दमकको इतिहासमा आदिवासी जनजाति महासंघ, दमक नगर समन्वय परिषद्ले नयाँ इतिहास रच्ने गरी १३ वर्षपछि दोस्रो संस्करणको आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको सो महोत्सव वैशाख १ गतेसम्म सञ्चालनमा रहने भएको छ ।
उक्त महोत्सवको सफलताको लागि आयोजकले सम्बद्ध सबै निकायसँग परामर्श र छलफल सहित महोत्सव लगाउन सुरु गरेको बताएका छन् । सो महोत्सवमा शान्ति सुरक्षाका लागि सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेको छ । विभिन्न समिति, उपसमितिहरु पनि बनाइएको छ । आफुले गरेको तयारी पूर्ण नै भएको अनुभूति हुन्छ तर कतिपय साना साना कुरामा ध्यान पुगिरहेको हुँदैन, जसको ज्वलन्त उदाहरण विगतका विभिन्न स्थानविशेषमा लगाएका महोत्सव हेर्दा पुग्छ। कतिपय महोत्सवहरु विवादरहित बनेनन् । धेरै ठाउँमा सांस्कृतिक कार्यक्रमकै कारणले विवादित बनेका छन् । कति स्थानमा तोड्फोड् र झडप समेत भएका छन् । ती इतिहासका गलत सन्दर्भलाई ख्याल गरेर महोत्सवको सफलताका लागि अझै मजबुत व्यवस्थापनको खाँचो देखिएको छ । महोत्सव लगाउनु ठूलो कुरा होइन, त्यसका लक्ष्य प्राप्ति लागि सामान्य भन्दा सामान्य कुराको व्यवस्थापनमा ध्यान पु¥याउनु महत्वपूर्ण विषय हुन जान्छ । त्यहाँ प्रस्तुत गरिने खेलको व्यवस्थापन, गायन, नृत्य, सहभागिता, स्थान सबै कुरा हेरेर मात्र त्यसको सफलता हासिल हुन सक्छ । सांगीतिक प्रस्तुतिका क्रममा नै धेरै सचेत र सजगता अपनाउनुपर्ने हुन्छ । टिकट बिक्रीदेखि दर्शक व्यवस्थापनदेखि कलाकारसम्मका विषयवस्तुमा चासो र चिन्ता सबैमा हुन जरुरी छ ।
अर्कातिर उक्त महोत्सवमा प्रस्तुत हुने कला संस्कृति, रहनसहन, संस्कार परिकारका कुरामा आदिवासी जनजातिको पहिचान कायम राख्नुपर्ने दायित्व र जिम्मेवारी महत्वपूर्ण देखिन्छ । आदिवासी जनताको गौरवमय इतिहासलाई कायम राख्दै जातीय कलासंस्कृतिलाई नै प्राथमिकतामा राखेर महोत्सवमा कलाकारहरु छानौट गरिनुपर्दछ भन्नेहरु पनि प्रशस्त भेटिएका छन् । मनोरञ्जनमा मानिसहरुको भिड जम्मा हुने र त्यो भिडले मनोरञ्जनका अनेकन आयामहरु थप्ने हुँदा त्यसतर्फ विचार पु¥याउन आवश्यक छ ।
२०६८ सालमा पहिलोपटक महोत्सव यति लामो समयपछि दोस्रो संस्करण सुरु गर्दा धेरै कुरामा परिपक्वता देखिनु आवश्यक छ । दमक ७ को सयपत्री टोलको खोलाको किनारमा आयोजना हुने सो महोत्सवमा १ लाख दर्शकको अपेक्षा समेत गरिएको छ ।
महोत्सवमा जनजातिका खानापिन, गरहगहना, लत्ताकपडासहित स्थानीय उत्पादनका बस्तुहरुको तीन दर्जन बढी व्यवसायिक स्टलको समेत व्यवस्थापन मिलाइएको छ । महोत्सवलाई थप मनोरञ्जन प्रदान गर्न स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुति दैनिक राखिएको छ । सोही अनुसार प्रचारप्रसार समेत भईरहेको छ ।
विभिन्न जनजातिहरुको पहिचान, भाषा, संस्कृति तथा परम्परालाई सम्बद्र्धन र प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य एकातिर छ भने अर्कोतिर महोत्सवबाट प्राप्त हुने आम्दानीबाट महासंघले दमक ८ को निर्माणाधिन आदिवासी संग्रहालय निर्माणकालागि खर्चको जोहो गर्ने उद्देश्य पनि राखेको छ ।
दमकमा आदिवासी जनजातिहरुको संग्राहालय बनाउन रकम संकलन गर्ने महान उद्देश्य राखेको छ । यि सबै विषयवस्तुलाई केन्द्रमा राखेर महोत्सवमा गरिने गतिविधिमा सुक्ष्म अनुगमन, निरीक्षण हरपल हुन आवश्यक देखिन्छ । आदिवासी जनजातिको तर्फबाट १५ वटा जातीय संस्थाहरुको प्रत्यक्ष सहभागिता रहेको सो महोत्सवमा राखिने परिकारले उनीहरुको पहिचान खुलाउने छ । महोत्सव स्थलको वस्तुस्थितिलाई ध्यान दिएर बनाइएका परिकार अर्गानिक र शुद्ध र स्वच्छ हुन उत्तिकै आवश्यक छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ । यति मिठो र पवित्र उद्देश्य पुरा गर्न सो महोत्सव विवादरहित ढंगबाट सम्पन्न गराउनुपर्ने दायित्व आयोजक, स्थानीय सरकार र स्थानीयबासीको रहेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो