दमकमा सञ्चालित जनजाति सांस्कृतिक महोत्सवले उद्देश्य परिपुर्ति गरोस्

खगेन्द्र कार्की


दमकको इतिहासमा आदिवासी जनजाति महासंघ, दमक नगर समन्वय परिषद्ले नयाँ इतिहास रच्ने गरी १३ वर्षपछि दोस्रो संस्करणको आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको सो महोत्सव वैशाख १ गतेसम्म सञ्चालनमा रहने भएको छ ।

उक्त महोत्सवको सफलताको लागि आयोजकले सम्बद्ध सबै निकायसँग परामर्श र छलफल सहित महोत्सव लगाउन सुरु गरेको बताएका छन् । सो महोत्सवमा शान्ति सुरक्षाका लागि सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेको छ । विभिन्न समिति, उपसमितिहरु पनि बनाइएको  छ । आफुले गरेको तयारी पूर्ण नै भएको अनुभूति हुन्छ तर कतिपय साना साना कुरामा ध्यान पुगिरहेको हुँदैन, जसको ज्वलन्त उदाहरण विगतका विभिन्न स्थानविशेषमा लगाएका महोत्सव हेर्दा पुग्छ। कतिपय महोत्सवहरु विवादरहित बनेनन् । धेरै ठाउँमा सांस्कृतिक कार्यक्रमकै कारणले विवादित बनेका छन् । कति स्थानमा तोड्फोड् र झडप समेत भएका छन् । ती इतिहासका गलत सन्दर्भलाई ख्याल गरेर महोत्सवको सफलताका लागि अझै मजबुत व्यवस्थापनको खाँचो देखिएको छ । महोत्सव लगाउनु ठूलो कुरा होइन, त्यसका लक्ष्य प्राप्ति लागि सामान्य भन्दा सामान्य कुराको व्यवस्थापनमा ध्यान पु¥याउनु महत्वपूर्ण विषय हुन जान्छ । त्यहाँ प्रस्तुत गरिने खेलको व्यवस्थापन, गायन, नृत्य, सहभागिता, स्थान सबै कुरा हेरेर मात्र त्यसको सफलता हासिल हुन सक्छ । सांगीतिक प्रस्तुतिका क्रममा नै धेरै सचेत र सजगता अपनाउनुपर्ने हुन्छ । टिकट बिक्रीदेखि दर्शक व्यवस्थापनदेखि कलाकारसम्मका विषयवस्तुमा चासो र चिन्ता सबैमा हुन जरुरी छ ।

अर्कातिर उक्त महोत्सवमा प्रस्तुत हुने कला संस्कृति, रहनसहन, संस्कार परिकारका कुरामा आदिवासी जनजातिको पहिचान कायम राख्नुपर्ने दायित्व र जिम्मेवारी महत्वपूर्ण देखिन्छ । आदिवासी जनताको गौरवमय इतिहासलाई कायम राख्दै जातीय कलासंस्कृतिलाई नै प्राथमिकतामा राखेर महोत्सवमा कलाकारहरु छानौट गरिनुपर्दछ भन्नेहरु पनि प्रशस्त भेटिएका छन् । मनोरञ्जनमा मानिसहरुको भिड जम्मा हुने र त्यो भिडले मनोरञ्जनका अनेकन आयामहरु थप्ने हुँदा त्यसतर्फ विचार पु¥याउन आवश्यक छ ।

२०६८ सालमा पहिलोपटक महोत्सव यति लामो समयपछि दोस्रो संस्करण सुरु गर्दा धेरै कुरामा परिपक्वता देखिनु आवश्यक छ । दमक ७ को सयपत्री टोलको खोलाको किनारमा आयोजना हुने सो महोत्सवमा १ लाख दर्शकको अपेक्षा समेत गरिएको छ ।

महोत्सवमा जनजातिका खानापिन, गरहगहना, लत्ताकपडासहित स्थानीय उत्पादनका बस्तुहरुको तीन दर्जन बढी व्यवसायिक स्टलको समेत व्यवस्थापन मिलाइएको छ । महोत्सवलाई थप मनोरञ्जन प्रदान गर्न स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुति दैनिक राखिएको छ । सोही अनुसार प्रचारप्रसार समेत भईरहेको छ ।

विभिन्न जनजातिहरुको पहिचान, भाषा, संस्कृति तथा परम्परालाई सम्बद्र्धन र प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य एकातिर छ भने अर्कोतिर महोत्सवबाट प्राप्त हुने आम्दानीबाट महासंघले दमक ८ को निर्माणाधिन आदिवासी संग्रहालय निर्माणकालागि खर्चको जोहो गर्ने उद्देश्य पनि राखेको छ ।

 दमकमा आदिवासी जनजातिहरुको संग्राहालय बनाउन रकम संकलन गर्ने महान उद्देश्य राखेको छ । यि सबै विषयवस्तुलाई केन्द्रमा राखेर महोत्सवमा गरिने गतिविधिमा सुक्ष्म अनुगमन, निरीक्षण हरपल हुन आवश्यक देखिन्छ । आदिवासी जनजातिको तर्फबाट १५ वटा जातीय संस्थाहरुको प्रत्यक्ष सहभागिता रहेको सो महोत्सवमा राखिने परिकारले उनीहरुको पहिचान खुलाउने छ । महोत्सव स्थलको वस्तुस्थितिलाई ध्यान दिएर बनाइएका परिकार अर्गानिक र शुद्ध र स्वच्छ हुन उत्तिकै आवश्यक छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ । यति मिठो र पवित्र उद्देश्य पुरा गर्न सो महोत्सव विवादरहित ढंगबाट सम्पन्न गराउनुपर्ने दायित्व आयोजक, स्थानीय सरकार र स्थानीयबासीको रहेको छ ।  


खगेन्द्र कार्की
प्रतिक्रिया