गर्न खोज्दा गर्ने ठाउँमा पुगियो । मप्रतिको आशा र विश्वासलाई कार्यान्वयन गर्ने ठाउँमा पुगियो भन्ने अनुभूति चाहि भयो । अब चाहि केही गरेर देखाउनुपर्छ । भनौ अब राजनीति प्रति यति धेरै अविश्वास बढेको बेलामा मैले आफुले पनि विश्वास आर्जन गर्न सकिन भने पुस्ता नै विश्वासयोग्य रहँदैन भन्ने एउटा गर्नुपर्छ भन्ने विश्वास सँगसँगै हैन गर्न पो सकिँदैन कि भन्ने खालको डर पनि सँगसँगै छ ।

अर्को प्रश्न तपाईमाथि के आउँछ भने दिनेले दिएर तपाईले लिनु भो वा तपाईले चाहेर लिनु भो तर प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालय नै किन पायो होला ? जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय, बजेट पनि धेरै हुने मन्त्रालयसँगै अरु पनि सामान्य मन्त्रालयहरु पनि थिए । स्वास्थ्य नै पाउनु भयो । यो तपाईको चाहना हो या दिईएको हो वा संयोग हो ?

जनतासँग जोडिने पक्षबाट महत्वपूर्ण मन्त्रालय स्वास्थ्य मन्त्रालय हो । तर राजनीतिक रुपमा छनौट गर्ने सन्दर्भमा यो मन्त्रालय धेरै प्राथमिकतामा पर्दैन । किनकी यो के भनिन्छ भने यो विवाद हुने, झन्झट हुने, जे कुरामा पनि मुछिदिने, त्यस्तो खालको यो मन्त्रालय प्रतिको दृष्टिकोण मैले धेरैजसो पाउँछु ।   अब अहिले चाहि मैले नै यो मन्त्रालय कसरी पाएँ भन्ने कुरामा रोजेर पाएको होइन । यो छनौट गर्ने सन्दर्भ फरक छ । पार्टीको निर्णयले हुने हो । 

कांग्रेस पार्टीभित्रबाट पनि तपाईलाई स्वास्थ्य मन्त्रालय नै कसरी पर्‍र्यो त ?

होइन अब त्यहाँ नेताहरु बस्नु भो । को कसलाई के दिँदा उपर्युक्त हुन्छ भन्ने ढंगबाट छलफल हुँदा खेरी स्वास्थ्य मन्त्रालय दिँदा उपर्युक्त हुन्छ भन्ने हिसाबले छलफल भयो कि भन्ने मलाई लाग्छ । तर पनि मलाई के लाग्छ भने यो चाहि अथाहा क्षेत्र भएको व्यवस्थापन गर्न जरुरी भएको, ...नागरिकका प्रति राज्यले दायित्व निर्वाह गर्नुपर्ने मन्त्रालय हो । तर यसमा धेरै कुरा बाँकी छ । गर्नुपर्ने छ । यो मन्त्रालय पाएको म चाहि खुशी नै छु । 

कतिले चाहि कसरी पनि समिक्षा गरे भने हिजो गगन थापाले सम्हालेको मन्त्रालयमा अलिकति लामो समयको ग्याप पछि युवा नेता प्रदीप पौडेललाई ल्याइएको छ यसले के देखाउँछ ?

होइन, प्रष्ट रुपमा भन्नुपर्छ गगन थापाको मलाई मन्त्री बनाउने सदासयता थियो । गगनजी नै मन्त्री भएको कारणले स्वास्थ्य मन्त्रालय अलि अलि बुझिएको छ भने त्यो गगनजीकै कारणले बुझिएको हो । त्यो पनि एउटा कारण हुनसक्छ तर कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेर व्यक्ति छनौट भए पछि को कसलाई के मन्त्रालय पठाउने भन्ने चाहि त्यो पार्टीकै कुरा हो । 

५ लाख बीमाको महत्वाकांक्षी योजना ल्याउनु भएको हो कि आफु छँदै यस्को व्यवस्थापन पनि गर्छु भन्ने लाग्छ ?

होइन मैले ५ लाखको बीमा मात्र ल्याएको होइन । मैले त कसरी हुनुपर्छ भन्ने खाका नै ल्याएको छु । बीमाको टूेजरीमा यति पैसा कसरी जम्मा हुन्छ । कति पैसा कसरी जम्मा हुन्छ ?  कति पैसा कसरी जम्मा हुन्छ भनेर प्रष्ट रुपमा भनेको छु । यो नेपाल देश हो । नेपाल देशमा कानुन, नियम हामीले नै बनाउने हो । नेपाल देशका संरचनाहरु सबै सरकारका मातहतमा रहेका हुन्छन् । तीन तहका सरकार पनि एउटै नागरिकलाई सेवा गर्नाका निम्ति बनेको हो । 

यो ५ लाखको बीमाले ३ करोड जनताले आधारभुत स्वास्थ्य सेवाबाट विमुख हुन पर्दैन भन्ने आधार के हुन ?

हामीले भनिरहँदा जम्मा ५ लाख मात्रै सुनिएको छ । १ लाखको यो अवस्था छ ५ लाखको कुरा गर्छ भनेर त्यसलाई उडाईको अवस्था पनि छ । तर ५ लाख, त्यसलाई अलि गहिरिएर अध्ययन गरिदिन म सबैलाई अनुरोध गर्दछु । ५ लाख पुर्‍याउनका निम्ति बीमा कोषलाई समृद्ध बनाउन सक्नुपर्दछ । राज्यले दिएर ५ लाख पुग्ने होइन । नागरिकले योगदान पुर्‍याएर ५ लाख पुग्ने हो । राज्यले गरेको आम्दानीबाट पनि बीमा कोषमा केही जाने व्यवस्था गर्नुपर्‍र्यो, नागरिकले पनि करबाट त्यो बीमा कोषमा जाने व्यवस्था गर्नुपर्‍र्यो । स्वास्थ्य करको सम्पूर्ण रकम बीमा कोषमा जाने व्यवस्था गर्नुपर्‍र्यो ? स्वास्थ्य करको बृद्धि गर्नुपर्‍र्यो ? चिनीजन्य पदार्थमा कर लगाउनु पर्‍र्यो ? फेक क्लेमलाई रोकेर गर्नुपर्‍र्यो ?

’ फेक क्लेम पनि चुनौतिपूर्ण नै छ नि ? टाउको दुख्दा पनि सिटी स्क्यान र एमआरआईमा बिरामी पुगेको हुन्छ ? 

ति विलहरु सबै फेक हुन्छन । त्यसलाई मनिटरिङ गर्न सकिन्छ । 

’ तपाईले भनेको कुरामा प्रधानमन्त्री पनि कन्भेन्स हुनुहुन्छ ? कि यो स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई मात्र लागेर भएन होला ? 

मेरो विचारमा प्रधानमन्त्री ज्यूलाई पनि आफु प्रधानमन्त्री भएको बेलामा केही गरौं भन्ने हुटहुटी छ । मन्त्रीहरुलाई पनि छ, दलहरुलाई पनि छ । अब खासमा बीमा यो ढंगले चल्दैन भन्ने पनि सबैलाई छ । बीमा नबढाएसम्म राज्यले स्वास्थ्यप्रतिको दायित्व पुरा गर्न सक्दैन भन्ने पनि छ । त्यस अर्थमा मैले प्रस्तुत गरेको खाका छ । त्यो खाका मात्रै विकल्प हो । मैले प्रधानमन्त्री ज्यूलाई त्यो प्रस्तुत गरेको छु । भनेको छु । यहाँले यो बारेमा तपाईले प्रोसेस कुरा गरेर आउनुस् । 

गोविन्द केसी तपाईलाई भेट्न आउनु भयो । पिजीको कुराहरुमा, अलिकति जनशक्ति बढाउने कुराहरुमा, स्वास्थ्य सेवा सुलभ गराउने कुरा, सहज पहुचमा पुर्‍याउने कुराहरुमा उहाँसँगको भेटमा के कुरा भयो ?

मैले आदरणीय गोविन्द केसी ज्यूसँग लामो संवाद गरे । उहाँले कुरा राखिसकेपछि मैले मेरा कुरा राखे । उहाँले मैरै कुरालाई सम्बोधन हुँदै रहेछ भन्ने कुरा पनि राख्नु भयो । खासगरी हामीले के भनेका छौं भने ३ सय बेडका सरकारी अस्पतालहरुमा उपत्यका बाहिर एमबीबीएस पढाई सञ्चालन गर्नुपर्छ भनेका छौं । १०० बेडका सरकारी अस्पतालहरुमा नर्सिङ पढाई सञ्चालन गर्नुपर्छ भनेका छौं । हामीले ७ वटै प्रदेशमा एमबीबीएस पढाई सञ्चालन गर्नुपर्छ भनेका छौं । अहिले ६ प्रदेशमा भईसकेको छ र एउटा सुदुरपश्चिम प्रदेशमा भएको छैन । हामीले योजना बनाइएरहेका छौं कि हामीले प्रादेशिक अस्पताल सेतिलाई गेटामा जोडेर सातै प्रदेशमा एमबीबीएसको पढाई सञ्चालन गर्ने । त्यस अलवा धेरै कुरा अगाडि बढाइएको छ । पिजीको पढाई सञ्चालन गर्न निम्सबाट पास गरेर चिकित्सा शिक्षा आयोगमा पढाएका छौं । पिजी पढ्ने भनेको त्यो पढ्ने विद्यार्थी मात्र होइन एमबीबीएस गरेको डाक्टर अस्पतालमा जाने पनि हो । 

छोटोमा भनिदिनुस् न । पोष्ट ग्राजुएट एमडी, एमएस भनौ न जे पढ्छन । तपाई अन्तर्गत पहिला यतिले पढ्थे वार्षिक भने अब कति हुन्छन ?

एमबीबीएस गर्ने ४ सय त भन्न सक्दिन तर ४ सयको हाराहारीमा पुग्न सक्छन् । डबल हुनसक्छन् । 

तपाईको योजना डा. गोविन्द केसीकै माग अनुसार राजधानी बाहिर र भित्र समेत नसिङ, पिजी, जनसक्ति बढाउने कुरामा सिग्नीफिकेन्ट्ली बढ्छ ?

अस्ति एम्सको सिनेटको बैठकले, बैठक मन्त्रीको अध्यक्षतामा हुन्छ । त्यो बैठकमा पास गरे बमोजिम चिकित्सा शिक्षा आयोगले स्वीकार गरिदिने हो भने पिजी पढ्नेहरुको संख्या डबल हुन्छ । संघीय अस्पतालहरु सबैमा फ्याकल्टीहरु बनाउन सकिन्छ । 

’ एउटा डाक्टरले अहिले पनि सरकारी अस्पतालको ओपिडीमा एउटा बिरामी हेर्दा सरदर ७० देखि डेढ सय बिरामी हेर्नुपर्ने हुन्छ ? फेरी अधिकाश डक्टरहरु बाहिर जाने गरेका छन् । विदेशमा भविष्य देख्ने तर नेपालमा भविष्य नदेख्ने डाक्टरहरु प्रशस्त छन् नि ?

जसरी बाहिर आएको छ त्यस्तो अवस्था चाहि होइन । खासगरी मलाई के लाग्छ भने जो डाक्टरहरु, स्वास्थ्यकर्मीहरु स्वास्थ्यसंस्थाभित्र हुनुहुन्छ उहाँहरुको सेवा सुविधा केही हदसम्म बढाउनै पर्छ । त्यो रियालाइज भएको छ । त्यसपछि केही जनशक्ति थप गर्न जरुरी छ । राज्यले धान्नै नसक्ने जति संख्या अहिले भनिएको छ त्यत्रो पनि आवश्यक छैन । केही संख्या मानी लिऔं २५ सय ३ हजारको संख्या थप्यौ भने पनि पर्याप्त नहोला तर न्युनतम रुपमा सुविधा प्राप्त हुनसक्छ । 


खगेन्द्र कार्की
प्रतिक्रिया