दमक/ मित्र राष्ट्र चीन सरकारको कृषि मन्त्रालयको विदेशी आर्थिक सहयोग केन्द्रको आयोजनामा भएको २१ दिने कार्यक्रम सकेर दमक नगरपालिकाको पहिलो टोली फर्किएको छ । मेयर रामकुमार थापाको टोलीमा रहेकी उपमेयर रेगिना भट्टराई प्रसाईले त्यहाँ पुगेर देखेको, सिकेको र अनुभव गरेको सम्बन्धमा उहाँकै शब्दमा भएको कुराकानीको संक्षिप्त सार ।
विश्वकै विकसित राष्ट्र चीन र चीनले अंगिकार गरेका विकासका मोडेल, कृषिमा ल्याएको क्रान्ति, पर्यावरणसहित चीनका विविध पक्षका विषयमा चीनका विभिन्न प्रान्तहरुमा पुगेर विश्व मानचित्रमा चीनलाई हेर्ने र बुझ्ने मौका मिल्यो । निरन्तर प्राध्यापकहरुको अगाडि बसेर चाइनाले हरेक क्षेत्रबाट विश्वमा आफूलाई कसरी प्रस्तुत गरिरहेको र अल्पविकसित वा विकासोन्मुख मुलुकहरु चाइनाबाट के सिक्ने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । जनसंख्याकै हिसाबले पनि विश्वको दोस्रो र नेपालभन्दा ६५ गुणा ठूलो मुलुक चीनमा विकासको चरमचुली देखिएको छ । विश्वको शक्तिशाली मुलुक अमेरिका भनिन्छ, तर अमेरिकाको तुलनामा विकासमा चाइना अगाडि देखिएको छ । उत्पादन, मानव संशाधन विकासमा अगाडि रहेको त्यहाँको तथ्याङ्कले देखाएको पाइयो ।
चीनमा खास गरेर प्रविधिसँग जोडेर कृषिमा क्रान्ति नै भएको देखियो, पढियो र सुनियो । एग्रिकल्चर रिभ्युलेसन भनेर यहाँ बोलेको मात्र सुनेको हो तर साँच्चिकै रिभ्युलेसन चाहि चाइनमा देखियो । सामान्य त नेपालमा एकबाली लगाइने गरेको प्राकृतिक रुपबाट असारमा धान रोपेर मंसिरमा काट्ने गरिएको छ तर त्यहाँ चाहि सबै चक्लाबन्दी गरिएको, सबै मेसिनले गर्ने र टेम्प्रेचर मिलाएर हरेक ठाउँका सैयौ विगाहा जमिनमा आल्मुनियमन टनेल जसले ५० औं वर्षसम्म काम गर्ने खालको बनाएर उत्पादन भईरहेको पाइयो । अर्को कुरा यहाँको जस्तो एकबाली वा दुई बाली होइन त्यहाँ तीन बाली बराबरी उत्पादन हुने गरी कृषिमा काम भएको पाइयो ।
स्ट्रबेरी फलेको ठाउँमा पुग्दा सैयौ विगाहा जग्गाबाट हरेक दिन ५ हजार मेट्रिक टन स्ट्रबेरी टिपेर, प्याकिङ गरेर संसारका देशमा निर्यात हुँदो रहेछ । आलु उत्पादन पनि उस्तै । बाली विभागमा ल्याव स्थापना गरेर उनीहरुको अनुसन्धान र लगानी नै आलुको दाना ठूलो कसरी पार्ने र धेरै भन्दा धेरै जातका आलु उत्पादन कसरी गर्ने भन्नेमै केन्द्रीय रहेको रहँदा रहेछन । एउटै बोटमा ५ प्रकारका आलुहरु फलेको पनि देखियो । तर त्यसमा मेहनत चाहि ठूलो चाहिँदो रहेछ । एग्रिकल्चर कलेजहरु गुणस्तरीय, जिम्मेवार हुँदा रहेछन् । चीनको हवाई भन्ने सिटीमा रहेको विदेशीलाई समेत पढाउने कलेजमा २८ हजार बाहिरका विद्यार्थीहरुले अध्ययन गरिरहेका रहेछन् ।
एग्रिकल्चर कलेजहरु प्रशस्त, त्यो पढ्न चाहने विद्यार्थीलाई निःशुल्क, पछिल्लो पुस्तालाई आकर्षित गर्न धेरै सेवा र सविधाहरु भएको, झुपडीमा बसेकाहरुलाई समेत अटाउने गरी ठूला ठूला घरहरु बनाएर व्यवस्थित बसोबासको व्यवस्थापन समेत मिलाइयो । एग्रिकल्चरका अरबौं लगानीमा ठूला ठूला ल्यावहरु स्थापना भएका रहेछन् ।
त्यस्तै विश्वकै समस्याका रुपमा रहेको जलवायु परिवर्तनलाई चाइनाले कन्ट्रोल गरेर शुन्यसहनशिलतामा पु¥याईसकेको पाइन्छ । एउटा लाइनमा ४ वटा रुख, रुख यति धेरै कि हरियालीसँगै प्रदुषणरहित गाडीहरु जो ग्यासवाला र चाजिङवाला । गाडी यति सस्तो छ कि त्यस्तो ठाउँमा पनि हजारौं साइकल किनेर राखिदिएको छ । क्युआरबाट एक रुपैया तिरेर साइकल लिएर गयो अर्को ठाउँमा छोड्यो फेरी अर्कोले चढेर त्यही साइकल फर्काउने गरेको पाइयो । गल्ति भन्ने नहुने, कुनै पसलमा चावी नलाग्ने कुनै पनि प्रकारका अपराधिक घटना होलान भन्ने सोच्नै नसकिने स्थिति त्यहाँ देखियो । देशबासीहरुलाई उमेर र आवश्यकता अनुसारका वस्तु खरिदमा सहुलियत दिइएको छ । त्यहाँको सरकारले सबैभन्दा बढी खर्च रिसर्च र इनोभेसनमा गरेको पनि पाइयो । सबै काम रिसर्चबेसमा काम हुने । खानपान, रहनसहन, वातावरण सबै कुरामा मानिसको स्वास्थ्यसँग जोडेर महत्व दिएर काम गरेको पनि पाइयो ।
खानपानमा आर्युवेदले खाना बिस्तारो खाने, थोरै थोरै खाने, कम खाने, धेरै पटक खाने, फलफुल मिलाएर खाने भन्छ । त्यहाँ पनि त्यस्तै फलफुललगायत विभिन्न खालका वस्तुहरु खाइसकेपछि अन्त्यमा चामल (भात) दिने प्रचलन रहेको पाइयो । काँटाचम्चा नै नचलाउने । चपिष्टिक लठ्ठीले खाँदा थोर खाइयो (यो चाहि रिसर्चको विद्यार्थी भएकोले मेरो पनि बुझाई हो), ढिलो खाइयो, चबाएर खाइयो । यसको मतलब कुनै बच्चा उसको आमाको पेटमा प्रेग्नेन्ट हुँदैछ भनेपछि त्यहाँदेखि लगानी सुरु हुने प्रवृत्ति देखियो । ब्रेन कहिलेसम्म बनिसक्नुपर्ने, बच्चा ७ महिनामा कत्रो हुनुपर्ने, ५ वर्षमा त्यो बच्चा के हुनुपर्ने जस्ता कुरामा डिपेन्ड भएर लगानी हुँदो रहेछ । हामी उल्टोबाटो हिंडिरहेका छौं । क्यान्सर लागिसकेपछि ५ हजार सहयोग गर्छौ । क्यान्सर जस्तो घातक रोगको कारण बनेको जलवायु परिवर्तनका निम्ति प्लाष्टिक जलाउने कुरा जस्ता कुरामा समेत ध्यान पु¥याउन सकिरहेको छैन । यसर्थ विकास भनेको रुटबाट काम गर्दा हुने रहेछ । अब दमकबासीलाई हामीले सिकाउने भनेको रुटबाट खोजि गरेर रिसर्चबेसमा काम गर्न हो भन्ने महत्वपूर्ण सिकाई चीन भ्रमणको रहेको पनि बताइन् । ठूला ठूला काम दमकमा गर्न नसकिएला तर पनि कृषिका लागि चाइनबाट सिकेको सन्दर्भलाई जोडेर लैजाने प्रयत्नमा रहेको पनि उपप्रमुख भट्टराई प्रसाईले बताईन । खास गरेर मानविय विकास, मानविय संशाधन र रोजगारका लागि केही न केही गर्नपर्छ भन्ने लागेको छ । चाइनाका जस्ता ठूला ठूला जग्गाका फाँट नहोलान तर जो जसले जसरी गरिरहनु भएको छ त्यसलाई प्रविधिसँग जोडेर सुविधा दिन सकियो भने पक्कै पनि चाइनाबाट हामीले सिकेको कुरालाई प्रयोगमा ल्याउन सकिन्छ भन्ने लाग्छ । हरेक वार्ड, पालिका वा वालीलाई एक आपसमा जोड्न सकियो भने पक्कै पनि अहिलेको भन्दा केही न केही फरकपन देखिन्छ । प्रस्तुती ः खगेन्द्र कार्की
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो